जेठ १८ काठमाडौं। नेपाल पत्रकार महासंघको हालै सम्पन्न २३ औं महाधिवेशनमा महासचिव पदमा भएको मतगणनाप्रति असहमति जनाउदै पत्रकार रामजी दहालले आज सर्बोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।
पुनः मतगणना गरियोस भन्ने निवेदनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले मुद्धा तामेलीमा राख्न गरेको निर्णय विरुद्ध महासचिव पदमा पराजित दाहालले सर्बोच्चमा रिट दायर गर्नुभएको हो । उहाँले महासचिव पदको मतको पुनः गणना गर्नु पर्ने माग गर्नुभएको छ ।
रिटमा उत्प्रेषण परमादेश लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरि पाऊँ भनी माग गरिएको छ । रिटमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल पत्रकार महासंघ, महासंघको अध्यक्ष शिव गाँउले, महासचिव ओम शर्मा र निर्वाचन समितिलाई विपक्षी बनाईएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीले गैर जिम्मेवारीपूर्वक तल्लो अधिकारीको टिप्पणीलाई सदर गरी तामेलीमा राख्ने निर्णय गरेको भन्दै आदेश बदर गरी पुनः मतगणना गर्नु भन्ने परमादेशको आदेश जारी गरी पाउँ भन्ने बिषय पत्रकार दाहालले रिटमा उल्लेख गर्नुभएको छ ।
0 comments:
Post a Comment