Sahara Sansar

Friday, June 17, 2011

युवा सङ्घ अध्यक्ष बस्नेत रिहा

असार ३ काठमाण्डौ ।
प्रहरीले हिजो नियन्त्रणमा लिएका युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतलाई आज रिहा गरिएको छ । प्रहरीले बस्नेतलाई नेकपा एमाले मोरङ कार्यालयमा लगेर छाडेको हो । अध्यक्ष बस्नेतले पार्टीका नेताहरुले गृहमन्त्रीसँग वार्ता गरेर सहमति गरे पनि रिहा हुन अस्वीकार गर्नुभएपछि पार्टी कार्यालयमा लगेर छाडिएको हो । गृहमन्त्रालयमा भएको वार्ता सहमति पुगेपछि हिजो बिहान पक्राउ पर्नुभएका बस्नेतलाई साँझ रिहा गरिएको थियो । तर बस्नेतले सहमतिमा आफ्नो समर्थन नरहेको बताउँदै रिहा हुन मान्नुभएको थिएन ।

विराटनगरका पत्रकार खिलनाथ ढकाललाई अक्रमण गरेको अभियोगमा आफ्नो सङ्गठनका कार्यकर्ताहरुमाथि लगाईको मुद्दा खारेज गुर्नपर्ने बस्नेतको अडान छ । उहाँ आजै काठमाडौं आउँदै हुनुहुन्छ । यसैबीच पत्रकार खिलनाथ ढकालमाथि आक्रमणको घटना र पार्टीका कार्यकर्ताहरुको संलग्नताबारे नेकपा एमालेले आज आफ्नो धारणा सार्वजनिक गर्दै छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae