Sahara Sansar

Sunday, June 12, 2011

ट्याक्टर दुर्घटनामा एकको मृत्यु


यम चौलागाई जेठ २९ सिन्धुली ।
सिन्धुलीको रानीचुरी ७ झारलाङ्टारमा मा आईतवार ट्याक्टर दुर्घटना हुदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य सात जना घाईते भएका छन् । सिन्धुलीमाढीबाट –चकमके तर्फ गईरहेको ना ३ त ६४१८ नं को ट्याक्टर दुर्घटना हुदा जरायोटार गाविस ९ लङ्गुर खोलाका ५९ वर्षिय कर्णबहादुर परियारको मृत्यु भएको हो । दुर्घटना मृतक परियारका ५५ वर्षिय श्रीमती लालिमाया परियार, भिमस्थान ७ डुडेका सोम बहादुर भोलान आम्वबोटेका छत्र बहादुर मगर भिमस्थानका सोमराज थिङ कमलामाई नगर पालिका ७ रामपुरका हस्त बहादुर बलसंजय स्याङ्तानर सितामाया तामाङ रहेका छन् । घाईते मध्य भिमस्थानका थिङलाई उपचारको लागि बर्दिबास लगिएको छ भने अन्यको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।
साघुरोबाटोमा मोड नपुगेकोले ट्याक्टर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । ट्याक्टरका चालक बे दबहादुर पुलामीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच गत जेठ २३ गते रानिचुरी कै तिनतलेमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु हुनुका साथै ४१ जना यात्रु घाईते भएका
थिए । बैशाख यता जिल्लामा भएका तीन यात्रुबहाक बस र तीन ट्याक्टर दुर्घटना हुदा २३ जनाको मृत्यु भईसकेको छ । सिन्धुलीमा यस वर्षको शुरुवातमा नै सावारी दुर्घटना हुने क्रम ह्वात्तै बढेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae