Sahara Sansar

Wednesday, June 15, 2011

शान्ति समिति बनाउन दलहरुबाट गृहकार्य

राजेन्द्र न्यौपाने असार १गोरखा ।
लामो समयदेखि बन्न नसकेको शान्ति समिति बन्ने आँकडा गोरखामा पछिल्लो समयमा देखिएको छ । शान्ति समिति निर्माणका लागि गोरखा जिल्लामा क्रियाशिल रहेका तीन राजनैतिक दलका नेताहरु सक्रिय भएका हुन् । अन्य जिल्लामा समिति बनीसक्दा गोरखामा नबन्नु दलहरुकै मूर्खता हुने भन्दै उनीहरु गृहकार्यमा जुटेका हुन् । यस अघि उनीहरुले एक अर्का दललाई आरोप प्रत्यारोप लगाउँदै आएका थिए ।
शान्ति समितिको काम, कर्तव्य, अधिकार बारेमा यसको निर्देशिका जिल्लामा आएको लामो समय भैसक्दा पनि अझै सम्म समिति बन्न सकेको थिएन् । देश भरका ७३ जिल्लामा शान्ति समिति बनि सकेको छ भने गोरखा र तनहुँमा भने अझै बन्न सकेको छैन ।

जिल्लामा आज भएको शान्ति र संविधानका लागि सडक बहस कार्यक्रममा एकीकृत ने.क.पा.माओवादी का जनपरिषद संयोजक लेखबहादुर थापा मगर, नेपाली काँग्रेसका जिल्ला सचिव सुकदेव दवाडी, ने.क.पा. एमालेका जिल्ला उपाध्यक्ष विश्वेश्वर कट्टेलले शान्ति समिति निर्माणको काम अन्तिम चरणमा पुगेको र अव एकदिन बैठक बसेपछि समिति बन्ने बताउनुभयो । माओवादी जिल्ला इञ्चार्ज कृष्ण धिताल बाबु विरामी भएकाले उपचारमा लाग्नु परेको कारण उहाँको उपस्थिति विना शान्ति समिति निर्माण गर्न नसकिएको एमाले उपाध्यक्ष विश्वेश्वर कट्टेलले बताउनुभयो ।

गोरखाका प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद वाग्लेले भने पछिल्लो समयमा दल आफैले गृहकार्य गरी अव हामी समिति बनाउँछौं भनेको बताउनुभयो । उहाँहरु सबै दलका नेताहरु एकठाउँमा जुटेपछि समिति निर्माण छिट्टै हुनसक्ने बताउनुभयो । शान्ति समिति नहुँदा जिल्लामा रहेका द्वन्द पिडित परिवारहरुलाई समस्या परेको छ । गोरखामा २२ जना बेपत्ता छन् । १९० जना राज्य पक्षबाट हत्या गरिएको अवस्था छ । गाउँमा गाउँ विकास समितिका कार्यालयहरु पुर्न निर्माण हुन सकेका छैनन् । जिल्ला भित्रै रहेका सरकारी कार्यालयहरु द्वन्दकालमा विस्थापित भएर अझै आफ्नो ठाउँमा फर्कन सकेका छैनन् । कतिपय माओवादीले भत्काएका कार्यालयहरु अझै बनेका छैनन् ।

द्वन्दको क्रममा ज्यान गुमाएका कतिपय परिवारहरुले अझै पनि राज्य पक्षबाट कुनै सहयोग पाउन सकेका छैनन् । घाइते , अपाङ्गहरुको स्थिति पनि उस्तै छ । शान्ति समितिको निर्माण नहुँदा जिल्लामा राजनीतिको आडमा अपराधिक घटनाहरु समेत हुने गरेका छन् । शान्ति समितिलाई गाउँ तहसम्म पु¥याई सबै नागरिकलाई शान्तिको प्रत्याभुति दिन र द्वन्दका घटनाहरुलाई मलम लगाउनु पनि शान्ति समितिको काम हुन्छ । जिल्लामा रहेका ए. ने.क.पा.(माओवादी), नेपाली काँग्रेस, ने.क.पा.(एमाले) शान्ति समिति निर्माणका लागि सक्रिय भएका हुन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae