Sahara Sansar

Monday, June 6, 2011

माओवादीको बरवर बांदरमुढे काण्डको ६ बर्ष

जेठ २३ चितवन । चितवनको माडीमा सार्वजनिक वसमा विष्फोट भएको आज ६ वर्ष पुरा भएको छ । मृतआत्माको चीर शान्तिको कामना गर्दै बांदरमुढेमा आज छैटौ बार्षिकी तथा शोकसभा आयोजना गरिएको छ । बांदमुढे खोला किनारमा निर्माण भएको स्मारकमा मृतकका आफन्त तथा शुभेच्छुकले दिप प्रज्जलन गरेको बांदरमुढे घटना पीडीत समितीका उपाध्यक्ष कृण्ण अधिकारीले जानकारी दिनुभयो ।

घटनास्थल बांदरबमुढे खोलामा आफन्त तथा सुभेच्छुकको बाक्लो उपस्थिती थियो । तत्कालीन नेकपा माओबादीले थापेको बिद्युतीय धरापमा परी २०६२ साल जेठ २३ गते आजकै दिन ३८ सर्बसाधारणले ज्यान गुमाएका थिए भने ७३ जना घाइते भएका थिए ।

१२ जना भन्दाबढी घाईतेले अहिलेपनि दयनिय अबस्थामा जीवन गुजारिरहेका छन् । माओबादी शसस्त्र द्धन्दकालमा सबै भन्दा बढी चर्चा पाएको यस घटनाका पीडितहरुले आजसम्म पनि कुनै राहत पाउन सकेका छैन् । बाँदर मुढे घटना पीडितहरुको लागि अझै आलो घाउ बनेको छ ।

घटनाले पलपलमा पीडा दिइरहेको वादरमुढे घटना पीडित संघर्ष समितिका अध्यक्ष मुक्तिनाथ न्यौपाने बताउनुभयो । राज्य र माओवादीले पीडितहरुलाई आश्वासन बांड्ने वाहेक केही हुन नसकेको न्यौपानले बताउनुभयो । घटनामा परि आफन्त गुमाएका  र अपाङ्ग भएकाहरु अझै पनि राहतको आशामा छन ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae