Sahara Sansar

Monday, June 6, 2011

लडाकु समायोजन र पुनस्थापना सम्बन्धी असार १० गते सम्मको कार्यतालीका सार्वजनिक

जेठ २३ काठमाडौं  । माओवादी शिविरका लडाकुको समायोजन ब्यवस्थापन र पुनस्थापना सम्बन्धी बिशेष समितिले समायोजन र पुनस्थापनाका लागि असार पहिलो साता सम्मका लागि कार्यतालीका सार्वजनिक गरेको छ । बिषेश समितिको आज राजधानीमा बसेको बैठकले लडाकु समायोजन र पुनस्थापना सम्बन्धी कार्यतालीका बनाएको हो ।

बैठकले असार १० गते सम्मको कार्यतालीका सार्वजनिक गरेको प्रधानमन्त्री झलनाथ खनालले जानकारी दिनुभयो । कार्यतालीका अनुसार १ सय २६ सदस्सीय अनुगमन टोली जेठ २७ गते भित्र सहायक शिविरहरुमा जाने छ । यस अघि मुख्य शिविरहरुमा ६४ जनाकोे टोली गइसकेको छ ।त्यसै गरेर असार ५ गते सम्म लडाकुको समायोजन, पुनस्थापना, मोडालिटी, स्वयच्छीक अवकास,  लगायतका बिषय टुङगो लगाउने छ ।

बैठक पछि सञ्चारकर्मीसंग कुरागर्दै प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रक्रियाका सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको भन्दै निकास आउनेमा आफु आशावादी रहेको बताउनुभयो । उहाँले ५ बुँदे सहमति अनुसार शान्ति प्रक्रियाका निर्णय गरिएको बताउनुभयो ।  

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae