Place your ads

Search

Sahara Sansar

Tuesday, June 21, 2011

विद्यार्थीसँग प्रेम सम्बन्ध राखेको आरोपमा एक शिक्षक निष्कासित

0 comments




राजन रुचाल,असार ७,ओखलढुंगा

विद्यार्थीसँग प्रेम सम्बन्ध राखेको भन्दै ओखलढुंगाको पात्ले निम्न माध्यमिक विद्यालयका एक शिक्षकलाई विद्यालयबाट निष्कासन गरिएको छ । विद्यालय व्यवस्थापन समितीको बैठकले निजी स्रोतमा कार्यरत शिक्षक नोर्बु शेर्पालाई निश्कासन गरेको हो ।

 बिद्यालयको कक्षा सातमा अध्ययनरत १३ बर्षिया छात्रालाई प्रेमपत्र लेख्ने अश्लील पत्रपत्रिका पुस्तक अध्ययन गर्न दिनेलगाएका कि्रयाकलापमा संलग्न रहेको फेला पारेपछि निष्कासन गरीएको विद्यालय व्यवस्थान समितीका अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिनुभयो ।

 यसैबिच विद्यालय व्यवस्थापन समितीले विद्यालयलाई मोबाइल निषेधित क्षेत्रसमेत घोषणा गरेको छ । विद्यार्थी र शिक्षक दुवै मोबाइल फोनका कारण अमर्यादित बन्दै गएकाले विद्यालयलाई मोबाइल निषेधित क्षेत्र घोषणा गरिएको हो ।

Read More......

समावेशी बजेट ल्याउन एमाले संसदीय दलको निर्णय

0 comments

 असार ७ काठमाडौं नेकपा एमालेले समावेशी रुपमा विकास हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउने निर्णय गरेको छ । ३ खम्बे अर्थनीतिलाई टेवा पुग्नेगरी बजेटको तयारी र दलहरुसँगको छलफलसँगै अघि बढाउने निर्णय भएको उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले जानकारी दिनुभयो । 

अर्थमन्त्री अधिकारीले देशलाई आर्थिक सङ्कटको समस्याबाट मुक्त गर्नको लागि समयमै बजेट ल्याउनुको कुनै विकल्प नभएको र अवको बजेटले रोजगारीको सिर्जना, लगानी गर्ने वातावरण निर्माण गर्ने बताउनुभयो । एमाले संसदीय दलको बैठकले न्यायपूर्ण बजेट ल्याउने निर्णय गरेको प्रमुख सचेतक भीम आचार्यले जानकारी दिनुभयो । दलहरुको सहमतिमा नै बजेट ल्याउने वातावरण मिलाउन प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस लगायतका दलहरुसँग पनि छलफल गर्ने विषयमा आज छलफल भएको एमाले नेताहरुले बताएका छन् । प्रि बजेटको बारेमा भालिदेखि हुने तयारी र जेठ १४ को मध्ये रातमा प्रमुख दलहरुबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।

यसैबीच प्रधानमन्त्री झलनाथ खनालले विगत दुई÷तीन वर्षदेखि समयमा बजेट ल्याउन नसकिएको भन्दै सबैको सहमतिमा संसदीय प्रकृया अनुसार बजेट ल्याउने बताउनु भएको छ । एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री खनालले सबै दलको सहमतिमा समावेशी खालको बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिनुभभयो । राजनीतिक दलहरुबीच सहमति नहुँदा संविधानसभाको निर्वाचन पछि कुनै पनि वर्षमा समयमा बजेट प्रस्तुत हुन सकेको छैन । 

समयमा बजेट नआउँदा विकास निर्माणका काम प्रभावित हुदै आएका छन् । एमाले सभासदहरुले भने वजेट विधागत र क्षेत्रागत रुपमा समावेशी हुनुपर्ने निर्वाचित र समानुपातिक समासद्बीच विभेद हुन नहुने र धेरै ठाउँमा बजेट छर्नुभन्दा पनि एक÷दुई वटा मुख्य कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

Read More......

Monday, June 20, 2011

भ्रष्टाचार प्रकरणले फुटबलको सर्वोच्च संस्था फिफामा बबण्डर उपाध्यक्ष ज्याक ए वार्नरले पदबाट राजीनामा

0 comments




काठमाडौं ७,असार 

 फुटबलको सर्वोच्च संस्था ्रफिफाका उपाध्यक्ष ज्याक ए वार्नरले पदबाट राजिनामा दिएका छन् ।
भ्रष्टाचार मुद्दामा मुछिएपछि वार्नरले पद छाडेका हुन् । यसअघि अध्यक्षको प्रत्यासी समेत रहेका बिम हमाम र ज्याक ए वार्नरमाथि क्यारेवियन क्षेत्रका फुटबल संघका पदाधिकारीहरुलाई फिफा निर्वाचनमा मत किन्नका लागि पैसा बांढेको आरोप लागेको थियो ।
त्यही आरोपपछि हमामले अध्यक्ष पदको दाबेदारी समेत छाडेका थिए । उपाध्यक्ष वार्नर पनि छानविनका लागि निलम्बनमा परेका थिए । फिफा अध्यक्ष सेप ब्लाटरमाथि भने कुनै कारबाही नभएपछि उनी एक्लै निर्वाचनमा गएका थिए ।

 निर्वाचनमा उनले २०४ भोटमध्ये १ सय ८६ भोट पाए र फेरि चौथो कार्यकालका लागि निर्वाचित भए । ब्लाटरले चुनाव जितेको लामो समयपछि भ्रष्ट्राचारको अभियोगमा मुछिएका वार्नरले राजिनामा गरेका हुन् ।  फिफाले एक विज्ञप्ती जारी गर्दै वार्नरमाथि गरिएको कारबाहीको पश्चातप गरेको छ । त्यही कारबाहीका कारण वार्नर राजिनामा दिने निर्णयमा पुगेको भन्दै फिफाले त्यसका लागि माफी मागेको छ । फिफाले ३० वर्षसम्म फिफाको कार्यसमितिमा रहेर वार्नरले योगदान पुर् याएको भन्दै उनलाई धन्यवाद् दिएको छ ।

Read More......

ट्यिुनिसियाका पूर्व राष्ट्रपति अली र पत्नीलाई ३५ बर्ष सजाय

0 comments



काठमाडौं ७ असार । 

ट्यिुनिसियाका निर्वासित पूर्वराष्ट्रपति जैनअल आब्दिन बेन अली र उनकी पत्नीलाई अदालतले ३५ बर्षको सजाय सुनाएको छ ।
देश छाडेर साउदी अरबमा शरणमा लिइरहेका पूर्व राष्ट्रपति दम्पत्तीलाई टियुनिसियाको एउटा अदालतले गैरकानुनी रुपमा रकम र गरगहना राखेकोमा दोषी ठहर गरेको हो । उनीहरुमाथि छ करोड ५० लाख छ करोड जरिवाना पनि तोकिएको अन्र्तराष्ट्रिय साचारमाध्यमहरुले जनाएका छन् ।
देशमा भ्रष्टाचार बेरोजगारी र महंगीको विरोधमा सुरु भएको प्रदर्शन भड्किएपछि राष्ट्रपतिका रुपमा २३ बर्षसम्म सत्ता सम्हालेका बेन अली श्रीमतीसहित भागेर साउदी अरबको शरणमा पुगेका थिए । उनलाई साउदीले सुपुदर्गी गर्नेमा टियुनिया सरकार ढुक्क देखिएको छ । 
राष्ट्रपति बेन अलीका वकिलले भने अदालतको फैसला राजनीतिबाट प्रेरित रहेको दाबी गरेका छन् । बेन अलीको बहिर्गमनसंगै टियुनिसियामा अन्तिम सरकार बनेको छ । बेन अलीमाथि अझै पनि हत्या अभियोग सत्ताको दुरुपयोग पुरातात्विक सामाग्रीको अवैध व्यापार लगायतका विषयमा मुद्दा चलिरहेको छ । टियुनिसियाजस्तै इजिप्टमा भएको जनआन्दोलनका कारण त्यहांका राष्ट्रपति होस्नी मुबारक पनि पद छाडन बाध्य भएका थिए । क्यान्सर रोगबाट पीडित मुबारकविरुद्ध पनि विभिन्न मुद्दा चलिरहेको छ । 

Read More......

दाजु र भाउजुको हत्या पश्चात आफ्नो पनी आत्महत्या

0 comments



असार ७,सर्लाही  

 अंशबण्डा विदादका कारण सर्लाही जिल्लाको राजघाट गाविस वडा नम्वर १ मा आज आफ्नै भाई प्रदीप माझीले दाजु र भाउजुको हत्या गरेका छन् ।
हत्या पछि प्रदीपले विष सेवन गरेर आत्महत्या गरेका छन् । आज बिहान राजघाटस्थित खेतमा काम गरिरहेका ३५ वर्षीय दाई प्रकाश माझी र भाउजु रीतादेवीलाई भाइ प्रदीपले बन्चरो प्रहार गरी हत्या गरेको राजघाट प्रहरी चौकीका सहायक निरीक्षक चन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
दाई र भाउजुको हत्या पछि प्रदीपले धानबालीमा प्रयोग गरिने किटनाशक औषधी सेवन गरी आत्महत्या गरेका थिए । विषसेवन गरेको केही मिनेटमै प्रदीपको मृत्यु भएको थियो । केही महिनादेखि दाजु भाउजु र प्रदीपबीच अंश विवादमा पटक पटक झगडा हुने गरेको स्थानीयवासीन्दाले जनाएका छन् । 

Read More......

काँग्रेसले विकासका कार्यमा अवरोध गर्ने

0 comments

राजेन्द्र न्यौपाने
 असार ६ गोरखा। नेपाली कांग्रेस गोरखाले सोमबार पत्रकार सम्मेलन गरी गोरखा जिल्लाको विकास निर्माण कार्य आगामि दिनबाट हुन नदिने बताएको छ ।

नेपाली काँग्रेस गोरखाका सभापति हरी बहादुर घलेद्वारा हस्ताक्षेरीत विज्ञप्तीमा एनेकपा माओवादीले जिल्लामा गैरकानुनी क्रियाकलाप नरोकेको भन्दै त्यसको विरोधमा नेपाली काँग्रेस जिल्ला विकास समिति सम्यन्त्रको बैठक, अनुगमन समिति, राजश्व परामर्श समिति,योजना बाँडफाँड, प्रकोप पिडितलाई वितरण गरिने तारजाली बाँडफाँड लगायतका कार्यमा अवरोध गर्ने बताइएको छ ।

द्वन्दको समयमा एकछत्र सरकारी निकाय सञ्चालन गर्दै आएको नेपाली काँग्रेस पछिल्लो समयमा माओवादी देशकैका सबैभन्दा ठूलो पार्टी संवैधानिक रुपमा घोषणा भएपछि जनतासँग मिलेर उसले गरेका क्रियाकलाप प्रति आपत्ती जनाउँदै आगामि दिनबाट प्रजातान्त्रिक परिपाटी अनुसार काम गर्न पहिलो चरण गाउँ गाउँको विकास निर्माणमा अवरोध गर्ने काँग्रेसले बताएको हो ।

Read More......

अर्थमन्त्री अधिकारीलाई विराटनगरमा बहिष्कार

0 comments

असार ६ काठमाडौं । विराटनगरका पत्रकारहरुले सञ्चारकर्मी माथि सांघातिक हमला गर्ने ब्यक्तिको कारबाही नगरेको भन्दै उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको समाचार संकलन बहिष्कार गरेका छन् ।

मोरङ ब्यापार संघको कार्यक्रममा सहभागी हुन आज विहान विराटनगर जानुभएका अधिकारीको समाचार बहिष्कार गर्ने निर्णय गरेको पत्रकार महासंघ मोरङ शाखाले जनाएको छ ।

पत्रकार खिलानाथ ढकाललाई सांघातिक हमला गराउने युवा संघ मोरङका उपाध्यक्ष पर्शुराम बस्नेतलाई राजनीतिक संरक्षण गरेर राखेको भन्दै कारबाही गर्न दबाद दिने उदेश्यले उपप्रधान तथा अर्थमन्त्री अधिकारीको समाचार बहिष्कार गरेको स्थानिय पत्रकारहरुले बताएका छन् ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae