Sahara Sansar

Tuesday, June 14, 2011

आर्थिक कारोवार पारदर्शी नहुदा पाटि फुट्ने खतराः माओवादी नेता कार्की


जेठ ३१,काठमाण्डौ

एकीकृत नेकपा माओवादी पोलिटब्यूरो सदस्य राम कार्कीले पार्टीभित्र लामो समयदेखि पार्टीमा निर्वाचित नेतृत्व नहुनु र पार्टीको आर्थिक कारोबार पारदर्शी नहुनुले पार्टीमा ठूलो विष्फोटको खतरा ल्याएको दाबी गर्नुभएको छ । पछिल्लो समयमा देखिएको बैचारिक संघर्ष स्वभाविक भए पनि त्यसलाई राम्ररी सुल्झाउन नसके नसके पार्टी फुटमा जाने दाबी गर्दैॆ २० वर्षदेखि महाधिवेशन नहुँदा र आर्थिक कारोबार पारदर्शी नहुँदा पार्टीभित्र विचलन आएको कार्कीको भनाइ छ । 
रिपोटस्र क्लबले आज काठमाण्डूमा गरेको कार्यक्रममा उहाँले भन्नुभयो निर्वाचित नेतृत्व हुने हो र आर्थिक प्रणाली पारदर्शी हुने हो भने पार्टीमा देखिएका सबै वैचारिक संघर्षको व्यवस्थापन हुने तर्क गर्नुभयो । उहाँले थप्नुभयो २० वर्षदेखि निर्वाचन भएको छैन । कसको हैसियत के भन्ने थाहा छैन । आर्थिक कारोवारहरु सबै अपारदर्शी छ । त्यसैले पार्टीभित्र असन्तुष्टि बढेर गएको हो । कार्कीले तत्काल जिल्ला अधिवेशनहरु सुरु गर्नुपर्ने पनि बताउनुभयो । अर्को एक प्रसंगमा एक साताभित्र सहमतिको सरकार बन्न नसके शान्ति प्रकि्रया र संविधान निर्माण फेरि पनि निष्कस्रमा पुग्न नसक्ने दावी गर्नुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae