Sahara Sansar

Tuesday, June 21, 2011

समावेशी बजेट ल्याउन एमाले संसदीय दलको निर्णय

 असार ७ काठमाडौं नेकपा एमालेले समावेशी रुपमा विकास हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउने निर्णय गरेको छ । ३ खम्बे अर्थनीतिलाई टेवा पुग्नेगरी बजेटको तयारी र दलहरुसँगको छलफलसँगै अघि बढाउने निर्णय भएको उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले जानकारी दिनुभयो । 

अर्थमन्त्री अधिकारीले देशलाई आर्थिक सङ्कटको समस्याबाट मुक्त गर्नको लागि समयमै बजेट ल्याउनुको कुनै विकल्प नभएको र अवको बजेटले रोजगारीको सिर्जना, लगानी गर्ने वातावरण निर्माण गर्ने बताउनुभयो । एमाले संसदीय दलको बैठकले न्यायपूर्ण बजेट ल्याउने निर्णय गरेको प्रमुख सचेतक भीम आचार्यले जानकारी दिनुभयो । दलहरुको सहमतिमा नै बजेट ल्याउने वातावरण मिलाउन प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस लगायतका दलहरुसँग पनि छलफल गर्ने विषयमा आज छलफल भएको एमाले नेताहरुले बताएका छन् । प्रि बजेटको बारेमा भालिदेखि हुने तयारी र जेठ १४ को मध्ये रातमा प्रमुख दलहरुबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।

यसैबीच प्रधानमन्त्री झलनाथ खनालले विगत दुई÷तीन वर्षदेखि समयमा बजेट ल्याउन नसकिएको भन्दै सबैको सहमतिमा संसदीय प्रकृया अनुसार बजेट ल्याउने बताउनु भएको छ । एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री खनालले सबै दलको सहमतिमा समावेशी खालको बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिनुभभयो । राजनीतिक दलहरुबीच सहमति नहुँदा संविधानसभाको निर्वाचन पछि कुनै पनि वर्षमा समयमा बजेट प्रस्तुत हुन सकेको छैन । 

समयमा बजेट नआउँदा विकास निर्माणका काम प्रभावित हुदै आएका छन् । एमाले सभासदहरुले भने वजेट विधागत र क्षेत्रागत रुपमा समावेशी हुनुपर्ने निर्वाचित र समानुपातिक समासद्बीच विभेद हुन नहुने र धेरै ठाउँमा बजेट छर्नुभन्दा पनि एक÷दुई वटा मुख्य कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae