Sahara Sansar

Sunday, June 12, 2011

कांग्रेस सभापतिहरुको भेला धुलिखेलमा जारी


दीपक धिताल जेठ २९ धुलिखेल ।
नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुले पार्टीको विधान संसोधन र संविधानसभाको थपिएको ३ महिना सकिएपछि के गर्ने भन्नेमा प्रष्ट रणनीति बनाउन नेतृत्वलाई सुझाव दिएका छन् । काभ्रेको धुलिखेलमा हिजोदेखि जारी भेलामा अहिलेसम्म ५६ जिल्लाका सभापतिहरुले बोलेका छन् । छलफलमा शान्त्ति प्रक्रिया, संविधान निर्माण, संगठन परिचालनको बारेमा सभापतिहरुले आफ्नो धारणा राखिसकेपछि उनीहरुको जिज्ञासामा शीर्ष नेताहरुले जवाफ दिने कार्यक्रम रहेको बताइएको छ ।

यसैबीच पार्टीको विधान संसोधनको लागि जिल्ला सभापतिहरुले केन्द्रिय सभापति सुशील कोइरालालाई भेटेर लिखित रुपमा आफ्नो धारणा राख्ने बताइएको छ । काङ्ग्रेस जिल्ला सभापतिहरुको भेला धुलिखेल घोषणा पत्र जारी गर्दै आजै सकिने छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae