Sahara Sansar

Tuesday, June 7, 2011

युनिटि प्रकारणका सम्बन्धी मन्त्रीहरुसंग कारबाही प्रक्रियाका सम्बन्धमा स्पष्टिकरण लिइने

जेठ २४ काठमाडौं। संसदको सार्वजनिक लेखा समितिले युनिटि लाईफ प्रकरणबारे स्पष्टीकरणका लागि अर्थ, गृह लगायतका जिम्मेवार मन्त्रीहरुलाई बोलाउने भएको छ ।सिंहदरबारमा आज बसेको समितिको बैठकले युनिटी लाईफ प्रकरणबारे आगामी जेठ ३१ र असार एक गते गृह, अर्थ सहितका सम्वन्धित मन्त्रीहरुलाई बोलाएर जवाफ माग गर्ने निर्णय गरेको हो । समितिले उद्योग तथा वाणिज्य र कानुन मन्त्रीका साथै चारवटै मन्त्रालयका सचिवलाई समेत बोलाउने निर्णय गरेको हो ।

युनिटि प्रकरणबारे आज गृह मन्त्रालयका सचिव र नेपाल प्रहरीका सम्वन्धित अधिकारीसँग समितिले जानकारी लिएको छ । बैठकमा सभासद्ले उठाएका जिज्ञासाको जवाफ दिदै गृहसचिव लीलामणी पौडेलले युनिटि लाइफका तीन जना ब्यवस्थापकमाथि कार्वाही भइसकेको जानकारी दिनुभयो ।

पाँच जना फरार ब्यवस्थापको खोजि भइरहेको र उनिहरु देश बाहिर रहेकाले कार्वाहीमा असहजता भएको सचिव पौडेलको भनाई थियो । पौडेलले तीन हजार छ सय १२ जनाले एक हजार डलर बढि कमिसन युनिटिबाट लिएको जानकारी दिनुभयो । युनिटि लाईफबाट हालसम्म ३ लाख ६६ हजार चार सय ४२ जना पीडित रहेको गृहमन्त्रालयको दावी छ ।

बैठकमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र सिंह भण्डारीले हालसम्म सञ्चालक समितिका ८ जना सहित ३९ जना माथि कार्वाही भइसकेको जानकारी दिनुभयो । युनिटिका सञ्चालकले नेताहरुलाई समेत धम्की दिन सुरु गरेको भन्दै भण्डारीले उनिहरुको खोजि तिब्र पारिएको जानकारी दिनुभयो ।

बैठकमा सभासद्हरुले युनिटिका सञ्चालकमाथि कार्वाहीका सागि सरोकारवाला निकाय कमजोर भएको दावी गरेका थिए । सभासद् लालवाबु पण्डितले संविधानसभा भवन बाहिर वारेण्ट जारी भएका ब्यक्तिबाट प्रदर्शन गर्दा समेत प्रशासन मौन बसेको आरोप लगाउनुभयो । सभासद् धनराज गुरुङले छानविनमा भएको ढिलासुस्तिले अपराधी खुलेआम हिडिरकेको बताउनुभयो । सभासद् रविन्द्र अधिकारीले नियमनकारी संस्थकाको कमजोरीका कारण धेरै जनता युनिटिबाट ठगिएको बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae