Sahara Sansar

Tuesday, June 7, 2011

वजेट ल्याउन सहयोग गर्न अर्थमन्त्रीको कांग्रेससंग आग्रह

जेठ २४ काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीले आज बिहान नेपाली कांग्रेसका सभापति सुशील कोइरालासंग भेटगरेर आर्थिक बर्ष २०६८/६९ को वजेट ल्याउन सहयोग गर्न आग्रह गर्नुभएको छ।असारमै बजेट ल्याउने सरकारी निर्णयमा कांग्रेसलाई सहमत गराउन अर्थमन्त्री अधिकारी आज विहान कोइराला निवास महाराजगन्ज पुग्नुभएको हो । भेटमा अर्थमन्त्री अधिकारीले असारको सुरुवातमै बजेट ल्याउने सरकारी निर्णयलाई सघाउन कांग्रेस सभापतिलाई आग्रह गर्नुभएको छ ।

कोइरालासंगको भेटमा बजेट पारित गर्न ढिलाई भएका कारण चालु आर्थिक बर्षमा पूँजीगत खर्चमध्ये ४० प्रतिशत खर्च नहुने अवस्था आएको भन्दै अर्थमन्त्री अधिकारीले समयमै नयाँ बजेट ल्याउनुपर्ने बताउनुभएको छ । गतबर्ष समयमै बजेट नल्याउंदा अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै अर्थमन्त्री अधिकारीले सरकारले सहमतिमै असार मसान्तसम्म बजेट ल्याउने भेटपछि संचारकर्मीलाई बताउनुभयो ।

कांग्रेस सभापति कोइराला भने अर्थविदहरुसंगको परामर्शपछि मात्रै त्यस बिषयमा जानकारी गराउन सक्ने जवाफ दिनुभएको छ । अर्थमन्त्री अधिकारीले हिजो बजेटका विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग भेटवार्ता गर्नुभएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae