Sahara Sansar

Monday, June 6, 2011

माओवादी र एमालेको सहयात्राले संविधान बन्न नसक्ने एमाले नेता ओलीको दाबी

जेठ २३ काठमाडौं । एमाले नेता केपी शर्मा ओलीले माओवादी र एमालेको सहयात्राले संविधान बन्न नसक्ने बताउनुभएको छ ।जन-आन्दोलनका सहिद विष्णुलाल महर्जन स्मृति प्रतिष्ठानले आज काठमाडौंको सतुंगलमा गरेको कार्यक्रममा नेता ओलीले माओवादीसंग हतियार रहेसम्म शान्ति र संविधान पूरा हुन नसक्ने बताउनुभयो ।

आफ्नै पार्टी नेतृत्वसंग समेत खनिएका एमाले नेता ओलीले पार्टी अध्यक्ष्ँ तथा प्रधानमन्त्री झलनाथ खनालले माओवादीलाई बोकेर हिंडेको आरोप लगाउनुभयो । पार्टीका निर्णयसमेत कार्यान्वयन हुन नसकेको भन्दैले ओलीले एमाले आफ्नो नीतिमा हिंडन नसकेको बताउनुभयो ।

कार्यक्रममा एमाले नेता सानुकुमार श्रेष्ठले सहिदहरुको सपनाहरुलाई दलहरुले बेइमानी गरे अर्को आन्दोलन निम्तन सक्ने चेतावनी दिनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae