Sahara Sansar

Sunday, June 5, 2011

प्रचन्डद्धारा आफ्ना ५० सुरक्षा लडाकुको बिदाइ

जेठ २२ काठमाडौं। एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले आफ्नो सुरक्षामा रहेका ५० लडाकुको आईतवार  बिदाइ गर्नुभएको छ ।काठमाडौंको नयाँ वजारस्थित आफ्नै निवासमा भएको बिशेष कार्यक्रममा अध्यक्ष दाहालले आफ्नो सुरक्षामा बिशेष सतर्कता अपनाएकोमा धन्यवाद दिंदै बिदाइ गर्नुभएको हो । उहाँले आ–आफ्नो कार्यक्षेत्रमा फर्केर काम गर्न लडाकुहरुलाई निर्देशन दिनुभएको छ ।

डिभिजन कमाण्डर सन्तु दराईको नेतृत्वमा दाहालको सुरक्षार्थ ५० जना लडाकु रहेका थिए । कमाण्डर दराई सातौ डिभिजन कमाण्डर हुन् । लडाकुहरु तेश्रो डिभिजनमा हतियार सहित एक साता भित्र जाने लडाकु प्रमुख नन्दकिशोर पुनले जानकारी दिनुभयो ।अन्य नेताको सुरक्षामा रहेका लडाकुहरु एक साताभित्र शिविर फर्किसक्ने लडाकु प्रमुख पुनले बताउनुभयो । अब माओवादी नेताको सुरक्षामा सरकारी सुरक्षाकर्मीले मात्रै गर्ने छन् । लडाकुका हतियार यस अघि हिजो नै बुझाईएको थियो ।

लडाकुहरु एक साताभित्र सबै शिविरमा जाने बताउनुभयो । माओवादी स्थायी समिति बैठकले नेताका सुरक्षामा रहेका लडाकुहरु शिविरमा पठाउने निर्णय गरेको थियो । माओवादी नेताका सुरक्षामा करिब एक सय लडाकु र हतियार शिविर बाहिर थिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae