Sahara Sansar

Wednesday, June 15, 2011

आमाहरुको उदाहरणीय कार्य, पुथाङ सुन्दर बनाउन आमाहरुको देन

चन्द्रश्वर बस्ताकोटी  मुस्ताङ । सबैलाई लाग्न सक्छ बिकट हिमाली क्षेत्रका बस्तिहरु सहरिया बजार भन्दा फोहर हुन्छन तर मार्फा गाबिसको पुथाङ एयरपोर्ट क्षेत्रका आमाहरुले सन २००६ देखि आमाहरुले टिमनेपालको ५० प्रतिसत अनुदान सहयोगमा ३ बटा इन्सुलेटर बनाई निरन्तर फोहर ब्यबस्थापन गर्दै आएको  पुथाङबजारलाई ३ भागमा बिभाजन गरि आआफ्नो इनसुलेटरमा पोल्न मिल्ने फोहर पोल्ने, कुहिने फोहरलाई खनिएको खाल्डोमा कुहाउन राख्ने र नजल्ने, नकुहिने फोहरलाई अर्कोखाल्डोमा राख्ने र बेच्न मिल्ने फोहर छुट्याई बेलाबेला बिक्री गर्ने गरेका छन ।

विगत २००६ देखि टिम नेपाल र आमाहरुले बनाएका ३ बटा इन्सुलेटरबाट सहरमा देखिने फोहर ब्यबस्थापन समस्या समाधान गर्न निकै सहज हुने स्थानिय आमा समुहकी अध्यक्ष मोहन कुमारी शेरचनले बताइन् । कुनै ब्यक्ति ब्यबस्थापनका बेला आफ्नो फोहर सहित ढिला उपस्थित बा उपस्थित नभए सबै सदस्यको समझदारीमा बनाइएको नियम अनुसार कावाही गर्ने भएकाले पनि फोहर ब्यबस्थापनका बेला सबै घरका एक, एक सदस्य आई ब्यबस्थापनको कार्य गर्ने भएकाले पनि पुथाङलाइ स्वच्छ बनाउन सकिएको स्थानिय आमा समुहका सदस्यको भनाई छ ।

सहर बजारमा फोहरका कारण हुने बेलाबेलाको समस्या यी पुथाङ एयरपोर्ट क्षेत्रका आमाहरुबाट सिक्नु जरुरी छ । ठलठुला सहरमा देखिने फोहर ब्यबस्थापनको समस्या अरुले गरिदेला  भनेर बस्ने प्रबतिका कारण भएको अध्यक्ष शेरचनको भनाइ छ । पुथाङ आमासमुहले सक्रिय रुपमा कार्य गर्दै आएकाले एक्यापले सचालन गर्दै आएको मुस्ताङ इको म्युजियम मुस्ताङ आमासमुहले सचालन गरेको पुथाङ बहुउद्देश्यीय सहकारी सस्थालाई ५ बषको लागि सचालन जिम्मा दिइएको छ ।

आमाहरुले उक्त क्षेत्रमा हुने बिषेश कार्यक्रममा क्याटरीङ सचालन गरेर आफ्नो खर्च चलाएका छन । आमाहरुले सबैलाई सहज होस भनि कुटानी पिसानी मिल सचालन गर्दै आएका छन । आफ्नै ३ तले भवनमा सबैलाई चेतनसिल बनाउन आमाहरुले पुथाङलाइबेरी सचालन गर्दै आएका छनभने पर्यटकिय क्षेत्र भएकाले ९ बटा कम्प्युटर राखी आफुहरु र पर्यटकलाई इमेल इन्टर नेटसमेत सचालन गरेका छन ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae