Sahara Sansar

Thursday, June 16, 2011

बस्नेतको पक्राउको विरोधमा पोखरा बन्द

गोकुल बानियाँ असार २ पोखरा ।
पत्रकार आक्रमणमा संलग्नलाई संरक्षण दिदै आएका युवा संघका केन्द्रिय अध्यक्ष महेश बस्नेतलाई प्रहरीले पक्राउ गरेपछि आक्रोशित बनेका युवा सङ्घका कार्यकर्ताहरुले आज पोखरा बन्दको घोषणा गरेका छन् । बस्नेत पक्राउ परेपछि बसेको युथफोर्स कास्कीको आकस्मिक बैठकले आज दिउसो १ बजेदेखि साढे ४ बजे सम्म पोखरा बन्दको घोषण गरेको हो । बन्दको क्रममा हुने संभाबित घटनालाई मध्यनजर गरी प्रहरीले पोखराको सुरक्षा ब्यबस्था कडा पारेको छ । पोखराका मुख्य मुख्य चोकहरुमा ठुलो मात्रामा प्रहरी तैनाथ गरिएको छ भने नागरिक दैनिकको पोखरा स्थित कार्यलयमा पनि बिशेष सुरक्षा दिईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अनिता आचार्य चितवनबाट जनाएअनुसार एमाले भातृ संगठन यूवा सघंका केन्द्रीय अध्यक्ष महेश बस्नेतलाई पक्राउ गरेको विरोधमा पूर्वी चितवनको ज्यामिरे सहीद चोकमा यूवा सघंका कार्यकर्ताले बाटो अबरुद्ध पारेका छन् । संगठनको कामको लागि वीराटनगर पुगेका संघका अध्यक्ष बस्नेतलाई बिना कारण प्रहरीले नियन्त्रणमा लिएको भन्दै बिरोधमा बाटो अबरुद्ध पारेको उनीहरुले बताएका छन् । पक्राउ परेका बस्नेतलाई प्रहरीले नछाडेसम्म वाटो सुचारु हुन नदिने बन्दकर्ताहरुले बताएका छन् ।

यसैबीच बस्नेतलाई रिहा गर्न माग गर्दै उनका समर्थकहरुले राजधानीको पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि प्रदर्शन गरेको छ । प्रदर्शनकारीले आवागमन प्रभावित हुने गरी तोडफोड गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले टायर बालेर नारावाजी गरेका प्रदर्शनकारीलाई तितरवितर पार्न
अश्रुग्याँस प्रहार गरेको थियो । त्यस्तै रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गमा पनि उनीहरुले आवागमन अवरुद्ध हुने गरी प्रदर्शन गरेका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae