Sahara Sansar

Tuesday, June 7, 2011

क्षतीपुर्ती उपलब्ध गराउने सहमती पछि बन्द खुल्यो, मौन प्रशाासनका कारण दुर्घटना बढ्यो: माक्सवादी

यम चौलागाई
 जेठ २४ सिन्धुली। सिन्धुलीको रानीचुरी ७ तीन तलेमा सोमवार भएको बस दुर्घटना परी मृत्यु भएका मृतकका परिवारले उचित क्षतिपुर्तीको माग गर्दै गरिएको बन्द खुलेको छ । मृतकका आफन्तलाई उचित क्षतिपुर्ती दिने,घाईतेको उपचार फिक्कल र चकमके तिल्पुङ यातायात व्यवसायी सेवा समितिले गरिदिने तथा सवारी धनीलाई समितीले नै ल्याउने सहमती भएपछि बन्द खुलेको हो । जिल्ला स्थित राजनितिक दल, सुरक्षाकमी यातायता सेवा समिती, प्रशासन र मृतकका तथा घाईतेको आफन्तहरु बीच भएको छलफलमा उपचारको लागि पुर्णरुपमा सहयोग गर्ने र कानुन अनुसार मृतकका परिवारलाई क्षतिपुर्ती दिने सहमतीे भएको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर भण्डारीको कार्यकक्षकमा बिहान भएको सर्वपक्षिय छलफलमा क्रियाखर्च वापत पच्चिस हजारका दरले क्षतीपुर्ती रकम उपलब्ध गराउने निर्णय उचित नभएको भन्दै उनीहरुले सिन्धुली बन्द गराएका थिए ।

यसैवीच दुर्घटनामा परी ४ जनाको ज्यान गएको र ४१जना घाईते भएको उक्त घटना काहाली लाग्दो भएको भन्दै नेपाल कम्न्युष्ट पार्टी माक्सवादीले भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । माक्सवादीले आज एक प्रेस विज्ञप्ती जारी गरी घटनाका दोषी पत्ता लगाई कानुनको दायरामा ल्याई कारवाही गर्न र उचित क्षतिपुर्ती उपलब्ध गराउन माग गरेको छ ।

 माक्सवादीका कार्यलय सचिव हिरण्यलाल श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा २०६७ मंसिर १३ र ०६८ बैशाख १२ र १६ गते भएको सहमती उलङ्गन गरी यातायात व्यवसायीले यातायात संचालन गर्दा पनि प्रशासनले वेवास्ता गर्दा यस्ता दुर्घटना बढेको भन्दै गम्भिर आपत्ती प्रकट गरेको छ । 

विज्ञप्तीमा यातायात व्यवसायीले नियम विपरित काम गर्दा प्रसाशन मौन रहनुमा रहस्य लुकेको सर्वसाधरणले ठहर गर्न लागेको भन्दै प्रशासनले जनतालाई सचेत बनाउन दोषीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने आवस्यकता रहेको उल्लेख गरिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae