Sahara Sansar

Saturday, June 4, 2011

रफायल नदाल फ्रेन्च ओपनको फाइनलमा

जेठ २१ एजेन्सी । स्पेनका रफायल नदाल फ्रेन्च ओपनको फाइनलमा पुगेका छन् । सेमिफाइनलको सोझो सेटमा बेलायतका एण्डी मुरेलाई ६–४, ७–५ र ६–४ ले हराउँदै नदाल फ्रेन्च ओपनको फाइनलमा पुगेका हुन् ।

फाइनलमा अब उनको भिडन्त रोजर फेडेररसँग हुनेछ । फेडेररले नोभाक जोकोभिकलाई ७–६, ६–३, ३–६ र ७–६ ले हराएका थिए । नदालले ५ पटक फ्रेन्च ओपनको उपाधि जितिसकेका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae