Sahara Sansar

Tuesday, June 7, 2011

मुक्तिनाथ क्षेत्रमा वातावरण सम्वन्धि धार्मीक महायज्ञ, भक्तजनको धुइचो

चन्द्रश्वर बस्ताकोटी
 जेठ २४  मुस्ताङ। कल्पबृक्ष अभियान कार्यक्रम अन्र्तगत मुक्तिनाथ क्षेत्रमा वातावरण सम्वन्धि धार्मीक महायज्ञमा भक्तजनहरुको उल्लेखनिय रुपमा सहभागिता बढेको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर हिन्दु धर्ममा समेत वाताबरण स्वच्छ राख्नु पर्ने बताइएको भन्दै शुरु गरिएको महायज्ञ राष्ट्रिय परोपकार महासंघ नेपालको आयोजनामा  मुक्तिनाथ मन्दिर क्षेत्रको रानीपौवा धर्मशालामा भई रहेको छ ।

गत ४ दिन अगाडी शुरु भएको महायज्ञमा काठमाण्डौ, पोखरा, स्याङजा, बाग्लुङ, म्याग्दी, पर्वत, झापा, मोरङ, तनँहु, लमजुङ, चितवन, दाङ लगायत भारतबाट समेत भक्तजनहरुको उल्लेखनिय सहभागिता भएको महायज्ञ मुल आयोजक समितिका संयोजक द्रोणराज अधिकारीले जानकारी दिनु भयो ।

कल्पबृक्ष अभियानको कार्यक्रम अन्र्तगत महासंघले नेपालका १० जिल्लामा करीब २ हजार भन्दा बढि बिरुवाहरु रोप्ने कार्यक्रम रहेको संयोजक अधिकारीले बताउनु भयो ।

जेष्ठ २७ गते सम्पन्न हुने महायज्ञमा प्रमुख वाचक भागवत भाष्कर युवा पण्डित कमल नयन गौतमले बाचन गर्नु भएकोे छ । मुतिmनाथको जलधारा तथा शोभा यात्रा सहित जेठ २८ गते म्याग्दीको गलेश्वरमा बृक्षारोपण गर्ने गर्ने कार्यक्रम रहेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae