Sahara Sansar

Monday, January 31, 2011

जनमुक्ति सेनाको विगठन स्विकार छैन : माओवादी नेता खगराज भट्ट

0 comments

केशवराज जोशी
माघ १७ कञ्चनपुर। एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सेती महाकाली राज्य समितिका सेक्रेटरी खगराज भट्ट बिनोदले जनमुक्ति सेनाको विघटन अस्विकार्य भएको बताउनुभएको छ । स्वाधिन नेपाल र परिवर्तनका लागि लडेको जनमुक्ति सेनालाई विगठन गर्न नसकिने बताउदै जनमुक्ति सेना विगठनको सपना पक्षमा आफु नरहेको बताउनुभयो । सिद्धनाथ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले आयोजना गरेको चौथो शरद स्मृति खुला भलिवल प्रतियोगिताको उद्घाटन गर्दै माओवादी नेता भट्टले यस्तो बताउनुभएको हो । मुलुकको भविश्य संकटमा रहेको बताउदै सम्पूर्ण यूवाहरुले मुलुकका लागि गम्भिर भएर सोच्नुपर्ने अवस्था आएको उहाँको भनाई छ ।
लोकतन्त्र र प्रजातन्त्र हुनेका खाने र ठालुहरुका लागि मात्र भएको बताउदै प्रजातन्त्र या लोकतन्त्र आम नागरिकको स्वतन्त्रता, समानता र आत्म सम्मान सँग जोडिएको हुनुपर्ने उहाँले बताउनुभयो । बिभिन्न समयमा भएका आन्दोलन, जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका शहिदहरुको स्मरण गर्दै शहीदहरुका सपना अझै पुरा नभएको उहाँले बताउनुभयो । राजनैतिक दलहरुको अदुरदर्शिता र सत्ता प्रतिको मोह र खिचा तानीले मुलुक संकटमा भासिदै गएको उहाँको भनाई छ ।
यस्तै अखिल क्रान्तिकारीका महासचिव बिन्दमान बिष्टले स्ववियू निर्वाचन समानुपातिक प्रणाली मार्फत गर्नुपर्ने बताउनुभयो । बिष्टले प्रमुख तीन दलका विद्यार्थीसंगठनहरु मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रतिनिधीहरु लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । यसैबीच खेलको निरन्तरताका लागि खोलिन लागेको अक्षय कोषका लागि माओवादी केन्द्रीय सदस्य खगराज भट्टले रु. १ लाख दिने घोषणा गरेको स्ववियू सभापति अकिल बहादुर सिंहले जानकारी दिनुभयो ।
यस्तै कञ्चनपुरका सभासद टेकेन्द्र भट्ट, कमल क्षेत्री, देवीलाल चौधरी, पुरन रानाले ५० हजारका दरले प्रदान गर्ने जानकारी समेत सिंहले दिए ।कार्यक्रममा एकिकृत नेकपा माओवादीका कञ्चनपुर जिल्ला इन्चार्ज डिडि पाण्डेय, सुरक्षा निकायका प्रतिनिधीहरु, सञ्चारकर्मी, लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

Read More......

Sunday, January 30, 2011

वसको ठक्करवाट एक वालकको मृत्यु

0 comments

एस्वी गौतम,माघ १६ सिन्धुली ।
सिन्धुलीमा आज वसको ठक्करवाट एक वालकको मृत्यु भएको छ । डकाहावाट सिन्धुली सदरमुकाम आउदै गरेको ना ३ ख ७७२ नम्वर को सुपर सुनकोसी वसको ठक्करले कमलामाई नगरपालीका १२ भिमान ईनारपानिका जित वहादुर कार्कीको छोरा शुसिल कार्कीको घटनास्थलमै मृत्यु भएको हो । चालक तथा वसलाई ईलाका प्रहरी कार्यालय भिमानमा नित्रन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Read More......

Friday, January 28, 2011

दलहरु मिलेर सविंधान नवनाए देशले भयावह अवस्था भोग्नुपर्छः नेता थापा

0 comments

माघ १४ सिन्धुली ।
नेपाली काग्रेसको क्षेत्रिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सिन्धुलीको भिमस्थानगाविसमा आजवाट सुरु भएको छ । नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं सभाषद नविनराज जोशीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा नेपाली काग्रेसका युवा नेता,सभाषद एवं केन्द्रिय सदस्य गगन थापाले सविधान सभाको समयसिमा अत्यन्त कम रहेको हुदा सवै दललेसविंधानका धाराहरुमा सहमति जुटाएको खण्डमा मात्र सविंधान वन्ने हैन भने दशले भयावह अवस्था वेहोर्नुपर्ने हुदा अवपनि सानातिना कुरामा दलहरु अल्झिएर वस्न नहुने वताउनु भयो । कार्यक्रममा थापाले माओवादी देशको ठुलो पाटी भएरपनि अन्य पाटीहरुमाझ अभिभावकको भुमिका निभाउन नसकेको हुदा अव माओवादीलाई जनताले गदै आएको विश्वासमा संकट देखापरेको उल्लेख गर्नुभयो । तिन दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटनमा वोल्दै थापाले नेपाल सघिंयतामा जानासाथ दिन दुईगुणा
रात चौगुण परिवर्तन हुदै देश विकास हुने नभई राज्य प्रणालीको सामान्य रुप मात्र भएको हुदाँ अवको ४ महिनाको समयभित्र नेपाली काग्रेस सविंधान वनाउन हरतरहले लाग्नेपनि वताउनुभयो । प्रशिक्षण कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं सभाषद पुष्पा भुषाल, पुर्व जिल्ला सभापति एवं पुर्व स्वास्थ्य मन्त्री विपिन कोईराला,जिल्ला सभापति मोहन वराल, काग्रेस काभ्रे पुर्व सभापति मधु आचार्य, एवं अन्य जिल्ला सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको
थियो ।

Read More......

Thursday, January 27, 2011

नेपाल र भारतका सञ्चारकर्मीहरु नवलपरासीमा

0 comments

राजेश सहानी, माघ १३, नवलपरासी ।

नेपाल र भारतका सञ्चारकर्मीहरुको बृहत भेला नवलपरासीको त्रिबेणीमा आज देखि सुरु हुदैछ । दुई दिनसम्म चल्ने भेलाबाट नेपाल र भारतका सञ्चारकर्मीहरुबीच अन्तरकृया गरि नेपाल र भारत मैत्रीपुर्ण पत्रकार संघको गठन गरिने बताईएको छ । नेपाल र भारतका तिस जना संचारकर्मिहरुको सहभागिता रहने अन्तरकृयामा दुबै देशका सञ्चारकर्मिहरुले भोग्नु परेका समस्या र आगामि दिनमा खेल्नु पर्ने भुमिकाका बारेमा छलफल गरिने आयोजक रिपोटर्स क्लब नवलपरासीले जनाएको छ ।

Read More......

जनमुक्ती सेनाहरु च्याउ खेती तर्फ आकर्षित

0 comments


मस्तवीर कयाकङरह्वा, माघ १३, कैलाली ।

जनमुक्ति सेनाको सातौ डिभिजन अन्तर्गत पर्ने कैलालीको लिस्नेगाम स्मृति ब्रिगेडका जनमुक्ति सेनाहरु च्याउ खेतीतर्फ आकर्षित भएका छन् । च्याउ खेतीको शुरुवातमै मनग्य आम्दानी हुन थालेपछि उनीहरु च्याउ खेती तर्फ आकर्षित भएका हुन् । लिस्नेगाम स्मृति बिग्रेडभित्र छुट्टै छाप्रो बनाई विभिन्न लाईन निर्माण गरि हजारौँ च्याउका बोटाहरु उमारेको ब्रिगेड कमाण्डर लाल बहादुर चन्द (दर्शन) ले बताउनुभयो । आफ्नै परिश्रमबाट केहि गर्नुपर्छ भन्ने उद्दे

Read More......

१५ वर्षमा ८ किलोमटिर सडक निर्माण

0 comments


पी.आर.चटौत, माघ १३, डडेल्धुरा ।

वुडर नाईल कञ्चनपुर सडकखण्डमा १५ वर्षमा आठ किलोमिटर मात्रै निर्माण कार्य सम्पन्न भएको छ । सडकको निर्माण कार्य २०५२ सालमा शुरु भएको थियो । डोटीको वुडर देखी शुरु भएर डडेल्धुराको आलीताल गाविस हुदै कैलालीको गोदावरी गाविसको नाईल र कञ्चनपुरको कुष्णपुर गाविसलाई समेटेर नक्साङ्कन गरि सडक निर्माण कार्य थालिएको थियो । वजेट अभावका कारण सडकको निर्माण कार्य रोकिएको वुडर नाईल सडक निर्माण उपभोक्ता समितीका अध्यक्ष टिकाराम ओलीले वताउनुभयो । सरकारले सडक निर्माणमा कुनै चासो नलिएको भन्दै ओलीले यस बर्ष पनि वुडर नाईल सडक निर्माणमा सरकारले तत्परता नदेखाए सो क्षेत्रका १० लाख जनता सडकमा उतार्ने चेतावनी दिनु भयो । डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै सडक निर्माण उपभोक्ता समितिले सरकारले सडक निर्माणमा चासो नलिएपछि अहिले स्थानिय वासीन्दा आफै सडक निर्माणमा जुटेको जानकारी

Read More......

नबौ आहा गोल्डकपको फाईनलका लागि थ्रिस्टार र पुलिस भिड्दै

0 comments


गोकुल बानियाँ, माघ १३ ,पोखरा
पोखरामा जारी नबौ आहा गोल्डकपमा फाईनल प्रवेशका लागि अहिले पुलिस र थ्रिस्टारबीच खेल हुँदैछ । पोखरा रंगशालामा अहिले केहीबेरमा अन्तिम सेमिफाईनल हुन लागेको हो । पाँच पटकको आहा गोल्डकपको बिजेता डिफेन्डिङ च्याम्पियन पुलिस र बृटिस गोर्खा कपको बिजेता थ्रिस्टार बिचको खेल प्रतिश्पर्धात्मक हुने अपेक्षा गरिएको छ । प्रतियोगिताको फाईनल खेल माघ १५ गते हुनेछ ।


Read More......

मध्यमाञ्चल क्षेत्रीय महोत्सवको उद्घाटन राष्ट्रपतिले गर्ने

0 comments

एसवी गौतम माघ १३,सिन्धुली ।
 सिन्धुलीमा यही माघ २७ गतेदेखी सुरु हुन गइरहेको मध्यमााचल क्षेत्रीय महोत्सवको उद्घाटन माघ २८ गते दिउँसो २ वजे राष्ट्रपति रामवरण यादवले गर्ने हुनुभएको छ । विहिवार मध्यमाञ्चल क्षेत्रीय महोत्सवका आयोजकले प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । सिन्धुलीमा महोत्सवको तयारी तिव्र पारिएको छ । सिन्धुलीका विभिन्न पर्यटकीय तथा धार्मिक महत्वका स्थानहरुको प्रचारप्रसार एंव सरसफाइ अभियान पनि सुरु गरिएको छ । साथै सिन्धुली भित्रने विभिन्न नाकाहरुमा स्वागत गेटसमेत निर्माण गरिएको र सिन्धुली भित्रने तथा वाहिरीने गाडिहरुमा समेत महोत्सवको तुलहरु लगाईएको छ । मध्यमााचल क्षेत्रिय महोत्सव भएकाले मध्यमांचल भित्रका सम्पुण रेडियो,टिभी पत्रपत्रिका एवम् अनलाईन खवरहरुवाट समेत प्रचारप्रचार तिव्र वनाईएको सिन्धुली उधोग वाणिज्य सघंका अध्यक्ष मिन वहादुर श्रेष्ठले वताउनुभयो ।

Read More......

Wednesday, January 26, 2011

सहमतीय सरकार गठनको संभावना नरहेको दावी : वामदेव गौतम

0 comments


माघ १२ काठमाडौ
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सहमतीय सरकार गठनको संभावना नरहेको दावी गरेका छन्। एमाले भातृ संगठन युवा संघ नेपालले बुधबार  काठमाडौंमा आयोजना गरेको कार्यक्रममा  पत्रकारसंग कुरा गर्दै उपाध्यक्ष गौतमले यस्तो बताएका हुन्

उपाध्यक्ष गौतमले प्रमुख दलहरुको सत्ता स्वार्थका कारण राष्ट्रिय सहमतिको सरकार वन्न नसक्ने उनको भनाइ छ।

प्रमुख दलहरुले सहमतिको बाटो छाडिसकेको वताएका हुन्। दलहरुको ब्यवहारले सहमतीय सरकार गठन हुनै नसक्ने भन्दै उपाध्यक्ष गौतमले संसद नियमावली संसोधन भइसकेकाले माघ तेस्रो साता सम्म वहुमतिय सरकार वन्नेमा आफु विश्वस्त रहेको वताए।

माओवादी इतरको वहुमतीय सरकार वने त्यसले मुलुकलाई निकाश दिन नसक्ने गौतामको भनाइ थियो। उनले काँग्रेस नेतृत्वमा सरकार गठन गर्न माओवादी राजी भए एमालेले पनि त्यसमा समर्थन जनाउने वताए।

.

Read More......

Tuesday, January 25, 2011

सिङ्गापुर गोर्खा पेन्सनस्रमाथि विभेद अन्त गर्न माग

0 comments

     माघ ११,काठमाण्डू । सिंगापुरमा कार्यरत गोर्खाली प्रहरीमाथि गरिएको विभेद अन्त गर्न सिङ्गापुर गोर्खा पेन्सनस्र एसोसिएसनले नेपाल सरकार र सदनसमक्ष माग गरेका छन् । सिङ्गापुर बेलायतको उपनिवेशन रहेकै अवस्थामा सन् १९४९देखि सिङ्गापुर प्रहरी बलको गोर्खा कन्टिन्जेटमा नेपाली भर्ती हुँदै आएपनि आजसम्म नेपाल सरकारले त्यहाँको सरकारसंग कुनै सम्झौता नगरेका कारण गोर्खा प्रहरीमाथि विभेद गर्ने गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सिङ्गापुरे समकक्षीभन्दा आफूहरु गोर्खाली प्रहरी को पेन्सन निकै कम रहेको मासिक महँगी भत्ताबाट विाचत गराइएको सेवारत वा सेवानिवृत्त गोर्खालीको मृत्युपछि तिनका विधवालाई पेन्सनबाट विाचत गराइएको उनीहरुको गुनासो छ ।
यसैगरी सिङ्गापुरमै जन्मी हुर्केर शिक्षा हासिल गर्दै आएका आफ्ना छोराछोरीलाई बाबु सेवानिवृत्त भएपछि प्रवेशाज्ञा रद्द गरी नेपाल फर्काइने गरेको आफ्ना छोराछोरी र श्रीमतीलाई त्यहाँ काम गर्ने अनुमति नदिइएको अवकासपछि आफूहरुलाई पुनः आवासीय तथा स्थायी बसोबासको अनुमति नदिइएको र स्वास्थ्य उपचार भत्तामा समेत विभेद गरिएको आरोप पेन्सनस्रको छ ।
आफूहरुमाथि भएको अन्यायका सम्बन्धमा दायर रिट निवेदनमा सर्वोच्च अदालतले गत असारमा सिङ्गापुरलगायतका अन्य राष्ट्रमा नेपालीले गर्दै आएको रोजगारको कार्यलाई नियमन व्यवस्थित र कानुनको दायरामा ल्याउन सम्बन्धित मुलुकसंँग सन्धि-सम्झौता गर्ने लगायतका कूटनीतिक कदम चाल्न र नेपालीको हक तथा संरक्षणका कदम चाल्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
एसोसिएसनका अध्यक्ष हरिध्वज गुरुङले आफूहरुविरुद्ध भएको भेदभावका बारेमा सरकार र सदनले बेवास्ता गरेको र सरकार सामु पेस गरिएकॊ ज्ञापनपत्र पनि कार्यान्वयन नगरेको गुनासो गर्नुभयो ।

Read More......

रेडियो मेन्छ्यायेमले तेस्रो बार्षिकोत्सवमा मनायो

0 comments

भरत ईङ्नाम,
माघ ११, तेह्रथुम ।
तेह्रथुमको म्याङलुङ्गमा संचालित रेडियो मेन्छ्यायेमको तेश्रो बार्षिक विभिन्न सांगितिक कार्यक्रम  र जातिय झाँकीका साथ आज सम्पन्न भएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रम सामुदायिक रेडियो प्रशारक संघ(अको¥याब) का  अध्यक्ष मिनबहादुर शाहीले उद्घाटन गर्नुभयो । कार्यक्रम उद्घाटन गर्दै शाहीले सामुदायिक रेडियोहरुले सूचनाको पहुँच गर्दै सुशासन र लोकतन्त्रको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनु भयो । समुदायको पहिचानका लागि सामुदायिक रेडियोहरुले आन्दोलन सुरु गरेको उल्लेख गर्दै उहाँले सामुदायिक रेडियोको अभियानमा सहयोग पुयाउन दल र सरोकारहरुलाई आग्रह गर्नुभयो । उहाँले  पर्यटन बर्षको प्रचारप्रसारका लागि संचार माध्यमलाई २३ करोड रुपैयाँ बजेट बिनियोजन गरे पनि सामुदायिक रेडियोहरुलाई सरकारले कार्यक्रम र बजेट नदिएको भन्दै गुनासो गर्नुभयो । यसैविच, आजै रेडियो मेन्छ्यायेमको भवन शिलान्यास गरिएको छ । दिवसको अवसरमा अको¥यावका अध्यक्ष मिनवहादुर शाही  र मेन्छ्यायेम संचार सहकारी संस्थाका उपाध्यक्ष एवं भवन निर्माण समितिका अध्यक्ष दयाप्रसाद आङ्वुङ्गले भवन शिलान्यास गर्नुभएको थियो । कार्यक्रममा आदीवासी जनजातिहरुको साँस्कृति झाँकी र राष्ट्रिय तथा स्थानीय कलाकारहरुले गित संगित प्रस्तुत गरेका थिए । कार्यक्रममा  फक्ताङलुङ्ग साँस्कृतिक मंचले लिम्वू समुदायको च्याब्रु नाच, लिम्वू गित र नृत्य प्रस्तुत गरेको थियो भने, नेपाल तामाङ्ग घेदुङ्ग संघले तामाङ्ग सेलो, डम्फू सेलो र सेर्पा संघले सेर्पा नाच प्रस्तुत गरेको थियो ।

Read More......
0 comments

गोरखामा बस दुर्घटना, आठको मृत्यु २८ घाइते
राजेन्द्र न्यौपाने
माघ ११ गोरखा । गोरखा जिल्ला सदरमुकामबाट घ्याम्पेसालका लागि विहान ११ बजे छुटेको ना २ ख ७२५१
नं. को यात्रु वाहक बस ताप्ले गा.वि.स.वडा नं. ६ स्थित अँधेरी खोला कटुसघारीमा पल्टदा घटना स्थलमा सात जनाको मृत्युभएको छ । मृत्यु हुनेहरु मध्ये चार जनाको मात्र सनाखतभएको छ ।
मृत्यु हुनेहरुमा ताप्ले गा.वि.स वडा नं. ९ की सीतादेवी भट्ट, सोही वडाका प्रेम प्रसाद भट्ट, आरुपोखरी गा.वि.स.
२ वस्ने वहालवाला सेनाका जवान गणेशमान श्रेष्ठ, पन्द्रुङ गा.वि.स. वडा नं. ९ बस्ने लाले दमै रहेका छन् । उपचारका लागि गोरखा अस्पताल ल्याउँदा एकको मृत्यु भएकोछ । मृत्यु हुनेहरुमा चार महिला र चार पुरुष रहेका छन् । दुर्घटनामा घाइते भएका २८ जना मध्ये ९ जनाको गोरखा अस्पतालबाट रिफर गरि काठमाण्डौ पठाइएको छ ।
चालकले बस रोकी पिसाव फेर्न लाग्दा सह चालकले चलाएको कारण वस दुर्घटना भएको घाइते तिलक बहादुर गुरुङले
बताउनुभयो । म पनि काठमाण्डौमा बस चलाउँछु बारी जोत्न घर आएको थिएँ, विहान काठमाण्डौमा चिया मात्र पियर आएकोछिटो घर पुगौला भनेर मत दुर्घटनामा पो परें पाँचखुवादेउराली घुमाने निवासी गुरुङले भन्नुभयो ।
उहाँ सबैजना उठिसकेपछि गाडिले चेपिएको अवस्थाबाट निस्कन सफल हुनुभएको थियो । अश्राङ झिंगटे निवासी एक
युवा पनि उहाँ जसरी नै चेपिएको स्थानबाट निस्कनुभयो र गाउँमा पुजा छ भन्दै आफ्नो बाटो लाग्नुभयो ।
दुर्घटनाको खबर थाहा पाउने वित्तिकै उद्धारका लागि नेपाल रेडक्रस सोसाइटीको टोली, प्रहरी, वाइसीएल, गोरखा
अस्पतालका स्वास्थ्यकर्मी र स्थानीयवासीहरु घटनास्थल पुगेर उद्धार गरेका थिए ।

Read More......

राजदूतहरुद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

0 comments

माघ ११, काठमाण्डु ।
प्रधानमन्त्री माधवकुमार नेपालसँग आज नेपालका लागि स्वीजरल्याण्ड, डेनमार्क र जर्मनी राजदूत तथा वेलायती दातृसंस्था डिएफआइडी प्रमुखले संयुक्त भेट गर्नुभयो । भेटमा स्वीजरल्याण्डका राजदूत थोमस गास, डेनमार्कका राजदूत मार्टेन जेसपर्सन र जर्मनी राजदूत कर्फिन, रोनर्डन तथा डिएफआइडी प्रमुख सारा सहभागी हुनुहुन्थ्यो । भेटका क्रममा उहाहरुले नेपालमा कार्यरत अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले परियोजना सञ्चालन गर्दा देखिएका समस्या तथा परियोजनासग सम्बन्धित कर्मचारीहरुका भिसा समस्याका सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । त्यस अवसरमा प्रधानमन्त्रीले समस्या तत्काल समाधान गर्न महिला तथा बालबालिका मन्त्रालयलाई निर्देशन दिनुभएको थियो ।

Read More......

पाँच पाण्डवले सरस्वतीको मन्दिर निर्माण गर्ने

0 comments


गणेश घिमिरे, माघ ११, इलाम । 
स्वर्गवास भइसकेको आफनो वावुको नाममा पाँच जना छोराहरुले इलामको जिर्मले स्थित सरस्वति माविको प्राङ्गणमा सरस्वतिको मन्दिर निर्माण गर्ने भएका छन् । स्वर्गवास भएका इलाम जिर्मले गाविस वडा नम्बर ४ का कृष्ण वहादुर प्रधानको स्मृतिमा छोराहरु तिल वहादुर प्रधान, हुकुमलाल प्रधान, निन वहादुर प्रधान, उजुर प्रधान र तेज वहादुर प्रधानले संयुक्त रुपमा मन्दिरको निर्माण गर्ने भएका हुन् । सोहि विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत रहेका स्वर्गिय कृष्ण वहादुर प्रधानको स्मतिमा विद्यालयको प्राङ्गणमा वन्न लागेको मन्दिर निर्माणका लागि एक लाख रुपैया खर्च लाग्ने जनाइएको छ ।

Read More......

मनोमानी रुपमा सिफारिस शुल्क असुलेको भन्दै गाविस कार्यालयमा तालाबन्दी

0 comments

टेकेन्द्र बस्याल, माघ ११नेपालगञ्ज ।
सुकुम्बासी आयोगको दस्तुर शुल्क भन्दा बढि गाविस सचिवले मनोमानी रुपमा सिफारिस शुल्क असुलेको भन्दै मनिकापुर गाविसका सुकुम्बासीेले आज विहानैदेखि गाविस कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । सुकुम्बासी आयोगले तोकेको सरकारी शुल्क भन्दा  गाविस सचिव केशव प्रसाद पौडेलले मनोमानी सिफारीशका नाममा पैसा असुलेको र सम्पुर्ण रकम फिर्ताको माग सहित  गाविसका करिव ७ सय सकुम्बासी तथा स्थानीय भुमि अधिकार मञ्चले आज विहान ९ बजेदेखि  देखि गाविस कार्यालयमा अनिश्चितकालीन धर्ना तथा तालाबन्दी गरेका हुन्  । आयोगले प्रति ऐनाली जग्गा सिफाशीसमा २ रुपैया तोके पनि गाविस कार्यालयले सुकुम्बासीहरुसंग प्रति एनाली डेस सय रुपैया र राजमार्ग आसपासमा प्रति एनाली  ५ सय रुपैया असुलेको राष्ट्रिय भुमि अधिकार मञ्च बाकेका अध्यक्ष ढण्डप्रसाद शर्माले बताउनुभयो । अध्यक्ष शर्माका अनुसार गाविस सचिवले मनपरी असुलेको पैसा फिर्ता गनुपर्ने, सिफारिश आयोगले तोकेको सरकारी शुल्कका आधारमा  हुनुपर्ने, ऐनाली जग्गामा निशुल्क सिफारिश हुनुपर्ने लगायतका सुकुम्बासीका मागहरु सम्बोधन नहुदखा सम्म तालाबन्दीर धर्ना जारी रहने छ । मनिकापुर गाविसमा मात्र ऐनाली जग्गा जात्ने सुकुम्बासी ७ सय बढी रहेको र  गाविस कार्यालयले अहिलेसम्म करिव १ सय बढी सुकुम्बासी संग मनपरी सिफारीश शुल्क असुलेको  उनीहरुको आरोप छ । 

Read More......

एक कमलहरी बालिका उद्धार

0 comments

टेकेन्द्र बस्याल, माघ ११, नेपालगञ्ज ।
माघी मनाई कमलहरी लागि काठमाण्डौ फकर्दै गर्दा बर्दियाको भुरिगाउबाट एक कमलहरी बालिकालाई उद्धार गरिईएको छ । नियमित गाडी चेकजाचका क्रममा हसलीया ५ उजारी कैलालीकी अनिता चौधरी लाइ काठमाण्डै जादै गर्दा बसबाट उद्धार गरिएको एफएनसी बर्दियाका कार्यक्रम सयोजक जगतराम थारुले बताउनुभयो । मुक्त कमलहरी  विकास  मञ्च वर्दिया र स्थानीय  हरियाली युवा कल्वका युवाहरुले चेकजाचँका क्रममा आज विहान अनिता चौधरीलाई  उद्धार गरेको एफएनसी बर्दियाले जनाएको छ । माघी पर्वपछि थारु समुदायमा आफ्ना बालबालिका कमलहरी पठाउने र कमलहरी जाने गरेको भन्दै बाके,बर्दिया, दाङ्ग, कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा  कमलहरीका क्षेत्रमा क्रियाशील संघसस्थाले गाडी चेकजाच तथा जनचेतनामुलक कार्यलाई तीव्र पारेका छन् ।

Read More......

नवलपरासीमा विद्यालय स्तरीय क्रिकेट

0 comments

बिष्णु गौडेल, माघ ११, नवलपरासी ।
नवलपरासीको भुमहीमा विद्यालयस्तरीय यु १६ छात्र तथा छात्रा क्रिकेट प्रतियोगिताको २० ओभरको छात्रतर्फको खेलमा लिटिल प्लान्ट ईङलिस स्कुल परासीले लुम्बिनी उच्च मावि सुनवल विरुद्ध जित हात पारेको छ । जिल्ला क्रिकेट संघ नवलपरासीको आयोजनामा प्रतियोगिताको पछिल्लो खेलमा टस जिती पहिलो व्याटिङको निम्तो पाएको लिटिल पलान्टले निर्धारीत २५ ओभर मध्ये १४ ओभरमा सवै विगेट गुमाइ ४४ रनको विजय लक्ष्य बनाएको थियो । छनोट भएका प्रतियोगिलार्र्ई भैरहवामा हुने प्रतियोगितामा सहभागि गराइने क्रिकेट संघका जिल्ला  अध्यक्ष कृष्ण श्रेष्ठले बताउनुभयो ।

Read More......

Monday, January 24, 2011

शीतलहरका कारण तीन करोड वराबरको क्षति

0 comments

सुमन सुस्केरा, माघ १०, कपिलवस्तु ।
 विगत तीन  साता देखि चलेको शीतलहरका कारण कपिलवस्तु जिल्लामा करिव ३ करोड रुपैँया बराबरको कृषिजन्य उत्पादनमा क्षति पुगेको छ । लगातार परेको बाक्लो हूस्सु र शितलहरका कारण सवैभन्दा वढि तरकारी र तोरी बालीमा नोक्सानी पुगेकोे जिल्ला कृषि विकास कार्यालयले बताएको छ । कार्यालयका प्रमुख खुर्सेद अहमद खांका अनुसार शितलहरका कारण सवैभन्दा वढि आलु, गोलभेडा तथा तोरीको उत्पादनमा समेत कमि आउने भएको छ । अहिले आलु र गोलभेडामा ढडुवा तथा तोरीमा थाप्ले रोग देखिएको प्राविधिकले बताएका छन् मौसम सुहाउदो नहुदा आलु उत्पादनमा २५ प्रतिशत, गोलभेडामा २० प्रतिशत तथा तोरीमा १५ प्रतिशत कमि हुने कृषि कार्यालयको अनुमान छ । जिल्लाको कूल २ हजार ३ सय ५० हेक्टरको आलु खेतीबाट २१ हजार १सय ५० मेट्रिक टन र १सय५० हेक्टर टमाटर खेतीबाट २ हजार २सय५० मेट्रिक टन उत्पादन हुने लक्ष्य राखिएकोे थियो । त्यसैगरी ३ हजार ७ सय ६० हेक्टर खेतमा लगाइएको तोरी र सरसीउ खेतीबाट २६ सय ९४ मेट्रिक टन उत्पादन हुने अनुमान कार्यालयको थियो । यसवाहेक केरा खेतीलाई समेत लगातारको शितलहरले असर गरेको बताइएको छ 

Read More......

संसद नियमावलीमा दलहरु सहमत

0 comments

 माघ १०, काठमाण्डौ ।
 संसद नियमावली सशोधन प्रक्रियामा दलहरु सहमतिमा पुगेका छन् । दोश्रो पटकमा प्रधानमन्त्री चुनिने नत्र निर्वाचन प्रक्रिया नै रद्द गर्ने सहमितमा दलहरु पुगेपछि आज दिउसो बस्ने व्यवस्थापिका संसदको बैठकमा नियमावली पेश गरिने भएको छ । सबिधान सभा भवन नयाँ बानेश्वरमा दिउसो ३ बजे बजेका लागि बोलाइएको बैठकमा प्रतिवेदन पेश गरिनेछ । नियमावली संशोधन गर्न गठित मस्यौदा समितिले सहमति जुटाउन नसकेपछि संसद बैठक लगातार चार पटक सूचना टाँस गर्दै स्थगित गरिदै आएको थियो । अन्तरिम संविधानको धारा ३८ को १ अनुसार बुधवारसम्म सहमतिको सरकार गठन गर्न नसके बिहिबारदेखी संसदमा नयाँ प्रक्रिया सुरु हुँदैछ ।

Read More......

शहिद सेतु विकको सालिक पुननिर्माण हुने

0 comments

टेकेन्द्र बस्याल । माघ १०, नेपालगञ्ज ।

 राष्ट्रिय सहिद दिवस २०६७ को सप्ताहव्यापी कार्यक्रम सुरु संगै जनआन्दोलन भाग २ मा बाकेमा शहिद हुनुभएकी शहिद सेतु विकको सालिक पुर्न निर्माण हुनेभएको छ । नेपालगञ्जको न्युरोडमा रहेको सेतु वि.क.चौकमा रहेको शहिद सेतु विकको सालिक स्थानीय विकास मन्त्रालयअन्तर्गतको उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समितिले फेरी बनाउने भएको हो । दलित विकास समितिले आउँदोफागुनको पहिलो सातादेखि शहिद सेतुको शालिक पुनर्निमाण गर्ने जनाएकोछ । जनआन्दोलन २०६२-०६३ की सहिद सेतुको सालिक विभिन्न चरणमा भएकाआन्दोलन र विविध कारणले क्षतविक्षत् अवस्थामा रहेकोले पुननिर्माणका लागितत्कालका लागि २ लाख रकम विनियोजन भएको समितिका कार्यकारी निर्देशक कृष्ण वि क रसाईलीले बताउनुभयो ।

Read More......

इलाइट कप क्रिकेट अभ्यासका लागि नेपाली राष्ट्रिय टिम बंगलादेश प्रस्थान

0 comments


माघ १०,काठमाण्डु ।
 थाईल्याण्डमा हुने एसीसी १९ वर्ष उमेर समूहको एलिट कप क्रिकेटमा भागलिने नेपाली राष्ट्रिय टिम थप अभ्यासका लागि आज बंगलादेश प्रस्थान गरेको छ । त्यहाँ रहँदा नेपाली टोलीले तीन वटा एकदिवसीय खेल्नेछ । बंगलादेश प्रस्थान गर्नुअघि राष्ट्रिय खेलकुद परिषदमा आज आयोजित विदाई कार्यक्रममा कप्तान पृथु बाँस्कोटा र प्रशिक्षक जगत टमटाले बंगलादेशमा हुने खेलले एसीसी इलाइट कपको उपाधि रक्षामा थप सहयोग पुग्ने बताए । एसीसी इलाइट कपमा समुह चरणमा नेपालले पहिलो खेल माघ १७ गते यूएईविरुद्ध, खेल्दैछ । दोस्रो खेल १८ गते ओमान, २० गते अफगानिस्तान र २१ गते थाइल्याण्डसँग खेल्ने कार्यक्रम छ ।

Read More......

पूर्व गोर्खाभित्रै मतभेदः गेसोले देवान समुहविरुद्ध मुद्दा हाल्ने

0 comments


धर्मराज अधिकारी /  माघ १०, बेलायत । 
  गोर्खा भुपु सैनिक संघ गेसोका अध्यक्ष पदम बहादुर गुरुङ्गले गद्धारहरुका कारण भुपु गोर्खाहरुले समान पेन्सन पाउन नसकेको बताउनुभएको छ ।
गेसो प्लमस्टिड एकाइले मंगलबार विलविचस्थित लण्डन इन्जिनियरीङ्ग कलेजमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहांले यस्तो बताउनुभएको हो । कानुनी सल्लाहाकार गोपाल सिवाकोटी गद्धार भएको बताउंदै उहांले सिवाकोटीकै कारण गेसोका धमिराहरु पाखा लागेको जिकीर गर्नुभयो । उहांले सिवाकोटीलाई गद्धार घोषित गरी कार्वाही गरिसकेको जानकारी दिनुभयो । सिवाकोटीले बृटिश गोर्खा र नेपालकै विरोधमा कम गरेकाले उनीजस्ता गद्धार आवश्यक नभएको स्पष्ट पार्नुभयो ।
गेसोलाई बेलायत तथा नेपाल सरकारले समेत दावा गर्न नसक्ने भन्दै उहांले टिकेन्द्र देवानजस्ताले केहि गर्न नसक्ने बताउनुभयो । गेसो संयुक्त राष्ट्रसंघ, एसिया प्यासीफिक तथा बेलायतको अदालतदेखि दरबारसम्म जीबित रहेको जनाउंदै गुरुङ्गले बहुलाहरुले मात्र गेसोलाई दावा गर्ने जानकारी दिनुभयो । गेसोलाई स्वार्थका लागि दावा गर्ने देवान लगायतलाई मुद्दा हाल्ने तयारीमा आफुहरु रहेको उहांले जानकारी दिनुभयो ।  देवान समुहका बिचरा गोर्खाहरुलाई कार्वाही गर्न गेसो बाध्य भएको उहांको भनाई थियो । उहांले उनीहरुलाई कार्वाही गर्ने मन नहुंदा नहुंदै पनि वाध्यतावस कार्वाही गर्न परेको बताउनुभयो ।
अदालतमा पेश गर्नै नहुने गोर्खा घाती मुद्दाहरु हालेर देवानले गोर्खाहरुको विरोधमा काम गरेको जानकारी दिनुभयो । हाँस्यस्पद मुद्दाहरु हालेर देवानले गोर्खाहरुको मुद्दा अपीलसम्म नहुने वातावरण बनाएको बताउंदै अध्यक्ष गुरुङ्गले यस्तालाई छाड्न नहुने जिकीर गर्नुभयो । इतिहासले समेत देवान जस्ता घातीहरुलाई माफी नदिने बताउनुभयो ।
प्लमस्टिड शाखाका का. वा सभापति डम्बर काजी गुरुङ्गको सभापतित्वमा भएको सो कार्यक्रममा सयौं गोर्खा परिवारहरु उपस्थित थिए । सो अवसरमा केन्द्रीय महासचिव महेन्द्र लाल राई, डा. चन्द्र बहादुर गुरुङ्ग, मेजर मन बहादुर गुरुङ्ग लगायतले गोर्खाहरुको बारेमा बोल्नुभएको थियो ।
सर्वराज राईले संचालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य सिचव डोलमान गुरुङ्गले गर्नुभएको थियो ।

Read More......

Saturday, January 22, 2011

मृगौलारोगी थापामगरको उपचार सहयोगार्थ सास्कृतिक कार्यक्रम

0 comments


माघ ९ सिन्धुली ।
मृगौला रोगी राजु थापामगरको उपचार सहयोगार्थ शनिवार सिन्धुलीमाढीमा बिबिध सांकृतिक कार्यक्रम सम्पन्न भएको छ । स्थानिय प्रस्तावित मानविय हितका लागी जागरुक यूवाको आयोजनामा सिन्धुलीको भद्रकालीका राजु थापामगरको उपचार सहयोगार्थ भएको कार्यक्रममा सिन्धुलीकै हास्य कलाकार यादव देवकोटा सरापेको विशेष प्रस्तुती रहेको थियो भने परिवर्तन जागरण क्लव, सिन्धुली कला तथा सास्कृतिक प्रतिष्ठान ईसाक, आधुनिक नमुना एकेडेमी, गगां ईङलिस वोडिङ स्कुल, त्यस्तै वरुण लामिछाने,भानुभक्त गुरुङ्, मन्जु तिरुवा, विज्ञानराज शर्मा लगायतकाले गित,गजल,कविता एवम् नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरुले थापाको उपचारका लागी सहयोग गर्नुभएको र कार्यक्रमवाट करिव डेड लाख रुपैया संकलन भएको आयोजकले जानकारी दिएको छ । थापा २०६७ वैशाख २६ गतेवाट मृगौलाको रोगवाट पिडित हुनुभएको हो । उहाको उपचारका लागी १५ लाख लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन ।

Read More......

विद्युत परियोजन सन्चालन हुने

0 comments

माघ ८ रामेछाप ।
  वर्षौदेखि अँध्यारोमा बस्दै आएका रामेछाप विजुलीकोटका नागरिकहरु  अव चाँडै अध्यारोमा बस्नु पर्ने समस्याबाट मुक्त हुने भएका छन् । पोकुदोभान लघु जलविद्युत परियोजना सन्चालन हुने भएपछि उनीहरु अध्यारोबाट मुक्त हुने भएका हुन् । ४५ किलोवाट क्षमताको बिद्युत परियोजनाको शिलान्यास समेत भएको छ । एक वर्ष भित्र निमार्णकार्य सम्पन्न गर्ने गरी थालिएको परियोजना
सम्पन्न गर्न एक करोड ९७  लाख लाग्ने अनुमान गरिएको छ । हालसम्म वैकल्पिक उर्जाबाट ६४ लाख ,गाविसबाट १९ लाख ,जिल्ला विकास समितिबाट १२ लाख ३० हजार र उपभोक्तताबाट ३० लाख गरि कुल एक करोड ५५ लाख लगानी भइसकेको र अपुग रकम संकलन कार्य भइरहको उपभोत्ता समितिका अध्यक्ष कृष्ण महतले जानकारी दिनु भयो । परियोजना सम्पन्न भएपछि ६ सय ३० घरधुरी लाभान्वित हुने छन् ।


Read More......

दुर्गम गाउँमा सार्वजनिक वित्त व्यवस्थापन तालिम

0 comments

तारानाथ आचार्य,रेडियो पर्वत फलेवास ।
माघ ८ पर्वत ।
 स्थानीय स्वायत्त शासन ऐन २०५५ को व्यवस्था अनुसार गाविसमा जाने विकास बजेटको व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्धेश्यले पर्वतको एक दुर्गम गाउँमा वित्त व्यवस्थापन तालिम सन्चालन गरिएको छ ।  सरकारले विकास योजना र बजेट वाँडफाँडको कामलाई विकेन्द्रित गरेको धेरै वर्ष भइसक्दा पनि गाविसमा हरेक वर्ष जाने विकास बजेट प्रभावकारी हुन नसकेको भन्दै  स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको सहयोगमा जिल्ला विकास समिति पर्वतले ठुलीपोखरी गाविसमा सो तालिम संचालन गरेको हो । गाविसमा जाने रकमको व्यवस्थापनलाई प्रभावकारी बनाउनका तालिमले महत्वपुर्ण भूमिका खेल्ने जनाइएको छ । तालिममा ठूलीपोखरी तथा खौला गाविसका संयन्त्र सदस्यहरुका लागि २ दिने सार्वजनिक वित्त व्यवस्थापन तालिम दिइएको हो । तालिममा खौलालाकुरी र ठुलीपोखरी गाविसका ३० जनाको सहभागिता रहेको एलजीसिडीपी का सुरज रेग्मीले जानकारी दिनुभयो ।

Read More......

नबौ आहा गोल्डकपमा आजदेखि क्वाटरफाईनल खेलहरु शुरुहुदै

0 comments


गोकुल बानियाँ, हिमचुली एफएम ,माघ ८,पोखरा ।
  
पोखरामा जारी नबौ आहा गोल्डकपमा आजदेखि क्वाटरफाईनल चरणका खेलहरु शुरुहुदैछन् । आज आयोजक सहारा क्लब पोखराले पहिलो क्वाटरफाईनल खेलमा डेन्जोङ ब्वाईज एफ सि भारतसँग प्रतिश्पर्धा गर्दैछ । साहारा क्लब उद्घाटन खेलमा धरान फुटबल क्लबलाई दुई एकले पराजित गर्दै दोस्रो चरणमा प्रबेश गरेको हो । दुई अफ्रिकन खेलाडि सहित मैदानमा उत्रिन लागेको सहाराले अफ्रिकन युनाईटेट र साहारा युकेलाई समाबेश गरेको बलियो प्रतिष्पर्धी डेन्जोङ ब्वाईजलाई हराउन ठुलै कसरत गर्नुपर्ने देखिन्छ ।  तिन बिभागिय टिम आर्मी , पुलिस र शसस्त्रको एपिएफ सहित १२ टिमको सहभागिता रहेको प्रतियोगितामा धरान फुटबल क्लब, एन्फा यु १९, एपिएफ, र रुपन्देही ११ पहिलो चरणबाटै बाहिरीसकेका छन् । खेलकुदको बिकासमा सहकार्य गरौ, पोखरालाई खेलकुद सहरको रुपमा स्थापित गरौ भन्ने मुल नाराको साथ आयोजित प्रतियोगिता बिजेताले २ लाख रुपैया पाउने छ भने उपबिजेताले एकलाख रुपैया हात पार्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडि, सर्बाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राईकर, अनुशासित टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाईनल खेल माघ १५ गते हुनेछ ।

Read More......

Friday, January 21, 2011

खनालमाथि भएको आक्रमणको प्रमुख ३ दलद्वारा निन्दा

0 comments

माघ ७, इटहरी ।
इटहरी सुनसरीमा एमाले अध्यक्ष झलनाथ खनालमाथि भएको दुव्र्यवहारको प्रमुख तीन दलको बैठकले भत्र्सना गरेको छ । आज बसेको बैठकमा तीनै दलले चित्त नबुझेको कुरा प्रकट गर्ने प्रजातान्त्रिक पद्धति भएपनि खनालमाथि भएको अभद्र व्यवहारको निन्दा गरेका हुन् । सुनसरीको इटहरीमा एमाले पूर्व कार्यकर्ताले देवीप्रसाद रेग्मीले एमाले पार्टी प्रवेश कार्यक्रममा सहभागि भएका एमाले अध्यक्ष खनाललाई एक चड्कन हानेका थिए । देशलाई बर्बादीतिर धकेलेको र जस्तो पायो त्यस्तै मान्छेलाई पार्टीमा प्रवेश गराएको भन्दै रेग्मीले अध्यक्ष खनाललाई चड्कन हानेका हुन् । एमाले नेता केपी ओलीले जनताको आक्रोश पोख्ने राजनीतिक शैली, संस्कार भएपनि त्यसरी दुव्र्यवहार हुनु जायज नभएको बताउनुभयो । त्यस्तै काङ्ग्रेस नेता रामचन्द्र पौडेलले खनालमाथिको आक्रमण सबै नेताहरुमाथिको आक्रमण भएको र यो राजनीतिक संस्कार विपरीत भएको प्रतिक्रिया दिनुभयो । खनाललाई चड्कन हान्ने रेग्मीमाथिको कार्वाहीको मागसहित एमाले कार्यकर्ता र विद्यार्थी सङ्गठनले इटहरीमा प्रदर्शन पनि गरेका छन् ।

Read More......

एकीकृत माओवादी केन्द्रीय समितिको बैठक जारी

0 comments


माघ ७,काठमाण्डू ।
पार्टीको आन्तरिक विवादलाई टुङ्गो लगाउन एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज पनि जारी छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा जारी बैठकमा उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफ्ना फरक मतलाई पनि तल्लो तहसम्म खुला रुपमा लैजान पाउनुपर्ने माग गर्दै काठमाडौंको प्रशिक्षण बहिष्कार गरेको विषयमा छलफल भइरहेको छ । हिजोको बैठकमा अध्यक्ष प्रचण्ड उपाध्यक्षद्वय मोहन वैद्य, डाक्टर बाबुराम भट्टराई तथा स्थायी र पोलिटब्युरो सदस्य गरेर २० जनाभन्दा बढिले आफ्नो भनाइ राखेका छन् । केन्द्रीय सदस्यहरुले समेत बैठकमा आफ्नो भनाइ राख्ने कार्यक्रम रहेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।  

Read More......

सडक किनारामा काठका गोलिया नराख्न व्यवसायीलाई पैदावार सङ्घको आग्रह

0 comments

माघ ७, इलाम ।
 राष्ट्रिय वन पैदावार व्यवसायी सङ्घको केन्द्रीय कार्यालय इलामले सडक किनारा मिचेर काठका गोलिया नराख्न व्यवसायीहरुलाई आग्रह गरेको छ । सम्बन्धित विभिन्न पक्षले सडक किनारा मिचेर गोलिया नराख्न पटक पटक आग्रह गर्दै आएको भए पनि व्यव्सायीहरुले लामो समयदेखि सडक क्षेत्रमा अव्यवस्थित रुपमा गोलिया राख्दै आएकाले हिजो बसेको चारपक्षीय बैठकले निर्णय गरे अनुरुप वन पैदावार सङ्घले आग्रह गरेको हो । सडक किनारामा जथाभावी गोलिया राख्दा र लोड गर्दा सवारी आवागमनमा समस्या पर्नुका साथै सडक भत्किन थालेकाले कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा इलाम स्थित जिल्ला वन कार्यालय, सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय वन प्रदावार सङ्घ, केन्द्रीय कार्यालयको संयुक्त बैठक बसेको थियो ।
वन पैदावार सङ्घले माघ १० गतेभित्र व्यवसायीहरुलाई सडकको १५ मिटरभित्र राखिएका सबै गोलिया तथा दाउरा उठाउन आदेश दिएको छ ।

Read More......

भूमि आन्दोलनका लागि भवन निमार्ण कार्य सुरु ।।

0 comments

माघ ७, सिराहा ।
राष्ट्रिय भूमिअधिकार मञ्च सम्वद्ध ऐलानी भूमिअधिकार मञ्च धनगढी ९ र दिनाभद्रि भूमिअधिकार मञ्च धनगढी ३ सिरहाले आज भूमि आन्दोलनका लागि सार्वजनिक भवनको निर्माण कार्य आफनै श्रमदानमा सुरुवात गरेको छ । भूमिसम्बन्धी तालिम र विभिन्न आन्दोलनका लागि योजनाका साथै सार्वजनिक विभिन्न कार्यहरु गर्न जनचेतना दलित संगम सप्तरीको नेतृत्वमा भवन निमार्ण कार्य सुरुवात गरेको सिरहाका भूमि अभियानकर्ता रामसेवक रामले वताउनुभयो । 
 

Read More......

आरोहीको गाउँ वेदिङ बिजुलीले झलमल ।।

0 comments

माघ ७, सगरमाथा ।
हिमाल आरोहीहरुको गाउँको रुपमा चिनिने गौरीशङ्कर१ वेदिङ गाउँ बिजुलीले झलमल भएको छ । स्थानीयहरुको आफ्नै पहलमा स्थानीय वेदिङसाङ्बूू खोलाबाट निकालिएको २२ किलोवाट विद्युतबाट वेदिङका ६५ घरधूरी झिलिमिली भएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ऊर्जा क्षेत्र सहयोग कार्यक्रमको २६ लाख बराबरको प्राविधिक तथा निर्माण सामाग्री सहयोगमा बाँकी सगरमाथा आरोही दावाछिरी शेर्पाको पहलमा स्थानीयको श्रमदान जुटाएर निर्माण सम्पन्न गरिएको थियो । खोलामा बगेर गएको पानीबाट निकालिएको विद्युतबाट वेदिङको ६५ घर नागाउँका ६५ घर गरी १३० घरमा विद्युतीकरण गरिएको सगरमाथा आरोही दावाछिरी शेर्पाले बताउनुभयो । वेदिङलाई सगरमाथा आरोहीको गाउँ भनेर चिनिने र हिमाल आरोहण गर्नु आफूहरु सुविधा सम्पन्न ठाउँमा बस्ने बताउँदै उहाँले त्यही गाउँ भएर दैनिक सयौं पर्यटकहरु ओहोरदोहोर गर्ने तर गाउँ जस्ताको तस्तै भएर गाउँमा पनि केही गर्नु पर्छ भन बिजुली निकालेर बताउनुभयो ।   

Read More......

२० करोड बढी राजस्व सङ्कलन

0 comments

माघ ७, नेपालगञ्ज ।
नेपालगंज भन्सार कार्यालयले आर्थिक वर्ष २०६७।६८ को पुस महिनामा २० करोड बढी राजस्व सङ्कलन गरेको छ ।  मासिक १७ करोड बढी राजस्व सङ्कलन गर्दै आएको राजस्व कार्यालयले गत मङ्सिरमा १७ करोड ९२ लाख ८९ हजार राजस्व सङ्कलन थियो भने पुस महिनामा २० करोड ४९ हजार ४ सय रुपैया सकलन गरेको हो । गत महिनाभन्दा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको भन्सार कार्यालयले यस महिनामा भन्सार शुल्क, मुल्य अवधि शुल्क र अन्त शुल्क गरि  रकम संकलन गरेको जनाएको छ ।

Read More......

कक्षाकोठाको अभावमा खुल्ला आकाशमुनी पढ्न बाध्य ।।

0 comments

माघ ७, कैलाली ।
कैलाली जिल्लाको सुगरखाल गाविसको दुर्गम फलेबिसौनामा रहेको शान्ति माविका विद्यार्थीहरु कक्षाकोठाको अभावमा चौरमा बसेर पढ्न बाध्य भएका छन् । कक्षा १० सम्म ७०० भन्दा बढी विद्यार्थीको चाप रहेको विद्यालयमा एक कार्यालयसहित दुई कोठे पक्की भवनका ५ वटा कोठा मात्रै छन् । जमसध्ये विद्यालयको अफिसकोठा स्थानिय जनचेतना सामुदायिक वनको सहयोगमा जनश्रमदानबाट बनाइएको हो । कक्षाकोठाको अभाव भएकाले गर्मी सिजनमा जेनतेन रुखको छहारीमा पढाई संचालन भए पनि चिसो र पानी परेको समयमा विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको बिद्यालय व्यबस्थापन समीतिका सदस्य दिपक बमले बताउनुभयो । स्थानियबासीन्दाको सहयोगमा पटक पटक काठका टहरा बनाएर पढाई गराइने भए पनि समस्या जस्ताको त्यस्तै रहेको छ ।

Read More......

Wednesday, January 19, 2011

महेन्द्रनगरस्थित विज्ञान क्याम्पस स्ववियुद्वारा अनिश्चितकालीन बन्द आब्हान

0 comments


बिपी अनमोल, महाकाली एफ.एम.

स्नातक तह प्रथम वर्षमा विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद बढेपछि महेन्द्रनगरस्थित सिद्वनाथ विज्ञान क्याम्पस बुधवार देखी अनिश्चितकालका लागी बन्द भएको छ । विज्ञान क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले भर्नाको विषयलाई लिएर क्याम्पस प्रमुख डा. भवानी चन्द ठकुरीले स्ववियु सभापति रोहित बहादुर चन्दमाथि हातपात गरेको आरोप लगाउँदै क्याम्पस अनिश्चितकालीन बन्द गराएको हो । क्याम्पस प्रमुख चन्दले भने स्ववियुले आफ्नो कार्यकक्षमा विद्यार्थीहरुको हुल ल्याएर जबरजस्ती तालाबन्दी गर्न खोज्दा उल्टै आफुमाथि धक्कामुक्का भएको बताउनुभएको छ । स्नातक तह प्रथम वर्ष अन्तरगत भौतिक विज्ञान समुहमा अतिरिक्त भर्ना लिनुपर्ने स्ववीयुको अडान र भौतिक विज्ञान समुहमा भर्ना लिन नसकिने क्याम्पस प्रमुखको अडानपछि क्याम्पसमा विवाद शुरु भएको हो । स्ववियुले क्याम्पस प्रशासनले भरखरै कक्षा ११ को परिक्षा उर्तिण गरेका विद्यार्थीहरुलाई समेत भर्ना लिएर पढ्न दिनुपर्ने अडान लिएको छ । उता क्याम्पस प्रमुख चन्दले जिव विज्ञान समुहमा मात्रै भर्ना गर्न सकिने अवस्था रहेको जानकारी हुँदा हुदै पनि स्ववीयुले जबरजस्ती भौतिक विज्ञान समुहमा अतिरिक्त कक्षाहरु सञ्चालन गर्नुपर्ने अडान राखेको बताउनुभयो ।

Read More......

Tuesday, January 18, 2011

तावा ककुर र कमलानदीको संगम स्थल त्रीवेणीमा भव्य मेला

0 comments

माघ ४ सिन्धुली। सिन्धुली र उदयपुरको सिमाना भएर वग्ने तावा ककुर र कमलानदीको संगम स्थल त्रीवेणीमा गत शनीवारदेखी भव्य मेला शुरु भएको छ । माघेसंक्रान्तिदेखी १८ गतेसम्म लाग्ने यो मेलामा मकर नुहाउनहाँसपरेवापाठी पुजा गर्नको लागी भारतवाटसमेत भक्तजनहरु आउने गर्दछन् ।
मेलालाई विगतको वर्षहरुमा भन्दा निक्कै व्यवस्थित वनाइएको त्रिवेणी गाविसका सचिव पेशल पोखरेलले जानकारी दिए  । मेलाको  रौनक वढाउन नाम चलेका राष्ट्रिय कलाकारहरुलाई पनि निम्त्याइएको छ । ऐतिहाँसिक मैनी मेलाको नामले प्रचलित यो मेलामा भोटे घोडाकुकुरराडीपाखी खरीदविक्री हुने गरिएकोमा केही वर्षयता थप्प भएपनि यसपालि फेरी विक्रीवितरण सुरु गरिने आयोजक समितीले जनाएको छ ।
पर्यटन वर्षलाई पनि विशेष सहयोग गर्ने हेतुले माघ ८ गते पर्यटन वर्षको प्रर्वद्धनका लागी विविध कार्यक्रम गर्ने पर्यटन वर्ष मुल आयोजक समिती उदयपुरका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठले जानकारी गराए ।

Read More......

लागु औषध सहित दुइ जना पक्राउ

0 comments

सुरेश बिडारी
माघ ३ महोत्तरी । महोत्तरीको बर्दिबासमा मंगलबार  प्रहरीले लागु औषध सहित दुइ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको गस्ती टोलीले बर्दिबास-३ का २४ बर्षिय विष्णु फँुयाललाइ र बेलगाक्षी ५ की ५० वर्षिय फुलमति शाहलाई प्रहरीले पक्राउ गरेको हो ।  फुँयाललाई ३० ट्याबलेट स्पामो पोक्सोभेन का र शाहलाई १५ वटा रेक्स कफ सिरफका साथमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका बर्दिबासका प्रहरी निरिक्षक लाल गोविन्द श्रेष्ठले जानकारी दिए  ।
फुँयाललाई गौशाला चोकबाट र शाहलाई माइस्थानमा रहेको टुटेश्वर नाथ मन्दिर जाने चोकबाट नियन्त्रणमा लिइएको उनको  भनाइ थियो । शाहले त्यस स्थानमा टहरा बनाएर लामो समयदेखि चिया पसल साचालन गर्दै आएको बुझिएको छ । दुवैलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Read More......

Monday, January 17, 2011

चट्याङमा परि १२ जना घाईते

0 comments

माघ ३ सिन्धुली। सिन्धुलीको नेत्रकाली ८ मा गए राति चट्याङ पर्दा १२ जना घाईते भएका छन् । वाटो नजिकैको पोलमा चट्याङ पर्दा  हिड्दै गरेका १२ जनालाई करेन्ट लागेर घाईते भएका हुन् ।
केहि समय अघि मात्रै नेत्रकाली गाविसको शिखरपुरमा करिव ७८ लाखको लागतमा १२ किलोवाट क्षमताको मामवली साङवा लधु जलविधुत परियोजना कार्य सम्पन्न भएको थियो । घाईते वाह्रै जनाको गाउँमै उपचार भईरहेको जानकारि प्राप्त भएको छ । त्यस्तै चट्याङ लागेर सोहि गाविसमा १ वाख्रा मरेको छ भने ६ भैसि घाईते भएको नेत्रकाली गाविसवाट आईत सिं वाईवाले जानकारि दिए ।

Read More......

आगलागीबाट लाखौको धनमाल जलेर नष्ट

0 comments

एसबी गौतम रेडियो सिन्धुलिगढ़ी
माघ ३  सिन्धुली। सिन्धुलीको वेलघारी गाविस वडा नम्वर ५ लामिडाडाँमा सोमबार  आगलागी हुदा लाखौको धनमाल जलेर नष्ठ भएको छ । लामीडाडाँ निवासी गुन्ज वहादुर काफ्लेको घरमा दिउसो १ वजे आगलागी भएको थियो  । आगलागीवाट नगद ७० हजार पैसा  ५० मुरि धान एक थान सोलार सेट एक थान मोवाईल सेट घर र गोठ पुर्ण रुपमा जलेर नष्ट भएको छ भने एउटा भैसि घाईते भएको छ ।
आगलागीवाट २० वाख्रामा केहि वाख्रा वाचेको र केहिलाई आगोको थुप्रोले पुरेको स्थानिय ईन्द्र वहादुर क्याप्छाकीले जानकारि दिएका छन् । थप जनधनको क्षतिहुन नदिन आगलागी भईरहेको समयमा रेडियो सिन्धुलीगढीले स्थानिय सर्वसाधारणलाई सहयोगको लागी आग्रह गरेको थियो ।
केटाकेटिहरुले परालमा आगो खेलाएको कारण आगोले ठुलो रुप लिएको र आगलागीवाट लाखौको धनमाल नष्ठ भएको स्थानिय  क्याप्छाकीले जानकारि दिनुभएको छ ।

Read More......

Sunday, January 16, 2011

आज १३ औं भूकम्प सुरक्षा दिवस मनाइयो

0 comments


माघ २ काठमाडौं।
आज १३ औं भूकम्प सुरक्षा दिवस । वि. सं १९९० सालको माघ दुर्इ गते अर्थात आजकै दिन नेपालमा विनाशकारी भूकम्प आएको दुःखद दीनको सम्झनामा भूकम्पीय सुरक्षा दिवस मनाउने गरिन्छ ।यस वर्ष यो दिवसको नारा भूकम्पीय सुरक्षाका लागि समुदाय नै अघि सरौं , साधन ज्ञान, सीप र भवन सहिंताको अधिकतम प्रयोग गरौं राखिएको छ । भूकम्पबाट कसरी सुरक्षित हुने र कसरी क्षति न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यले यो दिवस विभिन्न जनचेतनामुलक कार्यक्रमहरू गर्दै मनाउने गरिन्छ । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक मोदमणि दीक्षितका अनुसार प्राकृतिक प्रकोपकत्र रूपमा नेपालमा विगतमा गएको भूकम्पले पारेको नोक्सान र भविष्यमा हुनसक्ने खतराबाट मूक्त हुनका लागि दश बुँदे सुझाव तयार भएको छ । नेपाल भूकम्पीय जोखिमको दृश्टिकोणले विश्वभर ११ औं स्थानमा पर्दछ भने विश्वका विभिन्न शहर मध्ये भूकम्पीय जोखिमका धारमा काठमाडौं १ नम्बरमा पर्दछ । यसअघि सन् २००१मा क्यारेबियन राष्ट्र हाइटीलार्इ भूकम्पीय जोखिमको दृश्टिकोणले उच्च जोखिमको स्थानमा राखिएको थियो । भूकम्पबाट बच्न भूकम्पको समयमा फ्नो परिवारका लागि सुरक्षित हुनसक्ने ठाउँ पहिले पत्ता लगाउने, भूकम्पको झड्का थाहा पाउने बित्तिकै गोका स्रोतहरू तत्काल बन्द गर्नुपर्ने, हतारमा त्तिएर बाहिर जान नहुने, कम्तिमा घरको एक ढोका खुलै हुने व्यवस्था मिलाउनु पर्ने भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले सुझाव दिएको छ ।  

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae