Sahara Sansar

Thursday, June 16, 2011

आजदेखि ११औं राष्ट्रिय जनगणना:कोही नछुटौं कोही नदोहोरिऔं



असार ३,काठमाण्डौ

आजदेखि असार १३ गतेसम्म ११औं राष्ट्रिय जनगणना शुरु हुँदैछ । केन्द्रीय तथ्यांक विभागले तय गरेको कोही नछुटौं कोही नदोहोरिऔं भन्ने नारासहित जनगणना हुन लागेको हो । हरेक १० वर्षमा गरिने जनगणना नेपालमा शुरु भएको एक शताब्दी पुगेको छ । यसवर्षको जनगणनामा विभिन्न तहका गरी करिब ४३ हजार कर्मचारीहरु खटिने विभागले जनाएको छ । जनगणनाको औपचारिक उद्घाटन अहिले केहीबेर ८ः३० मा राष्ट्रपति डा यादवको लगत लिएर गरिनेछ । त्यसका लागि तथ्यांक विभागका महानिर्देशकलगायतका कर्मचारीहरु शीतल निवास पुगिसकेका छन् । राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री परिवारको विवरण विभागका महानिर्देशक उत्तम नारायण मल्लले लिनुहुनेछ भने सुपरिवेक्षकको रुपमा सदस्य सचिव युवराज भुसाल रहनुहुने तय गरिएको छ । जनगणनाको लागि यसअघि जेठ १ गतेदेखि १८ गतेसम्म घरपरिवार सूचीकरणको काम सकिसकेको छ । यसपटकको जनगणनालाई लैंगिक समानता र समावेशीको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ ।
यसैबीच जनगणनाको अवसरमा राष्ट्रपति प्रधानमन्त्रीलगायतले शुभकामना दिनुभएको छ । साथै उहाँहरुले जनगणनामा सहयोग पुर् याई सफल बनाउन पनि सबैलाई आग्रह गर्नुभएको छ । विज्ञप्तिमा राष्ट्रपति डा रामवरण यादवले जनगणनाले हरेक व्यक्ति र समुदायलाईसमेत फाइदा पुग्ने भएकाले यसमा सहभागी हुन आग्रह गर्नुभयो । प्रधानमन्त्री झलनाथ खनालले पनि देश विकास र विकासका कार्यक्रमहरु तर्जुममा गर्न सहयोग पुग्ने भएकाले तथ्यांक विभागबाट खटाइएका गणकहरुले सोधेको प्रश्नको जवाफ दिएर जनगणनामा सहभागी हुन आग्रह गर्नुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae