Sahara Sansar

Sunday, June 19, 2011

सरकारको आडमा अपराधि लुकाउदैछ युवा संघ: प्रेस युनियन

असार  ५ काठमाडौं । नेपाल प्रेस युनियनले नागरिक राष्ट्रिय दैनिकका विराटनगर संवाददाता खिलानाथ ढकालमाथि आक्रमण गर्नेका नाईके युवा संघ मोरङ्ग उपाध्यक्ष पर्शुराम बस्नेतलाई पक्राउ गरी कानूनी काराबाही गर्न माग गरेको छ ।

पत्रकारलाई धम्क्याउने र कुट्ने श्रृंखलामा सत्तारुढ एमालेकै भातृ संगठन युवा संघका अध्यक्ष महेश बस्नेतले नागरिक दैनिकका प्रधान सम्पादक नारायण वाग्ले र पत्रकार महासंघको विराटनगर शाखा अध्यक्ष विक्रम निरौलालाई पानी मुनी गए पनि ‘नछोड्ने’ र युवा संघको अबको गतिविधि उनीहरु विरुद्ध हुने भनी सार्वजनिक रुपमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको भन्दै घोर आपत्ति जनाएको छ ।

युनियनका महासचिव शिव लम्सालले आज विज्ञप्ती जारी गरेर अध्यक्ष बस्नेतले आफ्नो दल एमालेले सरकारको नेतृत्व गरेको मौका पारि पत्रकारका आक्रमणकारीलाई जोगाउन लागेको भन्दै युवा संघका पछिल्ला गतिविधि स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेको बताउनुभएको छ ।

युनियनले शाही शासनका बेला प्रेसले जे जस्तो त्रास ब्यहोरेको थियो, अहिले त्यसको पुनरावृत्ति हुने खतराप्रति गंम्भीर चिन्ता ब्यक्त गर्दछ भनेको छ ।

नागरिक दैनिकका प्रधान सम्पादक  वाग्ले र पत्रकार महासंघ विराटनगर शाखा अध्यक्ष निरौलामाथि कुनै किसिमको दुब्र्यवाहार भएमा त्यसको सम्पूर्ण जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने युनियनले चेतावनी दिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae