Sahara Sansar

Monday, June 6, 2011

आतंक पीडितद्धारा सिंहदरबार दक्षिण गेटमा धर्ना

जेठ २३ काठमाडौं। न्यायको माग गर्दै द्धन्दपीडितहरुले आज देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा धर्ना दिएका छन् ।आतंक पीडित टुहुरा समाजको नेतृत्वमा द्धन्दपीडितहरुले सिंहदरबारको दक्षिणी गेटमा डेढ घण्टा धर्ना दिएका हुन् । मानवता विरोधी अपराधका मुद्दाहरु फिर्ता लिने सरकारी तयारी तुरुन्त बन्द गर्नुपर्ने उनीहरुको माग थियो ।

द्धन्द्धकालमा भएका मानवताविरोधी अपराधका दोषीलाई कारबाही गर्न माग गर्दै दायर गरिएका मुद्दा फिर्ता लिंदा समाजमा दण्डहीनताले बढावा पाउने पीडितहरुको भनाइ छ । सरकारले मागको सुनुवाई नगरे थप आन्दोलन गर्न बाध्य हुने पीडितहरुले बताएका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae