Sahara Sansar

Thursday, June 16, 2011

अमेरिकाले लादेनलाई जस्तै अलकायदाका नयाँ प्रमुख जवाहिरीलाई पनि खोजीखोजी मार्ने


प्रेम क्षेत्री,असार ३,नवलपरासी ।
अमेरिकाले ओसामा विन लादेनलाई जस्तै अलकायदाका प्रमुख अयमन अल जवाहिरीलाई पनि खोजीखोजी मार्ने बताएको छ । ज्वाईन्ट चिफ अफ स्टाफका प्रमुख माईक मलेनले एक सम्मेलनमा ओसामा विन लादेनलाई जस्तै अलकायदाका नयाँ प्रमुख अयमन अल जवाहिरी लाई पनि खोजीखोजी मार्नेमा सफल हुने बताएका छन् । मलेनले अलकायदाबाट अझै खतरा रहेको समेत बताएका छन् । मे महिनामा अमेरीकाको विशेष सैनिक टुकडीले पाकिस्तानमा कारवाई गर्दा अलकायदाका प्रमुख लादेन मारिएका थिए । आज मात्रै अलकायदाको जनरल कमानले एक वेभसाईडमा अयमन अल जवाहिरी अलकायदाका नयाँ प्रमुखको रुपमा नियुक्त भएको जनाएको छ । लामो समयदेखि लादेन पछिको जवाहिरीलाई अलकायदाले दोश्रो नेता मान्दै आएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae