Sahara Sansar

Sunday, June 12, 2011

लडाकु माओवादीको दरिलो आम्दानीको स्रोतः पूर्व प्रधानमन्त्री नेपाल

जेठ २९ काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले शिविरमा रहेका लडाकुहरु माओवादीको महत्वपूर्ण आम्दानीको स्रोत रहेको बताउनुभएको छ । पार्टी मुख्यालय बल्खुमा आज आयोजीत कार्यक्रममा नेता नेपालले लडाकू माओवादीको आम्दानीको स्रोत भएको भन्दै उनिहरु सेना समायोजनको विषयमा गम्भीर नभएको आरोप लगाउनु भयो । उहाँले लडाकुका लागि राज्यले उपलब्ध गराउने तलब भत्ता मध्ये अधिकांश माओवादीले खोसेर लिने गरेको दाबी गर्नुभयो । राज्यले एक महिनामा लडाकुलाई १७ करोड रुपैया दिनु परेको भन्दै पूर्व प्रधानमन्त्री नेपालले १० करोड माओवादीले लडाकुसंग लेबीका रुपमा लिने गरेको बताउनुभयो ।
एमाले नेतृत्व माओवादीका पक्षमा उदार भए पार्टी नै डुब्ने चेतावनी दिनु भएका नेपालले नेतृत्वलाई माओवादीप्रति उदारवादी नहुन सुझाव दिनुभएको छ । शान्ति प्रकृया विना संविधान निर्माणको काम अघि बढ्न नसक्ने भन्दै नेपालले शान्ति प्रकृयाले गतिलिए संविधान लेखनमा कुनै समस्या नहुने बताउनुभयो ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae