Sahara Sansar

Sunday, June 5, 2011

एमाले सभासदहरुले दवाव अभियान सुरु गर्ने

जेठ २२ काठमाडौं।  प्रमुख सत्तारुढ घटक नेकपा एमालेका युवा सभासदले आगामी ११ हप्तामा शान्ति प्रक्रिया टुङ्गाई नयाँ संविधानको एकीकृत मस्यौदा बनाउने साप्ताहिक कार्यतालिका बनाउन दवाव अभियान सुरु गर्ने भएका छन । उनीहरुले संविधान लेखनको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गर्दै संविधानसभा अध्यक्षलाई भोली ज्ञापनपत्र बुझाउने तयारी गरेको सभासद विन्दा पाण्डेले जानकारी दिनुभयो । 

संवैधानिक समितिका सदस्यहरुलाई शान्ति र संविधान निर्माणको काममा बाहेक अन्य विषयमा राजधानी बाहिर नजान निर्देशन दिन समेत उनीहरुले माग गरेका छन् । सभासदहरुले आफूहरुलाई संविधान निर्माणको भूमिका दिन संविधानसभाको बैठक कम्तीमा सातामा एकपटक अनिवार्य राख्न माग गरेका छन ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae