Sahara Sansar

Sunday, June 12, 2011

अध्यक्ष प्रचण्डका बाहेक कसैको लाईनको कुनै अर्थ छैनः प्रभाकर

 जेठ २९ काठमाडौ । एकीकृत माओवादीका पोलिटब्यूरो सदस्य जनार्दन शर्माले बहुमतले पारित अध्यक्ष प्रचण्डको शान्ति र संविधानको लाईन बाहेक कुनै पनि लाईन र धार अर्थहिन रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै शर्माले उपाध्यक्ष मोहन बैद्यको नामबाट सार्वजनिक भएका १८ बुँदे असहमति पार्टीभित्र दर्ता नभएको र त्यसको कुनै अर्थ पनि नभएको बताउनुभयो । उहाँले पार्टीभित्र उपाध्यक्ष द्धय मोहन बैद्य र बाबुराम भट्टराईको केही सुझाव रहे पनि शान्ति प्रक्रियालाई निश्कर्समा पुर्याउने र संविधान लेख्ने विषयमा कुनै असहमति नरहेको बताउनुभयो । कांग्रेसका नेता रमेश लेखकले विशेष समितिले असार ५ गतेभित्र शान्ति प्रक्रियाका सबै विषयमा सहमति जुटाएर शान्ति प्रक्रियाको खाँका ल्याउने पर्ने भन्दै त्यस्तो हुन नसके प्रधानमन्त्री र माओवादी अध्यक्षले असार ६ गते त्यसको जवाफ दिनु पर्ने बताउनुभयो । उहाँले कार्यतालिका बनाउनु र केही काम अगाडि बढाउनु सकारात्मक भए पनि त्यो
प्रयाप्त नभएको भन्दै समायोजन र हतियार राज्यलाई बुझाउने कुराको सुनिश्चित गरिनु पर्ने बताउनुभएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae