Sahara Sansar

Wednesday, June 15, 2011

कोकाकोला अन्तर विद्यालय छात्र छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता शुरू

असार १ काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजनामा सन्चालित कोकाकोला अन्तर विद्यालय छात्र छात्रा राष्ट्रिय फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा ज्ञान विज्ञान स्कुलले रत्नराज्य उ मा वि लाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

ज्ञान विज्ञानका लागि दिपेश सुनुवारले ४१ औं मिनेटमा र विकास तेलुङ्गले ५८ र ६० औं मिनेटमा गोल गरेका थिए । त्यस्तै आजै सम्पन्न दोश्रो खेलमा गान्धी आदर्श मा वि ले जन प्रभात मा वि लाई २–१ गोल अन्तरले पराजित गरेको छ । गान्धी आदर्शका लागि सरोज थापा मगर र राकेश राईले ६ र ३० औं मिनेटमा गोल गरेका थिए भने जन प्रभातका राकेश ढुङ्गानाले ७० औं मिनेटमा एक गोल गरेका थिए । तेश्रो खेलमा रिम्स स्कुलले शारदा उ मा वि लाई ४–० गोल अन्तरले पराजित गरेको छ । रिम्सका लागि नाम्गेल शेर्पा, सुदिप खतिवडा, मनिष पण्डित र सुजन गौतमले क्रमश १९, २७, ३८  र ५२ औं मिनेटमा गोल गरेका थिए ।

चौथो खेलमा नवज्योति उ मा वि ले युयुत्सु इङ्गलिस स्कुललाई ट्राईब्रेकरमा पराजित गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा समाप्त भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा नवज्योति स्कुल २–० ले विजयी भएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae