Sahara Sansar

Sunday, June 19, 2011

थरीथरी छन् बेडरुमका दुःख



दीपक सापकोटा

image
पुरुषको यौनचाहना सलाईको काँटीजस्तो झरर्र बलिहाल्छ र सेलाउँछ तर महिलाचाहिँ तातेको ताप्केजस्तै बिस्तारै उत्तेजित हुन्छन् ।
डा. समन रुपाखेती
यौन परामर्शदाता  
बीस वर्षीया नवविवाहिता सुहागरातको मीठो कल्पनामा हराइरहेकी थिइन् । तर, त्यो रात उनका लागि 'जीवनकै ठूलो कालरात्रि' बनेर प्रवेश गर्‍यो । नवदुलाहा श्रीमान्ले सहवासपूर्वको क्रीडा (फोर प्ले) अगाडि नै सीधै मुखमैथुन गर्न कर गरे । सहज मैथुनका लागि उनी तयार थिइन् तर मुखमैथुनका लागि किमार्थ होइन । आफ्नो इच्छाअनुरूप नभएपछि दुवैजना रातैभरि कोल्टे फर्केर सुते र बोलेनन् । भोलिपल्ट नवविवाहिता श्रीमती माइत हिँडिन् । 
ती बीस वर्षीया नवविवाहिताले सुहागरात भाँडिएपछि यौन परामर्शदाता तथा निःसन्तानपनसँग सम्बन्धित डा. समन रुपाखेतीलाई गुहारिन् । यी परामर्शदाताले उनलाई विगतको घटना बिर्संदै श्रीमान्लाई साथीको जस्तो व्यवहार गर्न सल्लाह दिए । 'उनी अश्लील चलचित्र (पोर्नो फिल्म) बाट प्रभावित भएका हुन सक्छन्,' यी डाक्टरको ठहर थियो । समनले श्रीमान्सँग भेटे र यौन व्यवहारबारे छलफल गरे । र, अन्त्यमा श्रीमान्ले श्रीमतीसँग माफी मागे । २० दिनपछि माइतबाट घर फर्केकी उनी, परामर्शदाताका अनुसार अहिले दाम्पत्य सुखमा रमाइरहेकी छिन् । 
यौन समस्याकै कारण घरबार बिगे्रकाहरूका लागि अहिले थुप्रै सहयोगी सक्रिय छन् । काठमाडौंमा केही 'हटलाइन' सेवा उपलब्ध छन् भने केही एफएम रेडियो र टेलिभिजनले पनि फोनबाट प्रत्यक्ष यौन परामर्श सेवा दिइरहेका छन् । अहिले यौनमनोविज्ञ तथा डाक्टरहरूलाई यौनसम्बन्धी समस्या सुनाउनेहरूको संख्या बढ्दो छ । तालिमप्राप्त परामर्शदाता र डाक्टरहरू पीडितको यौन समस्या समाधान गर्न तत्पर रहन्छन् । 
यौनसम्बन्धी खुलेआम छलफल गर्न धक र डर मान्ने नेपाली समाजमा त्यससम्बन्धी परामर्श सजिलो माध्यम बन्दै छ । तीन वर्षदेखि नेपाल वान टेलिभिजनको यौन समस्याबारे छलफल गरिने दैनिक कार्यक्रम 'रात परेपछि'मा फोनकर्ताका यौन समस्या समाधान गरिरहेका डाक्टर समन रुपाखेती फोनमा कतिले सामान्य समस्या सुनाउने गरेको त कतिले असामान्य लाग्ने खालका घटना प्रस्तुत गर्ने गरेको सुनाउँछन् । जस्तो एक युवाले केहीअघि 'रात परेपछि'मा फोन गरेर यस्तो समस्या सुनाए, 'मलाई एक दिन अचानक सेक्स गर्ने इच्छा भयो । तर, मेरो गर्लप|mेन्ड थिएनन् र सम्पर्कमा कुनै केटी पनि । अति नै भएपछि मैले मेरो छिमेकको १३ वषर्ीय एकजना केटालाई बोलाएँ र थोरै पैसा दिएर उससँग सम्बन्ध राखेँ । ऊ खुसी भयो र मौका मिल्यो कि मलाई ऊसँग सम्पर्क गरिहाल्ने बानी बस्यो ।' यस्तो अनुभव सुनाउने २१ वर्षे ठिटाको प्रश्न थियो, 'अब मैले यो बानीबाट कसरी छुटकारा पाउन सक्छु ?' डाक्टर समनले उनलाई 'सेक्स गर्न इच्छा पलाएपछि हस्तमैथुन गर्न' सल्लाह दिए । तर, हस्तमैथुनबाट यौन आनन्द लिनेहरूलाई यी डाक्टरको सल्लाह छ, 'दैनिक हस्तमैथुन गर्नुले कालान्तरमा हानि गर्छ । तर, इच्छा लागेमा सातामा ३/४ पटक गर्दा राम्रो ।'
केहीअघि २२ वर्षे नवविवाहिताले डा. समनलाई भेटेर आफ्नो समस्या राखिन् । उनका ३० वर्षे श्रीमान् प्राध्यापन गर्दारहेछन् । दुवैजना पाँच वर्ष बच्चा चाहँदैनन् । त्यसैले श्रीमान् कन्डम प्रयोग गर्छन् । तर, त्यसले असजिलो पारेको उनले श्रीमतीलाई सुनाएछन् । 'असजिलो भयो भनेर कहिलेकाहीँ त कन्डम नै लगाउनुहुन्न,' फोनकर्ताले सुनाइन् । समस्या सुनेपछि समनले राय दिए, 'बजारमा अनेकथरी अस्थायी साधन छन् । महिला कन्डम, सुई, चक्की आदि । तर, ती जोखिम बाहिरचाहिँ छैनन् । योनिभित्र एक थोपा मात्रै शुक्रकीट खसे पनि गर्भ रहन सक्छ । विर्य योनिबाहिर निकाल्ने -विथड्रल विधि) अपनाए झनै राम्रो । कुन विधि अपनाउने हो तपाईंहरूकै हातमा छ,' डा. समन भन्छन्, 'पढेलेखेका, विज्ञ वा आपसमा छलफल गर्न धक मान्ने पति-पत्नीहरू पनि मलाई समस्या सुनाउँछन् । म उनीहरूसँग छलफल गर्छु र त्यही क्रममा समाधान निस्कन्छ ।' 
केही वर्ष माता मनकामना आरोग्य केन्द्र, पुतलीसडकमा यौनरोगसम्बन्धी काम गरेका डा. समन रुपाखेती अहिले सतुंगल ड्रग सेन्टर, सतुंगल र नवीन फर्मा कीर्तिपुरमा निःसन्तानपन र यौनरोगको उपचार गर्छन् । आफूसँग यौन परामर्शका लागि आउनेलाई उनी प्रत्यक्ष परामर्श सेवा पनि दिन्छन् । समनले भेटेरै वा टेलिभिजनको कार्यक्रममा सयौँलाई परामर्श दिइसकेको बताउँछन् । उनीसँग परामर्श लिन दैनिक १२-१५ जनाले उनलाई भेटेकै हुन्छन् । टेलिभिजनमा, पर्सनल फोनमा वा हस्पिटलमा परामर्श दिने उनी फोनकर्ताको नाम, ठेगाना पूर्णरूपमा गोप्य राख्छन् । त्यसैले परामर्शदातालाई गरिएका हरेक फोन गोप्य रहने बताउँछन् उनी । 'म सकेसम्म टेलिभिजनको कार्यक्रममा फोनमा समस्या राख्नेलाई भेट्न चाहन्न । तर, समस्या निकै गम्भीर रहेछ भने मात्रै भेट्छु ।' भेटेरै परामर्श लिन आउने बिरामी सुरुमा आफूलाई यौन समस्या सुनाउन निकै हिचकिचाउने, डराउने वा अनुहार रातो बनाएर धक मान्ने गरेको उनी सुनाउँछन् । त्यस्तालाई सुरुमा काउन्सिलिङ गर्दै गएपछि विस्तारै खुल्दै आउने गरेको उनको अनुभव छ । 
डा. समन रातमा गरिने यौनसम्पर्कले बढी सन्तुष्टि दिने बताउँछन् । उनी पुरुषको याैनचाहना सलाईको काँटीजस्तो झरर्र बलिहाल्ने अनि सेलाउने र महिलाको चाहिँ तातेको ताप्केजस्तै विस्तारै आउने बताउँछन् । 
निःसन्तानपनका समेत विज्ञ डाक्टर समनलाई बिरामीहरू निःसन्तानपन र शीघ्र स्खलनको समस्या लिएर भेट्न आउँछन् । मानिस शीघ्र स्खलन, यौन उत्तेजनामा कमी, महिलाको यौनांगको आकार खुकुलो -ठूलो, सानो, लामो), लिंगको छाला च्यात्तिएको, गर्भावस्थामा यौनसम्पर्कले गर्भ तुहिएको, विवाहपूर्व र विवाहपछि यौनसम्पर्क, लिंग र वक्षस्थलका आकार, गर्भाधान आदिबारे बढी जिज्ञासा लिएर आउने गरेको उनी सुनाउँछन् । उनी आफूले सुन्दा पनि जिब्रो टोक्नुपर्ने खालको समस्या पनि सामना गर्ने गरेको सुनाउँछन्, 'समलिंगी, पशुकरणी, हाडनाता करणी, सामूहिक यौन र बहुपुरुष/महिलासँग यौन सम्बन्धजस्ता समस्या पनि आउँछन् ।' 'रात परेपछि'मा बालकदेखि वृद्धसम्मले सम्पर्क गर्छन् । जस्तो एक जना १३ वर्षेले आफ्नो जनेन्दि्रयबारे सोधेका थिए भने ५२ वर्षेले यौनइच्छा घट्दै गएकोमा खुवै दुःखमनाउ गरेका थिए । 
यौनसम्बन्धी धेरैजसो मानिसमा चेतनाको कमी र लापरबाहीले मुख्य भूमिका खेल्ने गरेको उनी बताउँछन् । एक ३५ वर्षे विवाहित व्यापारी यस्तै अज्ञानताको सिकार भएका थिए । श्रीमतीसँग मात्रै यौनसम्पर्क गर्ने गरेका उनलाई कम्मर दुख्दैमा, पिसाब पोल्दैमा साथीहरूले एचआइभी भयो भनिदिएछन् । यसले उनलाई दिनुसम्म तनाव दियो । उनले डा. समनलाई भेटेर सीधै 'डाक्टरसाब मलाई एचआइभी भयो' भने । उनले रगत जाँच गरे र रिपोर्टमा 'नेगेटिभ' देखियो । तर, पनि उनको शंका हटेन । उनले आत्महत्या गर्नेसम्मको सोच बनाए । समनले थुप्रैपटक काउन्सिलिङ गर्नुपर्‍यो । २ वर्षसम्म 'एन्टिडिप्रेसन टि्रटमेन्ट' गरेपछि मात्र उनी सामान्य भए । 
त्यस्तै एक २३ वर्षे अविवाहित विद्यार्थी साथीहरूको लहैलहैमा यौन व्यवसायी महिलासँग असुरक्षित यौनसम्पर्कमा होमिए । अनि आफूलाई एड्स लागेको शंकामा दिनरात आँसुमा डुब्न थाले । चुरोट र रक्सीको लत सुरु गरे । पढाइमा ध्यान दिन छोडे । घरमा विवाहको कुरा आउँदा पनि टाढा-टाढा भाग्न थाले । उनले 'रात परेपछि'मा फोन गरेर डा. समनसँग आफ्नो समस्या राखे । उनको सल्लाहमा एचआइभी परीक्षण गर्दा 'नेगेटिभ' देखियो । उनले पछि विवाह गरे र आफ्नो पढाइ पनि सुचारु अघि बढाइरहेका छन् । 
'रात परेपछि'मा एक १७ वर्षे आफ्नो लिंग सँगै पढ्ने साथीको भन्दा सानो भएको बताउँदै त्यसमा हस्तमैथुनले केही रोल खेल्छ कि खेल्दैन र यौन सन्तुष्टिमा ठूलो लिंगको के भूमिका हुन्छ भनेर सोध्दैथे । डा. समनको सल्लाह थियो, 'सबैको यौनांग उस्तै र उत्रै हुनुपर्छ भन्ने हुन्न । ठूलो लिंग हुँदैमा सन्तुष्टि हुन्छ भन्नु भ्रममात्रै हो । यसमा कुनै सत्यता छैन ।' केही युवती आफ्नो स्तन साथीको भन्दा सानो भएकोमा चिन्ता लिने गरेको र आफूसँग स्तन ठूलो बनाउने उपाय बताइदिनुपर्‍यो भन्दै आउने गरेको उनी बताउँछन् । केही युवती स्तन ठूलो हुँदा पनि पीर मान्ने गरेको र सानो बनाउने उपायको खोजी गर्दै आउने गरेको उनको अनुभव छ । केटीहरू पनि हस्तमैथुनको समस्या सुनाउन आउँछन् उनलाई । उनीहरू प्रायः बजारमा पाइने सस्ता सेक्स टोय र मसाज गर्छन् र यदाकदा औंला प्रयोग गर्छन् । अनि योनि कालो देखिएपछि आत्तिएर डाक्टर वा परामर्शदाताकहाँ पुग्छन् ।
'मेरोमा आइपुगेका यौन समस्यालाई अध्ययन गर्दा धेरैजसो महिलाले विवाहपूर्व यौन सम्बन्ध राखेको पाइयो । उनीहरू सुरक्षित यौनबारे बुझ्न चाहन्थे,' उनी भन्छन् । पछिल्लो समय परामर्श लिनेको संख्यामा वृद्धि भएको उनी बताउँछन् । उनीसँग परामर्श लिन कहिलेकाहीँ नेपालमै बसेर काम गरिरहेका विदेशी र उच्चपदस्थ व्यक्तिहरू पनि आउँछन् । उनको अनुभवमा महिलाहरू विशेषतः वक्षस्थलको बनावटलाई लिएर चिन्तित हुन्छन् र पुरुषहरू लिंग उत्तेजित नहुने कुरामा आत्तिने गर्छन् । पुरुषहरू महिलालाई उत्तेजित बनाउन के गर्नुपर्छ भनेर सोध्छन् । 'महिला कानको लोती, घाँटीपछाडिको छाला, ओठ, आँखा, स्तन, नाइटो, पेट, तिघ्राको मासु, यौनांगको स्पर्शले बढी उत्तेजित हुन्छन्,' उनी भन्छन् । 
टेलिभिजनमा कहिलेकाहीँ परामर्शदाता र प्रस्तोताले 'ब्लफ कल'को समेत सामना गर्नुपर्छ, जसमा फोनकर्ताले अश्लील कुरा गर्न थाल्छन् । यौनसम्बन्धी जटिल समस्या सम्हाल्न पोख्त भइसकेका प्रस्तोता र डाक्टर यस्ता 'ब्लफ कल'को उचित व्यवस्थापन गर्न पनि पारंगत भइसकेका छन् । 
डा. समन यौन परामर्श सुविधालाई अझ व्यापक बनाउनुपर्ने बताउँछन् । 'बन्द समाजको कारण हामीकहाँ पनि यौन विकृति झांगिन थालेका छन्,' उनी भन्छन्, 'बजारमा छ्याप्छ्याप्ती पाइने अश्लील फिल्म र किताबबाट धेरै युवा कुमार्गतिर पनि लागेका छन् । किशोर/किशोरीलाई यौनबारे जति जिज्ञासा बढेको छ त्यसभन्दा भ्रम धेरै छ ।'
यौनसम्बन्धी केही भ्रम 
 कुमारी केटीसँगको संसर्गले पुरुषलाई लागेको असाध्य रोग पनि निको हुन्छ ।
 दैनिक हस्तमैथुनले लिंग सानो बनाउँछ ।
 विशेष खाना र अभ्यासले लिंगको आकार वृद्धि हुन सहयोग पुग्छ ।
 पुरुष बन्ध्याकरण (भ्यासेक्टोमी)ले पुरुषलाई नपुंसक बनाउँछ ।
 महिलाको तुलनामा पुरुषको यौनशक्ति बढी हुन्छ ।
 रजोनोवृत्तिपछि महिलाको यौनजीवन समाप्त हुन्छ ।
 पहिलो यौनसम्पर्कमा महिलाको योनिबाट रगत अनिवार्य निस्कनुपर्छ ।
 रजस्वला भएको समयमा यौनसम्पर्क राख्नु असुरक्षित र अव्यावहारिक हुन्छ ।
 पहिलोपटकको यौनसम्पर्कले महिला गर्भवती हुँदैनन् । 
 स्तनपान गराउँदै गरेकी महिला गर्भवती हुन्नन् ।
 यौनसम्पर्कको वेला योनिबाहिर विर्य निकाल्दा महिला गर्भवती हुन्नन् । 
 निद्राको समयमा चरमोत्कर्षमा पुग्नु वा स्वप्नदोष हुनु समस्या हो ।
 ठूलो लिंग भएका पुरुषबाट महिला बढी सन्तुष्ट हुन्छन् ।
सफल यौनजीवनका केही टिप्स
 यौनसम्पर्कका लागि शारीरिक तथा मानसिक रूपमा तयार रहनुहोस् । 
 यौनसम्पर्कको वेला कोठालाई न्यानो बनाउनुहोस् ।
 यदि तपाईंको महिलासाथीलाई टाउको दुखेको छ भने उसलाई यौनसम्पर्कको माध्यमबाट चरमोत्कर्षमा पुर्‍याउनुहोस् जसले टाउको दुखाइ निको हुनेछ ।
 कन्डम तथा अस्थायी साधनको प्रयोग गर्नुहोस् ।
 व्यक्तिगत सरसफाइमा ध्यान दिनुहोस् ।
 हतारमा सम्पर्क नराख्नुहोस् । यौनसम्पर्कअघि फोर प्ले विधि अपनाउनुहोस् ।  महिलाको कानको लोती, घाँटीपछाडिको छाला, ओठ, आँखा, स्तन, नाइटो, पेट, तिघ्राको मासु, यौनांगको स्पर्श गर्नुस् जसले महिला उत्तेजित हुन्छन् र चरोमत्कर्षमा पुग्छन् । 
 यौनसम्पर्कमा विभिन्न आसनको प्रयोग गर्नुहोस् ।
 हप्ताको तीनपटक सम्पर्क राख्ने गर्नुहोस् । 
 दैनिक हस्तमैथुन गर्नाले कालान्तरमा हानि गर्छ । तर, इच्छा लागेमा सातामा ३/४ पटक गर्दा राम्रो ।

spkt.deepak@gmail.com

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae