Sahara Sansar

Thursday, June 16, 2011

पाँचबुँदे सहमति कार्यान्वयन गरी राष्ट्रिय सहमतिको वातावरण सिर्जना गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह

राजेन्द्र न्यौपाने काठमाडौं  असार २ ।
राष्ट्रपति डाक्टर रामवरण यादवले ५ बुँदे सहमति कार्यन्वयन गरी राष्ट्रिय सहमतिको वातावरण तयार पार्न प्रधानमन्त्री झलनाथ खनाललाई आग्रह गर्नुभएको छ । राष्ट्रपतिलाई भेट्न आज बिहान राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएका प्रधानमन्त्री खनाललाई राष्ट्रपति यादवले ५ बुँदे सहमतिको कार्यन्वयनका लागि सरकारले नै वातावरण सिर्जना गर्नुपर्ने सुझाव दिनुभएको हो । भेटमा मुलुकमा आर्थिक संकट आउन नदिन चाँडै बजेट ल्याउने बिषयमा पनि छलफल भएको प्रधानमन्त्री खनालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । झण्डै १ घण्टा भएको भेटवार्तामा ५ बुँदे सहमतिपछि बिकसित राजनीतिक घटनाक्रमको समीक्षा भएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae