Sahara Sansar

Monday, June 20, 2011

भ्रष्टाचार प्रकरणले फुटबलको सर्वोच्च संस्था फिफामा बबण्डर उपाध्यक्ष ज्याक ए वार्नरले पदबाट राजीनामा




काठमाडौं ७,असार 

 फुटबलको सर्वोच्च संस्था ्रफिफाका उपाध्यक्ष ज्याक ए वार्नरले पदबाट राजिनामा दिएका छन् ।
भ्रष्टाचार मुद्दामा मुछिएपछि वार्नरले पद छाडेका हुन् । यसअघि अध्यक्षको प्रत्यासी समेत रहेका बिम हमाम र ज्याक ए वार्नरमाथि क्यारेवियन क्षेत्रका फुटबल संघका पदाधिकारीहरुलाई फिफा निर्वाचनमा मत किन्नका लागि पैसा बांढेको आरोप लागेको थियो ।
त्यही आरोपपछि हमामले अध्यक्ष पदको दाबेदारी समेत छाडेका थिए । उपाध्यक्ष वार्नर पनि छानविनका लागि निलम्बनमा परेका थिए । फिफा अध्यक्ष सेप ब्लाटरमाथि भने कुनै कारबाही नभएपछि उनी एक्लै निर्वाचनमा गएका थिए ।

 निर्वाचनमा उनले २०४ भोटमध्ये १ सय ८६ भोट पाए र फेरि चौथो कार्यकालका लागि निर्वाचित भए । ब्लाटरले चुनाव जितेको लामो समयपछि भ्रष्ट्राचारको अभियोगमा मुछिएका वार्नरले राजिनामा गरेका हुन् ।  फिफाले एक विज्ञप्ती जारी गर्दै वार्नरमाथि गरिएको कारबाहीको पश्चातप गरेको छ । त्यही कारबाहीका कारण वार्नर राजिनामा दिने निर्णयमा पुगेको भन्दै फिफाले त्यसका लागि माफी मागेको छ । फिफाले ३० वर्षसम्म फिफाको कार्यसमितिमा रहेर वार्नरले योगदान पुर् याएको भन्दै उनलाई धन्यवाद् दिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae