Sahara Sansar

Saturday, June 4, 2011

राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्न प्रधानमन्त्रीलाई माओवादीको आग्रह

जेठ २१  काठमाडौं। एकीकृत नेकपा माओवादीले सहमतिको सरकार बनाउन पहल गर्न प्रधानमन्त्री झलनाथ खनालसँग आग्रह गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो बसेको बैठकमा माओवादीका  नेताहरुले राष्ट्रिय सहमतिको सरकार बनाउन जति सक्दो छिटो पहल गर्न एमालेलाई आग्रह गरेको हो । बैठकमा सकेसम्म यही सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिने र नभए राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्ने सहमति भएको नेताहरुले बताएका छन् ।

 यस्तै बैठकमा यो सरकारलाई कसरी प्रभावकारी बनाउने, पाँचबुँदे सहमति कार्यान्वयन लगायतका बिषयमा पनि छलफल थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae