Sahara Sansar

Tuesday, June 7, 2011

कामचलाउ सरकारको हैसियतमा रहन प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव

जेठ २४ काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ । कांग्रेसका शीर्ष नेताहरुले आज बिहान प्रधानमन्त्री झलनाथ खनाललाई भेटगरेर सरकारको कामप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा कांग्रेस नेताहरुले पाँच बुँदे सहमति अनुसार कामचलाउको हैसियतमा बस्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । प्रतिपक्षसँग परामर्श नै नगरी भटाभट ठूला राजनीतिक नियुक्ति र मनपरी रुपमा कर्मचारी सुरुवा बढुवा गरेको कांग्रेस नेताहरुको आरोप छ ।

प्रधानमन्त्री खनाल स्वयंले वर्तमान सरकार राष्ट्रिय सरकार नभएको स्वीकारेर पाँचबुँदे सहमतिमा हस्ताक्षर गरेकाले प्रतिपक्षसँगको परामर्श र अनुमति बिना नियुक्ति र सरुवा बढुवा गर्न नमिल्ने सुझाव दिएको भेटपछि कांग्रेस महामन्त्री प्रकाशमान सिंहले संचारकर्मीहरुलाई जानकारी दिनुभयो ।

जवाफमा प्रधानमन्त्री खनालले कांग्रेस नेताहरुलाई सहमतिमै अघि बढने जानकारी गराउनुभएको थियो । पाँच बुँदे सहमति कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई थियो ।

भेटमा कांग्रेस महामन्त्री सिंह, केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडु, एनपी साउद, चन्द्र भण्डारी लगायतका नेताहरु सहभागी थिए । कांग्रेसले आफ्नो सहमति बेगर भएका जुनसुकै निर्णयको संसद्मा सशक्त प्रतिरोध गर्ने तयारी गरेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae