Sahara Sansar

Thursday, June 16, 2011

पार्टी फुट्ने हल्लामा मात्रै सिमितः एकीकृत माओवादी

असार २  काठमाडौं। एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल,उपाध्यक्ष मोहन बैद्य र डाक्टर बावुराम भट्टराईले पार्टी फुट्ने भन्ने हाल्ला,हल्लामा मात्रै सिमित रहेको बताएका छन् । उनिहरुले क्रान्तिबाट आएको पार्टी कुनैपनि हालतमा नफुट्ने बताएका छन् । माओवादी नेता स्वर्गीय रितबहादुर खड्काको नवौं स्मृतिका अवसरमा आज रौतहटमा आयोजित कार्यक्रममा तीन र्शीष नेताहरुले माओवादी कुनै पनि हालतमा नफुट्ने बताउनुभएको हो । उनिहरुले पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिवद्धता समेत जनाएका छन् । कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले शहीदको सपना अनुसार क्रान्तिलाई पुरा गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भयो । उहाँले शान्ति र संविधानबारे जनतामा अनेक शंका उपशंका रहेको भन्दै जनचाहना अनुसार शान्ति र संविधान निर्माणका लागि सहयोग गर्ने बताउनु भयो ।
उपाध्यक्ष मोहन बैद्यले पार्टीभित्र भएका छलफल तथा विचार विमर्शलाई अन्यथा रुपमा सकारात्मक रुपमा नै लिनु पर्ने बताउनु भयो । पार्टीभित्र भएको छलफल शहीदहरुको सपना र जनताको आकांक्षा कसरी पुरा गर्ने भन्नेमा केन्द्रित रहेको बताउनुभयो । उहाँले पार्टी भित्रको बहस र छलफल लाई फुटको रुपमा बुझ्न नहुने बताउनु भएको छ । उपाध्यक्ष डाक्टर बावुराम भट्टराईले क्रान्तिकारी पार्टीमा छलफल र विचार विमर्श हुनु स्वभाविक भएको बताउनु भयो । उहाँले पार्टीभित्र भएको छलफललाई केहि तत्वले फुटको संज्ञा दिएको भन्दै पार्टीलाई एक बनाएर लैजाने बताउनु भयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae