Sahara Sansar

Monday, June 6, 2011

सिन्धुलीमा बस दुर्घटनामा परी ४ को मृत्यु, ४२ भन्दा वढी घाईते


एस बि गौतम 
जेठ २३ सिन्धुली। सिन्धुलीमा आज बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन । घाइतेमध्य धेरैको अवस्था गम्भिर रहेकाले मर्नेको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालीका ६ निवासी वर्ष ३५ की गंगा फुयाल  सिन्धुली बाहुनतिल्पुङ निवासी वर्ष १६ की उषा देवकोटा र अन्य दुई पुरुष रहेका छन । अन्यको नाम खुल्न सकेको छैन । 

पुरुषहरुको मृत शरिर वसमा चेपिएर रहेको स्थानिय वासीले बताएका छन । गम्भिर घाइते ५ जनालाइ थप उपचारका लागी काठमाण्डौ लगिएको छ । घाईतेहुनेहरुमा थिरा कुमारि आले  सुकु राना मगर  जनकपुरका १२ बर्षिय बिश्व रंजन दंगाल  २३ बर्षिय अस्मिता बिसि गिता लामा भिमस्थानकि ३३ बर्षिय गंगा मगर   तोश्रामखोलाका २५ बर्षिय मोहन लामिछानेवालाजोरका कृष्ण बहादुर थापा  भिमस्थानका सबिना तामाङ  र क न पा ६ कि नेत्र कुमारी चौलागाई लगायतका रहेका छन् । 

अन्य घाईतेहरुको भने नाम खुल्न सकेको छैन । सिन्धुलीवाट चकमकेतर्फ गइरहेको यात्रुवाहक वस रानीचुरी गाविस ७ तिनतलेमा दुर्घटनाग्रस्त भएको हो । क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको हुनसक्ने घाइते तोश्रामखोला निवासी वावुलाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार छतमा बढी यात्रु राख्नाले दुर्घटना भएको हो । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae