Sahara Sansar

Saturday, June 18, 2011

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने जर्मनीका फुटबलर माइकल बालाकको उद्घोष


असार ४ एजेन्सी । जर्मनीका पूर्वकप्तान माइकल बालाकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने कुनै योजना नै नरहेको बताएका छन् ।

प्रशिक्षक जोआचिम लोउले यसअघि मात्रै ब्राजिलि विरुद्ध हुने अन्तर्राष्ट्रिय म्याच बालाकको खेल जीवनको अन्तिम म्याच हुने बताएका थिए । उनले बालाकसँग सल्लाह गरेर ब्राजिल विरुद्धको अन्तर्राष्ट्रिय म्याचसँगै पूर्व कप्तानलाई सन्यास दिने निर्णय लिएको बताएका थिए ।

लोउको निर्णयबाट रुष्ट बनेका बालाकले समर्थकहरुको मन राख्नका लागि ब्राजिल विरुद्धको म्याचमा ओर्लने प्रतिक्रिया दिएका छन् । उनले यो म्याच आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनको अन्तिम म्याच नहुने पनि बताएका छन् । प्रशिक्षक लोउले कुनै सल्लाह नै नगरि विदाईको प्रतिक्रिया दिएको भन्दै ३४ वर्षिय बालाक रुष्ट देखिएका छन् ।

चेल्सीबाट गत वर्षमात्रै वायर लिभेरकुसेनमा आबद्ध भएका बालाकले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिनुपर्ने समय आएको प्रतिक्रिया प्रशिक्षक लोउले लामो समयदेखी दिदै आएका छन् । उनले सन् २०१४ को विश्वकपका लागि नयाँ टोलि तयार पार्नुपर्ने चुनौति रहेकाले बालाकले टोलिमा स्थान नपाउने बताएका छन् । बालाकसँग सल्लाह गरेरै उनको सन्यासका बारेमा निर्णय लिइएको प्रतिक्रिया लोउले दिएपनि बालाकले भने यससम्बन्धमा प्रशिक्षकले एकतर्फी निर्णय लिएको बताएका छन् ।

सन् १९९९ मा राष्ट्रिय टिममा प्रवेश गरेयता बालाकले ९८ खेल खेल्दै ४८ गोल गरिसकेका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae