Sahara Sansar

Friday, June 10, 2011

पूर्वराजा विरेन्द्रको नगद सम्पति ९ करोड ७३ लाख


जेठ २७,काठमाडौं  ।

नेपाल ट्रष्टको कार्यालयले स्वर्गीय पूर्वराजा विरेन्द्र शाहको नाममा ९ करोड नगद र ५ हजार रोपनी जग्गा भेटिएको बताएको छ । संसदको राज्य ब्यवस्था समितिको आज िसंहदरबारमा बसेको बैठकमा ट्रष्टको मातहतमा आएको सम्पति विवरणबारे जानकारी दिँदै नेपाल ट्रष्टको कार्यालयकी सचिव वृन्दा हाडाले पूर्वराजाको नाममा राष्ट्रिय वाणिज्य बैंङ्क र बिभिन्न निजी बैंङ्कमा गरि ९ करोड ७३ लाख नगद भेटिएको बताउनुभयो ।

 निजी बैंङ्कमा राखिएको ४३ हजार १०० पाउण्ड भने हालैमात्र ट्रष्टको कार्यालयले आफ्नो मातहतमा ल्याएको हो । त्यस्तै नेपाल ट्रष्टको कार्यालयले पूर्वराजाको नाममा रहेको ५ हजार ६४ रोपनी जग्गा पनि आफ्नो मातहतमा ल्याइसकेको जनाएको छ । पूर्वराजाको सम्पति ट्रष्टको मातहता ल्याउने क्रममा बिभिन्न पक्षको अवरोध र कानूनी समस्याका उत्पन्न भएको ट्रष्टको गुनासो छ । ट्रष्टको नाममा रहेको बनमा रहेका पू्राना रुख र काठ कटानी गर्दा थप एक करोड बढि आम्दामी हुने भएपनि बजेट नभएका कारण कटानी सुरु गर्न नसकिएको सचिव हाडाले जानकारी दिनुभयो ।

 उहाँले पूर्व राजपरीवारको नाममा रहेको एक सय ७३ रोपनी जग्गा ट्रष्टको मातहतमा ल्याउन समस्या रहेको जानकारी दिनुभयो । गोकर्ण रिसोर्टको नाममा रहेको १३०० रोपनी जग्गा पनि ट्रष्टको मातहतमा ल्याउने प्रकृया सुरु गरिसकिएको उहाँको भनाई छ । बैठकमा सचिव हाडाले पूर्वराजा विरेन्द्र शाहको परिवारको नाममा कुनैपनि रकम विदेशमा नभेटिएको जानकारी दिनुभएको छ ।

 उहाँले पूर्वराजाको विदेशमा सम्पति भए नभएको बारे बिभिन्न कुटनीतिक निकायसँग जानकारी उपलब्ध गराउन सहयोग माग गरेपनि सकारात्मक सहयोग हुन नसकेको बताउनुभयो । बैठकमा ट्रष्टका अध्यक्ष समेत रहनुभएका गृहमन्त्री कृष्ण बहादुर महराले ट्रष्टको मातहतमा पूर्व राजपरिवारको सम्पति र जग्गा ल्याउने क्रममा कुनै कन्जुस्याई नहुने बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae