Sahara Sansar

Sunday, June 5, 2011

संकटमा नयाँ पार्टी, मियाँद्धारा पार्टी परित्याग

जेठ २२ काठमाडौं । नेपाल मुस्लिम इत्तेहाद संगठनका महासचिव ताज मोहम्मद मियाँले नवगठित नेपाल नागरिक पार्टीमा आफ्नो नाम जोडिएकोप्रति आपत्ति जनाउनुभएको छ ।

मियाँले आज विज्ञप्ति जारी गरी नागरिक पार्टीमा आफ्नो नाम जोडिएकोप्रति आफू अचम्मित भएको बताउनुभएको छ । २०४६ सालदेखि नै नेकपा एमालेको विभिन्न तहमा रही विभिन्न जिम्मेवारी वहन गर्दै आएको बताउंदै मियाँले एमालेको नीति र सिद्धातपूर्ण पूर्ण निष्ठा तथा प्रतिबद्धता रहेको स्पष्ट पार्नुभएको छ ।

मियाँ राष्ट्रिय मुस्लिम महासंघको अध्यक्ष तथा नेकपा एमालेको भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको महासचिव हुनुहुन्छ । विज्ञप्तिमा नेपाल नागरिक पार्टीको नाममा गरिएको भ्रममा नपर्न सम्पूर्ण संचारकर्मी, शुभेच्छुक, समर्थक तथा एमाले कार्यकर्तालाई आग्रह गरिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae