Sahara Sansar

Sunday, June 19, 2011

अबसर मिले प्रधानमन्त्रीका लागि पार्टीमा कुनै समस्या नहुने

असार ५ काठमाडौं । कांग्रेस सभापति सुशील कोइरालाले आगामी प्रधानमन्त्रीको उम्मेदवारका लागि पार्टीभित्रै कुनै विवाद नरहेको बताउनुभएको छ । उपचारका लागि अमेरिका प्रस्थान गर्नु अघि त्रिभुवन विमान स्थलमा आज सञ्चारकर्मीसंग कुरागर्दै सभापति कोइरालाले प्रधानमन्त्री बन्ने अवसर आए संसदीय दल र पार्टी विधान अनुसार व्यक्तिको टुंगो लगाउँने बताउनुभयो ।

सभापति कोइरालाले पाँच बुँदे सहमति अनुसार प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्रीले राजीनामा दिने सहमति गरेपछि पनि पदमै बस्नु बेकार रहेको कोइरालाको टिप्पणी थियो ।त्यसै गरेर कांग्रेस सपभापति कोइरालाले शान्ति प्रक्रिया अगाडि नबढेसम्म बजेट ल्याउन नदिने बताउनुभएको छ । उहाँले सधैभरी शान्ति प्रक्रियाका नाममा राजनीति गर्न नपाईने पनि बताउनुभयो ।

यसैवीच सभापति कोइरालाले संसदीय दलको नेता परिवर्तन लगायतमा नेता शेरबहादुर देउवासँग ६ बुँदे सम्झौता नभएको दाबी गर्नुभएको छ । उहाँले ६ बुँदे सहमति भएको भनेर पत्रपत्रिकामा आएका समाचाहरु गलत रहेको बताउनुभयो । 

कोइराला जिब्रोको उपचारका लागि आजै अमेरिका प्रस्थान गर्नुभएको हो  ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae