Sahara Sansar

Friday, June 17, 2011

एमालेको झण्डा ओडेका अपराधिलाई निकाल्नुपर्छ:उपाध्यक्ष गौतम



विराटनगर ३ असार । 

सत्तारुढ दल एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी झण्डाको खोल ओडेर अपराध गर्नेलाई पहिचान गरि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज साचारकर्मीसंग कुरागर्दै उपाध्यक्ष गौतमले युवा संघमा केही समस्या रहेको बताउदै अपराध गर्नेहरु केही समय लुकेर बसेपनि सधै लुक्न नसक्ने बताउनुभयो । युवा संघका अध्यक्ष महेश बस्नेतलाई प्रहरीले आवस्यक ठानेर सोधपुछका लागि लगेपछि रिहाइ गर्दा बाहिर आउन नमान्नु गलत भएको भन्दै उहाँले बस्नेतले त्यस्तो गर्न नमिल्ने बताउनुभएको छ । अपराधि म संग छ भनेर कसैले भन्छ भने त्यो पनि अपराध रहेको बताउनुभएका गौतमले त्यस्तो अभिब्यक्तिदिनेलाई पनि कारबाही हुनुपर्ने बताउनुभयो ।
एमालेले अपराधिलाई संरक्षण नगरेको दाबी गर्नुभएका उपाध्यक्ष गौतमले अपराधिलाई कारबाही नगरे पार्टी नै समाप्त भएर जाने चेतावनी दिनुभएको छ । उहाँले पत्रकार खिलानाथ ढकाल माथि सांघातिक हमला गर्ने युवा संघका नेताहरुलाई कारबाहीका दायरामा ल्याउन गृह प्रशासनलाई सहयोग गरिरहेको समेत बताउनुभएको छ । पूर्व गृहमन्त्री समेत रहनुभएका एमाले उपाध्यक्ष गौतमले विराटनगरस्थित अस्पतालमा उपचार गराईरहनुभएका पत्रकार खिलानाथ ढकाललाई भेटगर्नुभएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae