Sahara Sansar

Saturday, June 18, 2011

युएई हिँडेका २७ युवा दिल्लीमा अलपत्र


खाडीशन्देश,असार ५

स्याङ्जाको वालिङमा रहेको ब्राइटर मुन हृयुमन रिसोर्स सर्भिसेज प्रा.लि.बाट युएई जान भारतको दिल्ली पुगेका २७ जना नेपाली अलपत्र परेका छन् ।
युएईको दुबई सहरमा अल्मार्ट कर्पोरेसन कम्पनीमा रोजगारी लगाइदिने भन्दै स्याङ्जाका २७ जना नेपालीसँग जनही एक लाख ५० हजार रुपैयाँका दरले रकम सङ्कलन गरी दुबई पठाउनका लागि लगेको म्यानपावर कम्पनीको व्यक्ति भारतको दिल्लीबाट करिब ४० लाख रुपियाँ रकमसहित बेपत्ता भएपछि ११ दिनदेखि उनीहरू दिल्लीमा अलपत्र परेका हुन् ।


अलपत्र परेकामा स्याङ्जा थुमपोखरा–९ का ज्ञानु श्रेष्ठ र टुकबहादुर श्रेष्ठ, पुतलीबजार–१३ का दीर्घजङ्ग केसी, दहथुम बयरघारीका सुरेश थापा, जनक थापा, दिलबहादुर थापा, विष्णुबहादुर थापालगायत छन् । अन्यको भने अझै नाम खुल्नसकेको छैन ।अलपत्र परेका नेपालीले उनका आफन्तलाई कम्पनीको मानिस भागेको खबर गरेपछि कामदारका आफन्त वालिङमा रहेको कार्यालयमा सम्पर्कका लागि आएका छन् । यता, वालिङमा रहेको कार्यालय भने एक सातादेखि बन्द अवस्थामा छ । कार्यालय बन्द भएको थाहा पाएपछि अलपत्र परेकाहरूका आफन्त चिन्तित भएका छन् ।


सो प्रा.लि.को प्रधान कार्यालय काठमाडाँै–७ सतुङ्गल रहेको  छ । बाँकेको कोहलपुर र कास्कीको पोखरामा समेत शाखा कार्यालय रहेको उक्त म्यानपावर कम्पनीको शाखा कार्यालय वालिङका सञ्चालकमा कास्कीको देउराली गाविसका ध्रुव पौडेल, झापाका विकास बस्नेत, बर्दियाका माधव न्यौपाने र पोखराका अर्जुन कार्की रहेका छन् । तिनीहरूमध्ये कार्की सम्पर्कमा रहेको पीडितका आफन्तले जनाएका छन् । पीडित परिवारले प्रतिव्यक्ति एक लाख ५० हजारका दरले रकम बुझाएको जनाएका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae