राजेन्द्र न्यौपाने
गोरखा । पर्यटन वर्ष २०११ सँगसँगै भनेर मनाईरहँदा नेपालमा आयआर्जनको राम्रो स्रोत बनेको पर्यटन व्यवसायलाई बढावा दिने र नेपालको प्रचारप्रसार अन्तरर्ाष्ट्रियजगत्सम्म पु¥याउने उद्देश्यका साथ पर्यटन वर्ष सन् २०११ को सन्दर्भ चलिरहेको भए पनि गोरखा जिल्ला भने यसबाट टाढै रहेको छ ।
देशभर पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम भइरहेका छन् । यो वर्ष १० लाख पर्यटकको स्वागत सत्कारका लागि विभिन्न संङ्सस्था, आमासमूह, नागरिक समाजलगायतका समूहहरू सक्रिय रूपमा लागिपरेका छन् । तर पर्यटकीय महत्व बोकेको गण्डकी अञ्चलको विकट पहाडी जिल्ला गोरखाका पर्यटकीयस्थलहरू अहिले पनि ओझेलमा छन्
जिल्लाका लिगलिगकोट, कालिकाकोट, ताकुकोट, दिदि बहिनी डाँडा, सिता गुफा, तातो पानी (उहिया, खोप्लाङ), फिनामको भगवतीमन्दिर, सिमजुङ कुसुण्डेको भm्याल्लभुमी, बारपाक, लाप्राक, गजे घलेको गाउँ, इमानसिंहको गाउँ, दुधपोखरी, नारदपोखरी, कल्छुमन ताल, राजेनगुम्बा, नुब्री उपत्यका, चुम उपत्यका, धार्चे लेक, मनकामना मन्दिर, सिद्ध लखनथापा गुफा, बक्रेश्वर मन्दिर, स्थानीस्थान, विसेनगर्चीको गाउँ, बलभद्र कुवँरको गाउँ, भक्ती थापाको मामा घर, कालुपाण्डेको गाउँ, गोरखा संग्रहालय, बक्राङकोट, श्रीनाथकोट, याङकोट, धुवाँकोट, मानेपानी, सुलीकोट,तान्द्रङ कोट , आरुघाट, मनासलु हिमाल, स्याल्ला हिमाल, ल्हो, चुम्लिङ गाउँ, प्रोक, उहिया, दिङला, केरौंजा, काशिगाउँ, आरुपोखरी, माइथान, लेका डाँडो, बाँसकोट, लखनकोट, सिरान्चोक, घ्याच्चोक, खरिबोट, गुम्दा,सिङला, मनासलु संरक्षण क्षेत्र लगायतका दर्जनौँ पर्यटकीयस्थलहरूको व्यापक प्रचारप्रसार नहुँदा र सरोकारवाला पक्षले पहल नगर्दा गोरखा गोरखालीहरुका लागिसमेत बिरानो भएको छ भने नेपाली र विदेशीहरूको त के कुरा भो र ?
प्रचारप्रसारको अभावमा जिल्लाका पर्यटकीयस्थलहरू ओझेलमा परेको स्वीकार्दै उद्योग वाणिज्य सङ्घ गोरखाका अध्यक्ष रामबाबु जोशी पर्यटक भित्र्याउन आफूहरूले पहल गरेको र निकट भविष्यमै पोखरामा आएका पर्यटकलाई गोरखासम्म ल्याउने प्रयास गर्न लागिएको बताउनुभयो ।
काठमाण्डौ आएका पर्यटकहरु अनिवार्य पोखरा आउनुपर्ने र पोखरा आउनेले गोरखा नआएपनि गोरखालाई १० डलर तिर्नुपर्ने अनि त्यसबाट गोरखाको विकास गर्ने भनिएपनि गोरखा पर्यटन विकास समितिको नाममा बद्री बहादुर मास्के र पुप्प थपलियाले मनपरी गरिरहँदा उद्योग वाणिज्य संघका प्रतिनिधिहरु आँखा चिम्म गर्नुको विकल्प गोरखामा रहेको छैन ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गुरु गोरखनाथ क्षेत्र यहाँको एक महत्वपूर्ण सम्पदा हो, जुन मन्दिर बाइसे राज्यको पालामा यहाँको दरबार भनेर चिनिन्थ्यो । यस मन्दिरमा दसैँंको कोजाग्रत पूर्णिमा, राम नवमी, कृष्ण जन्माष्टमीमा ठूलो मेला लाग्ने गर्दछ । यस मन्दिरको उत्तरतर्फ मनोरम हिमशृङ्खला, दक्षिणतर्फ पालुङटारका फाँटहरूको दृश्यावलोकन गर्न पाइन्छ ।
त्यस्तै विश्वको सबै भन्दा उत्कृष्ट स्लेट पाईने गोरखाको सिमजुङ गाउँ विकास समितिको ताप्ले गाउँ यहाँको अवलोकन गर्न योग्य ठाउँ हो ।
विसंं १६१६ मा द्रव्य शााहले लिगलिगको दौड जितेर यस ठाउँमा राज्य गरेका थिए । राजाराम शाहले गोरखामा नै बसेर न्याय प्रदान गर्दथे । यसैले अहिले पनि न्याय नपाए गोरखा जानू भन्ने उखान चलनचल्तिमा छ । मानिसहरुले केहि कामको थालनी गर्नुपर्दा गोरखाबाट थाल्ने गर्दछन् । यसको कारण हो राजापृथ्वी नारायण शाहले नेपाल राज्य एकीकरणको काम गोरखाबाट थालनी गरेका थिए । त्यो एकीकरण सफल भएर विसं. १८२५ मा विशाल नेपाल बनेको थियो र त्यसको राजधानी अहिले काठमाण्डौमा छ । यसैले भनिन्छ नेपालको पूरानो राजधानी गोरखा हो। नयाँ राजधानीको विकास भएर अगाडि बढ्दै गर्दा नयाँ नेपाल एकीकरणको सूत्र सिकाउने जिल्ला गोरखाको अवस्था कहाली लाग्दो छ । ऐतिहासिक सम्पदाको रक्षा र ऐतिहासीक स्थानको विकास गर्न सकेमात्रै पनि गोरखाको विकास हुनेथियो ।
यस क्षेत्रको व्यापक प्रचार गर्न सके धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वका कारण आन्तरिक र
बाह्य दुवै थरी पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।
यस जिल्लाको अर्को आकर्षण नरपानी र सुपा देउराली मन्दिर क्षेत्रमा दैनिक सयांैँ भक्तजन आउने गर्दछन्। सुपा देउराली मन्दिरमा पाठा, पाठी र परेवा चढाएमा मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ ।
यसैगरी बुंकोटबेशी ज्यादुलखोला फाँट, लुदीखोलाफाँट,े पौवा, पश्चिमकाली मन्दिर आदि क्षेत्रको बेग्लै अस्तित्व रहेको छ । भ्रष्टचारी नेता चिरञ्जीवि वाग्लेको गाउँ पनि यसै ठाउँमा पर्दछ । आखिर पर्यटक न हुन रहेक कुराको महत्व रहन्छ । डा. बाबुराम भट्टराईको गाउँ खोप्लाङ बेलबास पनि यसै ठाउँमा पर्दछ । नारायणकाजी श्रेष्ठको गाउँ पनि यसै ठाउँमा पर्दछ । गोरखा जिल्ला नेपालका ७४ वटै जिल्लासँग मिल्ने ७५ औं जिल्ला भएपनि प्रचार प्रसारको अभावमा यो जिल्ला अझै अघि बढ्न सकिरहेको छैन ।
सिद्द लखनथापा गुफा प्राचीन कालमा सिद्ध लखनथापाले तपस्या गरेको स्थान बक्राङ गा.वि.स.को वडा न.४ पर्ने यो गुफा नेपालकै सबैभन्दा ठूलो गुफाको रुपमा रहेको छ । प्र चार प्रसारको अभावमा मनकामना नजिकै रहेको भएपनि यो गुफाको ऐतिहासीक महत्वलाई यहाँका पर्यटन व्यवसायीहरुले बुझ्न सकेका छैनन् । माता मनकामनाको दर्शन पछि यो गुफाको दर्शन नगर्दा मनोकांक्षा पूरा नहुने भनि शिलालेखमा लेखिएको छ । सिद्ध लखनथापाले आफू यहाँ कहिल्यै नमर्ने भनि गाडेको भिमसेनपातीको लौरो आज ठूलो वृक्ष भएको छ ।त्यस क्षेत्रमा भिमसेनपातीका घाँस दाउरा मानिसहरुले प्रयोग गर्दै आईरहेका छन् । त्यस क्षेत्रमा भिमसेनपाती बाहेक अन्य रुखविरुवा हुर्काउन सक्ने अवस्था छैन यसको खै मानिसहरुले खोजी गरेका?
गोरखा जिल्लालाई पर्यटकीय गन्तव्यको रूपमा विकसित गर्न यहाँका सरकारी तथा गैर सरकारी कार्यालय, आमा समूह, उद्योग वाणिज्य सङ्घ आदि कसैले पनि ध्यान नदिएको गैरसरकारी संस्था महासङ्घका अध्यक्ष काजीराम रोका बताउनुहुन्छ ।
पर्यटन वर्षको मौका छोपी केन्द्रदेखि जिल्लातहसम्म एकजुट भएर अग्रसर हुने हो भने गोरखालाई सधैँका लागि नेपालको एक आकर्षक हिमाली पहाडी गन्तव्य बनाउन सकिन्छ । तर त्यो अग्रसरताको शुभारम्भ भएर पनि गोरखालाई थाहा छैन के होला पर्यटन वर्ष भनेको ?
–––––
0 comments:
Post a Comment