Sahara Sansar

Monday, June 6, 2011

हतियारको राजनीति त्यागेर शान्ति र संविधान निर्माणमा जुट्न दलहरुलाई राष्ट्रपतिको आग्रह

जेठ २३ काठमाडौं । राष्ट्रपति डाक्टर रामवरणले हतियारको राजनीति त्यागेर शान्ति र संविधान निर्माणमा गम्भीर हुन दलहरुलाई आग्रह गर्नुभएको छ ।

सिन्धुपाल्चोकको हेलम्बुमा  चिरी गुम्बाको उद्घाटन गर्दै राष्ट्रपति डाक्टर यादवले हतियारको राजनीति कुनै पनि देशमा सफल नभएको बताउनुभयो । जनताको शान्ति र संविधानको चाहना पूरा गर्न प्रमुख तीनदल गम्भीर हुनुपर्ने राष्ट्रपति यादवको धारणा छ ।

राष्ट्रपति यादवले आजै मेलम्ची खानेपानी आयोजनाको मुहानको पनि निरीक्षण गर्नुभयो । सरकारको सीमित श्रोत र साधनलाई मध्यनजर राख्न आग्रह राष्ट्रपतिले मेलम्चीलाई काठमाडौं पु¥याउने वातावरण सिर्जना गरिदिन मेलम्चीबासीलाई आग्रह गर्नुभयो । हेलिकोप्टरमार्फत हेलम्बु पुग्नुभएका राष्ट्रपति यादव राजधानी फर्किनुभएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae