Sahara Sansar

Sunday, June 12, 2011

आफु पहिले पनि सर्बसाधारण नागरिक रहेको बताउने मुस्ताङी पुर्व राजा सर्वोच्चको फैसला प्रति दुखि

चन्द्रश्वर बास्ताकोटी मुस्ताङ ।
ऐतिहासिक दरवारलाई बिभाजन होइन सग्रांहलय बनाइनु पर्ने भनाई गणतन्त्र पछि नेपाल सरकारले राजा रजौटा सम्वन्धि ऐन खारेज गदै तत्कालीन गृहमन्त्री बामदेव गौतमले सो सम्वन्धि जानकारी लोमन्थाङ पुगेर मुस्ताङका तत्कालीन राजालाई पत्र बुझाएका थिए । ऐन खारेज भएपछि आफु सधै देशको सामान्य नागरिक रहेको बताउने बृद्ध अवश्थामा सर्वसाधारण सरह जिवन बिताई रहेका मुस्ताङका २५ औ पुर्व राजा जिग्मी पलवर बिष्ट भाउजु डिकी डोलकर बिष्टले सर्वोच्च अदालतमा हालेको रिटको सुनुवाई प्रति भने दुखित देखिन्छन । जेठा दाजु आङगुन बिष्टको परिवारले २०१७ सालमै अशं लिएको बताउदै ऐतिहासिक महत्वको लोमान्थाङ दरवारलाई जिर्णोद्धार गरि संग्राहलय बनाउनु पर्नेमा त्यसो हुन नसकेको भन्दै पुरातात्विक महत्वको दरवार बिभक्त हुन नदिने बताएका छन ।
नेपाली भाषा राम्रो नबुझ्ने र नवोल्ने मुस्ताङका पुर्व राजासँग यी नै बिषयमा केन्द्रित रहि  स्थानिय बासिन्दा इन्द्रधारा बिष्टको सहयोगमा लोमान्थाङ दरवारमा चन्द्रश्वर बस्ताकोटीले गरेको कुराकानी

, नमस्कार नमस्कार सर्वप्रथम हजुरलाई ऐतिहासिक क्षेत्र उपल्लो मुस्ताङमा स्वागत गर्न पाउदा धेरै खुसीलागेको छ। , तपाईको स्वास्थ्य अवस्था हिजोआज कस्तो छ ?
प्रेसरकोले नियमित औषधी सेवन गरिरहेको अव त बृद्ध पनि भए मेरो स्वास्थ्य अवस्था सामान्य नै छ ।
, पछिल्लो समय काठमाण्डौ बस्दै आउनु भएको थियो । लोमान्थाङ कहिले आउनु भयो ?
प्रेसरको विरामी भएकोले उपचारका लागि काठमाण्डौ गइरहनु भन्दा उतै बसेर उपचार गराउँदै आइरहेको थिए । अहिले स्वास्थ्यमा केहिसुधार भएकाले करिब एक महिना अगाडि लोमान्थाङ आएको हु । आउदो हिउदमा पुन उपचारका लागि
काठमाण्डौ जान्छु ।
, बृद्ध अवश्थामा कसरी दैनिक जिवन कसरी बिताउनु भएको छ ?
प्राय बिहान उठेर दैनिक नित्यकर्म पछि लोमन्थाङ गाउँ एक पटक घुम्छु । पुराना साथीभाईसग भेटधाट, कुराकानी गर्दछु, यसरी नै समय बितेको छ ।
, नेपालमा गणतन्त्र स्थापना भएको पनि ३ बर्ष भन्दा बढि भै सक्यो तपाईले कस्तो अनुभुति गर्नु भएको छ ?
म कहिल्यै पनि राजनितिक रुपमा आउन चाहिन, म त सधै सर्बसाधारण जनता नै थिए, सास्कृतिक रुपमा मलाई केवल राज्यले सम्मान दिएको थियो । समयानुकुल परिवर्तन हुदै जानुलाई मैले स्वभाबिक रुपमा लिएको छु । जनताको चाहना अनुरुप कार्य गर्नु नै गणतान्त्रिक नयाँ नेपालको निर्माण हो भन्नेमा सवै राजनैतिक दल र नेताका साथै राज्यका निकायमा बस्नेले बुभ्न पर्छ । मलाई लागेको थियो गणतन्त्र स्थापना पछि नेपाली जनताकै चाहना अनुरुप सुख शान्तिका साथ आफुले चाहेको काम गर्न पाउने छन सबिधान बन्नेछ । तर अहिले सम्म पनि त्यस्तो नभइदिदा मलाई पनि दुख लागेको छ । राजनितिक स्वार्थ भन्दा माथी उठेर राष्ट्रिय स्वार्थमा नेताहरुले काम गर्नु पर्दछ ।
, उपल्लो मुस्ताङका विभिन्न गाविसहरुमा आउदा पुराना दरवाङ, गुम्बा मर्मत सम्भार अभावमा जिर्ण अवस्थामा रहेका छ नी । यसको संरक्षण गर्ने दाहित्व कसको हो ?
मुस्ताङका छोर्देन, गुम्वा र दरवार ऐतिहासिक एव पुरातात्वीक महत्वको छन, त्यसैकारण कतिपयले गुम्वा र दरवारको राजधानी पनि भन्ने गर्दछन उपल्लो मुस्ताङलाई । नेपाललाई अन्तराष्टिय स्तरमा चिनाउने मराङमा रहेको घार गुम्वा, छोसेरको झोङ गुफा लगायत उपल्लो मुस्ताङका धेरै गुम्वाहरु, योलोमन्थाङ दरवार पनि जिर्ण हुन खोज्दैछ, चराङ गाविसमा रहेको चराङ दरवार निकै जिर्ण बनिसकेको छ, भने लोमान्थाङ.छोन्हुप, छोसेर गाविसको सिमानामा रहेका पुरानो दरवाङ भग्नावसेसमा परिणत भइसकेको छ । धेरै गुम्वा र छोर्देनको हालत पनि त्यस्तै छ । यस्ता गुम्वा दरवार मर्मतका लागि विभिन्न निकायमा छलफल भइरहेको छ । मुस्ताङको ऐतिहासिक अत्विस्त जोगाउन सबै मुस्ताङीका साथै सिंगो राज्य नै लागि पर्नुपर्छ ।
, अर्धनिषेधीत क्षेत्र उपल्लो मुस्ताङमा आउने पर्यटकबाट सरकारले बिषेश सेवा शुल्क लिने गरे पनि मुस्ताङको पर्यटन विकासका लागि पठाइएको रकम प्रति गुनासो आउने गरेको छनी ?
सास्कृतिक, ऐतिहासिक एव जैवीकरुपमा धनीउपल्लो मुस्ताङमा न उद्योग नत राम्रो कृषि उत्पादन हने गरेको छ, पशुपालनको हालत पनि त्यस्तै छ । यो बास्तविकताका बारेमा नेपाल सरकार पुर्ण जानकार छ । अर्धनिषेधीत क्षेत्र भनिएकाले धेरै रकम तिरेर सबै पर्यटक उपल्लो मुस्ताङ आउन सक्दैनन । यहा आउने प्रति बिदेशी पर्यटक ५ सय डलर तिरेर आउछन ।
मुस्ताङीहरुको प्रमुख आसा भने कै पर्यटन ब्यवसाय भएकाले त्यसको दिगो विकास गर्न सकियो भनेमात्र नेपालको पर्यटन प्रर्वधन गर्न सजिलो हुने भएकाले सरकारले धेरै पहिले सम्झौता गरे अनुसार ६० प्रतिशत रकम पठाउनुपर्छ । हाल सम्म पठाइएको ३० प्रतिशत रोयल्टी कम भएको गुनासो आउनु स्वभाबिक नै हो 
, कालीगण्डकी करिडोर अन्तर्गत जोमसोम झैते लोमन्थाङ मोटरबाटोको विस्तार गर्न थालिएको छ । यसले कस्तो प्रभाव पार्ला ?
मोटरबाटोले बिकाससगै बिनास पनि गर्दछ, सकारात्मक र नकारात्मक दुवै असर पार्ने भएकाले मोटरबाटो विस्तारपछि पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने देखिएको छ ।   केही समय यता मोटरबाटोे आवश्यकता भएर पनी फेसन जस्तै भइरहेको छ गाउँमा विकास भएको देखाउन मोटरबाटो खन्ने गरिएको हो । जहाँसम्म जोमसोम देखि तिब्वतको सिमानासम्म मोटरबाटो विस्तार हुन थालेको छ यसले दिर्धकालीन रुपमा मुस्ताङलाई ब्यापारीक थलोका रुपमा बिकास गर्ने छ । पदयात्रा गर्न चाहनेलाई बैकल्पीक मार्गहरु खोल्न सबै मिलेर लाग्नु पर्छ ।
, तिजीपर्वले दिन खोजेको सन्देश के हो ?
विगतका बर्षमा पनि नियमित सहभागिता हुने गरेको थिए तर अहिले विरामी भएकाले समापनमा मात्र उपस्थित हुन सके । मुस्ताङबासीको अहिलेको प्रमुख आवश्यकता मेरो पुर्खाहरुको पालादेखि मनाउने गरिएको तिवी पर्वको प्रमुख उद्देश्य भनेको विश्व शान्तिको कामना गर्न, मनोकामना पुरा गर्न, स्थानिय मौलिक सांस्कृतिको जर्गेना गर्न, धर्म प्रतिको आस्था, त्यस्तै उपल्लो मुस्ताङीहरुमा रहेको आत्मीयतालाई निरन्तरता दिने हो । उपल्लो मुस्ताङबासीले प्रत्येक बर्ष मनाउने गरेको यो पर्व उपल्लो मुस्ताङबासीको प्रतिक हो ।
१०, लोमान्थाङ दरबारलाई सर्वोच्च अदालतले तिन भागमा बाँड्ने आदेश दिएको प्रति यहाको भनाई के छ ?
सर्वोच्च अदालतको फैसलाको सम्मान गर्नु पर्छ तर फैसलाले म निकै दुखी छु । म राजा हुुनु पहिले दाजु आङगुन बिष्ट र मेरी भाउजु डिकी डोलकरको परिवारले नै यो दरवार सञ्चालन गर्ने गरेका थिए । त्यस समयमा अंशबण्डाको किचलो नहोस भनि २०१७ सालमा सम्मानजनक तरिकाले अंगबण्डा गरिएको थियो । तर पछि आफनो नाममा रहेको सम्पत्ती विक्रि गरेर भाउजुले  काठमाण्डौ गएपछि पुन अशवण्डाको किचलो गर्दै सम्माननिय अदालतमा रिट दिनु भएको थियो । सर्वोच्च अदालतको निर्णय न्याय पुर्ण फैसला भएन । यसले मेरो भित्री मनमा निकै ठुलो चोट पु¥याएको छ । यो न्यायपुर्ण फैसला होइन् ।
११, भन्नाले सर्वोच्चको फैसलाले दरवारको पहिचान, महत्व र अस्तित्व खतरामा पार्ने भन्न खोज्नु भएको हो ?
हो, सर्वोच्चको फैसलाले एतिहासिक दरवारको पहिचान, महत्व र अस्तित्व धरापमा पार्ने र ऐतिहासिक एव सांस्कृतिक रुपमा प्रभावशाली दरवार मुस्ताङको पहिचान भएकाले पनि यसको संरक्षणमा राज्यले विषेश चासो देखाउनुपर्छ । म जिवित रहँदा सम्म दरवारलाई विभक्त हुन दिन्न । २४ पुस्ता अगाडी बनेको दरवार चर्किएको छ जिर्ण बन्दै छ । यो मेरो भन्दा पनि राज्यको सम्पत्ति हो, जसको तत्काल मर्मत सम्भारको आवश्कता रहेको छ । यसका कारण नेपालको पर्यटन प्रबर्धनमा समेत टेवा पुगेको छ । यो दरवारलाई संग्राहलयको रुपमा विकास गर्ने मेरो सोच सरकारले पनि साथ दिनु पर्नेहो । मर्मतका लागि विभिन्न विदेशी संस्थाहरूले समेत चासो देखाएका छन् राज्यको अनुमति लिएर आउनेहरुलाई जिर्णोद्धार गर्न हामीले पनि सहयोग गर्नु पर्छ ।
१२, अन्त्यमा के भन्न चाहनुहुन्छ ।
समयमै संविधान निर्माण भएमा नेपाली जनताले नयाँ नेपालको अनुभुति गर्न पाउने थिए । हुनत फरक बिचार र धरातलबाट धेरै जना मिलेर अन्तिम निर्णयमा पुग्न समय लाग्छ नै । हाम्रो नेपाल सुन्दर र बिविधताले भरिएका कारण बर्षेनी लाखौ विदेशी नेपाल घुम्न आउने गरेका छन् । हामीले हाम्रो देश प्रति गौरव गर्नु पर्दछ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae