Sahara Sansar

Thursday, March 31, 2011

समयमा नै संबिधान बन्नेमा शीर्ष नेताहरु आशाबादी

0 comments

चैत १७ काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुले तोकिएको समयमा संविधान बन्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दहाल र कांग्रेस सभापति सुशील कोइरालाले तोकिएको समयमा संविधान बन्नेमा शंका नगर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री खनालले सरकार दिगो शान्तिको स्थापना सहित अग्रगमन प्राप्त गर्ने खालको संविधान जारी गर्न प्रयत्नशिल रहेको बताउनुभयो । मुलुक अहिले इतिहासकै महत्त्वपूर्ण सक्रमणकालमा रहेको भन्दै प्रधानमन्त्री खनालले ले नयाँ संविधानको निर्माणपछि सक्रमणकालको अन्त्य हुने बताउनुभयो ।

माओवादी अध्यक्ष प्रचण्डले संविधान निर्माणको विषयमा धेरै प्रगति भइसकेकोले दलहरुबीच इच्छाशक्ति भए बाँकी रहेको दुई महिनामा संविधान जारी हुने विश्वास ब्यक्त गर्नु भयो ।प्रचण्डले मुलुकमा फेरि अर्को विद्रोह नजन्मियोस् भन्नका लागि पनि अग्रगामी राज्यको पुनःसंरचना सहितको संविधान जारी हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेसका सभापति सुशील कोइरालाले सवै दलहरुमा इमान्दारिता हुन सके संविधान र शान्ति प्रक्रियालाई समयमै निष्कर्षमा पुर्‍याउन सकिने विश्वास ब्यक्त गर्नुभयो ।

सहमति र सहकार्यको विकल्प नरहेको भन्दै उहाँले यसको विकल्प खोज्न खोजिए मुलुकमा भयावह अवस्था आउने चेतावनी दिनुभयो । कार्यक्रममा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जेठ १४ गते भित्रै संविधान जारी गर्न त्यसअघि नै शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउनु पर्ने बताउनुभयो

Read More......

मुहान विवादले करोडौंको खानेपानी योजना अलपत्र

0 comments

यम चौलागाई
 चैत १७ सिन्धुली।सिन्धुलीको भद्रकाली गाविसमा मुहान विवादले करोडौं रुपिया लागत रहेको सरस्वती खानेपानी आयोजनाको निर्माण कार्य सुरु हुन सकेको छैन । भद्रकाली गाविस–७ मा मूहान उक्त आयोजनले मुनीको खेतबारी सिंचाईका लागि र पेल्ट्रिक सेट निर्माण गर्न पानी नपुग्ने भन्दै स्थानीय बासिन्दाले अवरोध गरेपछि दुई करोड ७५ लाख ५१ हजार रुपिया निर्माण लागत रहेको उक्त अयोजनाको निर्माण अघि बढ्न नसकेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उक्त आयोजनाले भद्रकाली गाविसको दामे, बसेरी, जलकन्या गाविसको सौरडाँडा, भञ्याङ्पोखरी, दमाईटोल, गढी, सोलाभञ्याङ्, रतनचुरा गाविसका थामडाँडा, बिजयछाप र कामीटोलका गरि २६३ घरलाई खानेपानी पु¥याउने लक्ष्य छ । 

 योजनाको कार्यान्वयन रोक्न माग गर्दै मुहानमुनीका बासिन्दाले खानेपानी डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दर्ता गराएका कार्यलय प्रमुख इन्द्र विलास खनालले बतायनु भयो । आयोजना कार्यान्वयन गर्न आफुले समन्वयनका लागि जिविसलाई पत्र लेखेर सर्बदलिय संयन्त्रमा पनि कुरा राखेको भएपनि अहिलेसम्म विवाद सुल्झिन नसकेको उहाको भनाई थियो ।

उक्त आयोजना कार्यान्वयन गर्न यो वर्षका लागि २० लाख रुपिया बजेट आएको छ भने पाईप र फिटिङ्गका अन्य समान् समेत किनी सकेको पनि उहाँको भनाई छ । कार्यालयका अनुसार उक्त आयोजनाको गत वर्ष सर्बे र स्टिमेट गरि यो बर्षदेखि निर्माण सुरु गर्न लागिएको हो । आर्थिक वर्ष ०६९÷०७० सम्ममा निर्माण पुरा गर्ने लक्ष्य रहेको उक्त आयो जनाको मूहानको विवाद नसुल्झिए अरु गाविसमा आयोजना सारिने छ ।
भद्रकाली गाविसका सचिब थलप्रसाद गौतमले मूहानमुनी रहेकासिमलटार,छतिवनटारका मोही(उपभोक्त) र निर्माणाधिन सरस्वती पेल्ट्रिक सेट योजनाका कारण उक्त खानेपानी आयोजनाको निर्माण कार्य अघि बढ्न नसकेको बताउनुभयो । उक्त विवाद मिलाई खानेपानी आयोजना सञ्चालन गर्न विभिन्न चरणमा प्रयासहरु भई रहेको पनि उहाँले जानकारी दिनुभयो । यता, मूहान मुनिका उपभोक्ताले उक्त आयोजना सञ्चालन गर्न दिदा मूहान मुनीका खेतमा सिंचाई सुविधा नपुगी बाँझै बस्ने र करिब २२ लाख रुपिया लागत रहेको निर्माणाधिन सरस्वती पेल्ट्रिक सेट योजना प्रभावित हुने भएकाले आफुहरुले विरोध गरेको बताएका छन् ।

Read More......

बिषादी बिष हो, औषधी होइन, सुरक्षित भै प्रयोग गरौ

0 comments

चन्द्रश्वर बस्ताकोटी
 चैत १७ जोमसोम । किसानहरुलाई बिषदीले पार्ने असरको बिषयमा २ दिने बिषादीको असरको लक्षण पहिचान बिषयक कृषक तालीम मुस्ताङमा सम्पन्न भएको छ ।   

बिषदी पञ्जिकरण तथा ब्यबस्थापन शाखा हरिहर भवन तथा जिल्ला कृषि बिकास कार्यालय मुस्ताङको आयोजनामा सम्पन्न तलीममा कृषकहरुलाई बिषादी संलेषण, उत्पादन, बिक्री बितरण र  प्रयोग गर्दा बिषादी बिष हो, औषधी नभएको बताइएको थियो ।

बिषादीको लेवल अनिवार्यरुपले अध्ययन गरि सोही अनुरुप बिषादी प्रयोग गर्न कृषकलाई उक्त तालीमले उत्प्रेरीत गराएको तालीममा सहभागी एक कृषकले बताए । बिषदीको दुरुपयोगबाट हुन सक्ने दिर्धकालीन र अल्पकालीन असरको बिषयमा ब्यबहारीक एव सैधान्तिक ज्ञान कृषकहरुलाई उपलब्ध गराइएको जिल्ला कृषि बिकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख एव बरिष्ठ कृषी बिकास अधिकृत मेघनाथ तिमील्सिनाले बताउनु भयो ।

तालिमले किसानलाई बिषदीको सुरक्षित एव समुचित प्रयोग गर्न उत्प्ररित गराएको थियो । तालीमले कडा र सुरक्षित बिषदीको असरबारे जानकारी गराएकोले आफु बच्न र सम्पुर्ण बातावरणलाई असर पार्न नदिन आवश्यक सुरक्षाका लागि माक्स, एप्रोन, पन्जा, गमबुट, लगायतका सुरक्षा सामाग्रीहरु प्रयोग गर्ने बानीको बिकास गर्न सहयोग पुगेको तालीममा सहभागी किसान सकेन्द्र गौचनले बताउनुभयो । आफुले सिकेका कुराहरु आफ्नो घर,छिमेकीका साथै सबै किसानलाई बाडने सहभागीहरुले बताए ।

बिषादी पञ्जिकरण तथा ब्यबस्थापन शाखा हरिहर भवनका बिषदी रजिष्टार श्रीमती साबीत्रा बराल, जिल्ला कृषि बिकास कार्यालय मुस्ताङका कृषी प्रसार अधिकृत रघुबिर श्रेष्ठ, बाली संरक्षण अधिकृत नारायण कुमार श्रेष्ठ र प्राबिधिक सहायक कमल खडकाले प्रशिक्षण दिनु भएको थियो । कार्यालय प्रमुख एव बरिष्ठ कृषी बिकास अधिकृत तिमील्सिनाले जिल्लामा रोग किराको बस्तु स्थिति, बिषदीको प्रयोग र जनचेतनाको बारेमा प्रशिक्षाथीहरुलाई जानकारी गराउनु भएको थियो ।

तालिममा लेतेकुञ्जो, कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, छुसाङ लगायत गाबिसका १८ जना किसान सहभागी रहेका थिए ।

Read More......

पिपिआर रोगले झण्डै ५ दर्जन खसी बाख्रा मरे

0 comments

यम चौलागाई
 चैत १७ सिन्धुली।सिन्धुलीको हर्षाही गाविसमा पिपिआर रोगका कारण ५ दर्जन भन्दा बढी खसी बाख्रा मरेका छन् । एक साता अघि देखि फै लिएको उक्त रोगका कारण गाविसको ५, ६, र ७ नं वडाहरुमा गरी ५ दर्जन भन्दा बढी खसी बाख्रा मरेको स्थानिय कृषकहरु ले बताएका छन् । ÷याल काड्ने, सिगान बगाउने, आँखामा कचे रो लाग्ने, छेर्ने,लक्षण देखा परी खसी बाख्रा मर्न थालेपछि कतिपयको त खोर नै रित्तीएको स्थानिय कृषक रंगमान गोलेले बताउनु भयो ।

 अहिले रोग प्रभावित गाविसमा १२०० खसी बाख्राको लागि पिपिआर रोग विरुद्धको भ्याक्सीन लगाउने काम भईरहेको जिल्ला पशु सेवा कार्यलय सिन्धुलीका प्रमुख रवीलाल चौधरीले बताउनु भयो । यता सिन्धुली कै टाँडी गाविसमा खोर्याँत रोगको प्रकोप देखा परेको छ । रोगका कारण त्यस क्षेत्रका बाईस तेइस घरपरिवारका गाई भैसी विरामी भएका छन् ।

विरामी पशुलाई स्थानिय पशुसेवा केन्द्रबाट औषधी खरिद गरी खुवाइए पनि रोग नियन्त्रणमा नआएको कृषक डम्वर कार्कीले बताउनु भयो ।

Read More......

ताप्लेजुङको याप्फाखोला जलविद्युत आयोजना अलपत्र

0 comments

चैत १७ ताप्लेजुङ। १२ वर्षअघि स्थानिय विकास मन्त्रालयको दुर्गम क्षेत्र विकास समितिले सुरुमखिम गाविसमा सुरु गरेको याप्फा खोला जलविद्युत आयोजना अलपत्र परेको छ । अहिले यो क्षेत्रमा विजुलीका खम्वा र तार खेतवारीमा अव्यवस्थित रुपमा छरिँदा समेत कसैले वास्ता नगरेको स्थानीयबासीको भनाइ छ ।

विद्युत निर्माणको ठेक्का पाएको राधा स्ट्रक्चर प्रालि सिनामंगल काठमाडौले काम पूरा नगरी भागेपछि त्यस क्षेत्रका करिव २ सय ५० घरधुरी अन्धकारमा वस्न वाध्य भएका हुन् । समितिले २९ लाख रुपैयाँ खर्च गरेर निर्माण सम्पन्न गरेको भनिएपनि अझै विजुली वल्न सकेको छैन ।

 विद्युत उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद इम्वुङका अनुसार विजुली वाल्नको लागि दुर्गम क्षेत्र विकास समितिलाई पटकपटक आग्रह गरेपनि वेवास्ता गरेको छ । दुर्गम विकास समितिका सदस्य रहेका पदम पालुङ्वाका अनुसार सो कार्यलाई पुर्णता दिन समितिले यसपालि पनि वजेट विनियोजन गरेको छ । स्थानियवासिले कुलो खन्ने, खम्वा गाड्ने, तार टाग्ने, र विद्युत गृह वनाउनका लागि करिव ७ लाख रुपैँया वरावरको जनश्रमदान गरेको जनाएका छन् ।

यस खोलावाट उत्पादित हुने ३२ किलोवाट क्षमताको विद्युत करिव २सय ५० घर धुरीलाइ पु¥याउने लक्ष लिएको छ ।

Read More......

मिस इ कजेल-२०११ को प्रतियोगिता नजिकिदै गर्दा युबतीहरुमा बेचैन

0 comments

चैत १७ काठमाडौ। 'मिस इ कजेल-२०११'का लागि बिगत दुइ साता देखि १८ जना युवतीहरु प्रशिक्षणमा व्यस्त छन् ।  प्रतियोगिताको छनौट तिथि नजिकिँदै गर्दा आफुहरुमा बेचैन बढ्न थालेको प्रतियोगिहरुको भनाइ छ । प्रतियोगितामा सहभागी सबै प्रतियोगीहरु आफुले मिस इ कलेजको उपाधि जित्नेमा बिश्वस्त छन् ।प्रतियोगी जुलिया अर्यालले भनिन्,'प्रतियोगितामा सहभागी सबै ट्यालेन्ट र सुन्दर छन् , तथापि यस पटक मिस इ कजेलको उपाधि जित्छु भन्नेमा म विस्वस्छ छु ।'

मिस इ कलेजको उपाधि जित्न अरु साथीजस्तै दिन रात मेहनत गरिरहेकी मनिषा बस्नेत पनि सो मिस इ कलेजको ताज आफ्नो शिरमा सजाउनेमा बिश्वस्त छिन् । यो प्रतियोगिताको अन्य प्रतियोगीमा जसमा पुजा गुरुङ, रुपा लामा, अमृता मोक्तान, निर्माला महर्जन, बिशेश्वरी बस्नेत, सुजता केसी, प्रमिला लामा, अस्मिता बर्मा छन्। त्यस्तै सोनाम शेपा, निर्मला रायमाझी एलिना मुल्मी, दीक्षा श्रेष्ठ, रीया शाही, रमा श्रेष्ठ र नमिता गुरुङ छन् ।

राजधानीका सरकारी र नीजि गरेर १८ कलेजका १६ देखि २४ वर्षम्मका यी युवती सहभागी प्रशिक्षणको क्रममा आफुहरुले विभिन्न कला र सिप सिक्ने अबसर पाएका छौं भन्छन् । यी १८ युवती यतीबेला बन्दसत्रमा छन् । २५ चैतमा हुन लागेको 'मिस इ कजेल-२०११'को प्रशिक्षणमा ब्यस्त युवतीहरुलाई रोजिन शाक्यले कोरियोसग्राफी गरिरहेका छन् ।

Read More......

पार्टीभित्रको विवाद साम्य पार्न माओवादी छलफलमा

0 comments

चैत १७ काठमाडौं।पार्टीभित्रको विवाद साम्य पार्न माओवादी छलफलमा पार्टी भित्रको आन्तरिक विवाद समाधान गरि मन्त्रीको नाम छनौट गर्न एकीकृत नेकपा माओवादी स्थायी समितिको बैठक बसिरहेको छ । कार्यालय कोटेश्वर पेरिसडाँडामा जारी बैठकमा यसअघि भंग गर्ने निर्णय भएको मजदुर संगठनको विकल्प, जनस्वयंसेवी दस्ताको गठनका विषयमा छलफल चलिरहेको बैठकमा सहभागि एक नेताले सीआईएनलाई बताउनुभयो ।

पार्टीभित्रको गुटअनुसार मजदुर संगठनहरुबीच ठाउँ ठाउँमा झडप भएपछि माओवादीले यसअघि मजदुर संगठन र वाईसीएल भंग गर्ने निर्णय गरेको थियो । आजको बैठकमा पार्टीको आन्तरिक विवादसँगै सरकार विस्तार, मन्त्रीहरुको नाम चयन र शान्ति प्रक्रियाका विषयमा पनि छलफल हुने माओवादी सचिव सिपी गजुरेलले जानकारी दिनुभयो ।

माओवादीभित्र अहिले आन्तरिक विवाद चर्किएपछि नेताहरु छुट्टा छुट्टै बैठकमा व्यस्त रहेका छन् । स्थायी समिति बैठकमा संवैधानिक उपसमितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्पमा कसलाई पठाउने भन्नेमा पनि छलफल हुनेछ ।

Read More......

नेपाली कांग्रेस केन्द्रीय समितिमा आन्तरिक विवाद बारे छलफल

0 comments

चैत १७ काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ । सभापतिले पेश गरेको पदाधिकारी मनोयन र भ्रातृ संगठन विवादका विषयमा छलफल चलिरहेको छ।

सभापति सुशील कोइराला र नेता शेरबहादुर देउवापक्षबीच धारणा नमिलेपछि कांग्रेसले निर्णय गर्न सकेको छैन् । आजको बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यहरुले वोल्ने र बैठक र बोल्ने क्रम सकिएपछि निस्कर्षमा पुगिने नेताहरुले बताएका छन् ।

देउवा पक्षले भने भ्रातेसंगठन विघठन गरि महाधिवेसनमा जानुपर्ने तर्क राख्दै आएका छन् ।

Read More......

बर्दियाका गन्धर्वहरु आन्दोलनमा

0 comments

चैत १७ नेपालगञ्ज। बर्दियाका भुमिहिन गन्धर्वको जग्गाको व्यवस्था,शिक्षाको व्यवस्था, सारङ्गी बाजाको सरक्षण र प्रवद्धन गरी रोगजारीको व्यवस्थाको माग गर्दे बर्दियाका गन्धर्वहरु आन्दोलनमा उत्रिईएका छन् । सरकारले गन्धर्वलाई अहिलेपनि वेवास्ता गरेको भन्दै बर्दियाका गन्धर्वहरुले आज जिल्ला प्रशासनमा धर्ना र ज्ञापन पत्र बुझाउने भएका छन् ।

दिउसो १ बजेपछि बर्दियाको बसपार्कबाट साकेतिक विरोध र्याली निकाल्दै बजारको परिक्रमा गरी जिल्ला प्रशासनमा आधा घण्टा सारङ्गी बजाएर धर्ना दिने कार्यक्रम रहेको नेपाल गन्धर्व जनजागरण समितिका सचिव दिलिप गन्र्धवले बताउनुभयो । जिल्लाका विभिन्न स्थानका गन्र्धव समुदायको सहभागीतामा र्याली सहित १२ बुद्धे माग सहितको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाईने समितिले जनाएको छ ।

आन्दोलनको पहिलो चरणको कार्यक्रम अन्तर्गत साकेतिक सारङ्गी धर्ना तथा ज्ञापन पत्र बुझाईने र चैत अन्तिम साताबाट पैदल यात्रा सहित प्रधानमन्त्री कार्यालयमा सारङ्गी धर्ना र ज्ञापन पत्र बुझाईने समितिले जनाउको छ ।

Read More......

चैते दशैं पर्वमा मुक्तिनाथ दर्शन गर्न आउनेलाई बिषेश ब्यबस्था

0 comments

चन्द्रश्वर बस्ताकोटी
 चैत १७ जोमसोम । कागबेनीमा हिन्दुहरुले आफ्ना मृत पितृहरुको सम्झनामा तपर्णका साथै श्राद्धगर्ने र मुक्तिनाथ दर्शन गर्ने परापुर्वकाल देखिको चलनले मुस्ताङमा तिर्थालुहरुको आवागमन रामनवमी तथा चैते दशैं नजीकिदै गर्दा बृदिहुन थालेको छ । बर्षेनि  दशै र चैते दशैका बेला तिथालुहरुको घुइचो बढने भएकाले तिथालुहरुको सुबिधालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय मुस्ताङले आफ्नै कार्यालयमा बुधबार सर्वपक्षिय छलफल कार्यक्रमको आयोजन गदै बिभिन्न महत्वपुर्ण निर्णयहरु गरेको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षिय छलफल कार्यक्रममा रामनवमी तथा चैते दशैं पर्वमा मुक्तिनाथ दर्शन गर्न आउने तिर्थयात्रीहरुलाई बसोबासको व्यवस्थाका लागि घासामा स्थानीय क्लव, जोमसोममा महिला समूह जोमसोमलाई भवन, आवश्यक कम्वलका लागि नेपाल रेडक्रस सोसाइटी मुस्ताङ,  तिर्थयात्रीहरुको चाप बढे जनहिन उच्च माध्यामीक विद्यालयको भवन र एयरपोर्ट सामुदायीक भवनका लागि अनुरोध गरेको छ ।

तिर्थयात्रीको चाप हेरी आवश्यक टेन्ट व्यवस्था गर्न नेपाली सेना र सशस्त्र प्रहरीलाई, कागवेनीको लागि कागवेनीको जनशान्ती माध्यामिक बिद्यालय र स्थानीय सभाहल, मुक्तिनाथकोलागि झारकोट तथा मुक्तिनाथको स्थानीय सभाहल उपलब्ध गराईदिन स्थानीय समुदायलाई अनुरोध गरेको छ ।
शान्ति सुब्यबस्थाका साथै सवारी व्यवस्थालाई सहज बनाउन सरकारी सवारी साधन तन्दुरुस्त अवस्थामा राखी परिचालनको व्यवस्था गर्ने र लेतेको एम्वुलेन्स घासामा, कागवेनी र जोमसोमको एम्वुलेन्स कागवेनी र मुक्तिनाथमा राख्ने व्यवस्था गर्न जिल्ला स्वास्थ्य र जिल्ला रेडक्रस सोसाईटीलाई अनुरोध गरिएको छ । २८, २९, ३० गते घासा, कागवेनी र मुक्तिनाथमा तिर्थयात्रीको सुविधाको लागि स्वास्थ्य टोली खटाउन जिल्ला स्वास्थ्य कार्यालयलाई लिखत अनुरोध गरिएको छ ।

मुक्तिनाथ र कागवेनीमा चिया बिस्कुटका लागि मुस्ताङ जिप व्यवसायी समिति र जिल्ला विकास समितिलाई, मुक्तिनाथ, कागवेनीको सरसफाईका लागि जनपथ, सशस्त्र र नेपाली सेनालाई अनुरोध गदै र आवश्यक सामाग्रीका लागि जिल्ला विकास समितिलाई अनुरोध गरिएको छ । जोमसोम मुक्तिनाथ सडक खण्डमा बिग्रिएको बाटो मर्मत गर्न आवश्यक गिट्टीको रकमका लागि जिल्ला विकास समिति र लेबर खर्च जुटाउन जिप व्यवसायी समिमिलाई अनुरोध गरिएको छ ।
तिर्थालुको सुबिधाका लागि मार्फाको एक्लेभट्टी, जोमसोमको गणेशमन्दिर, कागबेनी तपर्णस्थल सगैको धर्मशाला र मुक्तिनाथको रानपौवामा धर्मशालाहरु निरन्तर सचालित हुदै आएका छन । तिर्थालुलाई धर्मशालाले निशुल्क खाने बस्ने ब्यबस्था गदै आएको रानीपौवाका स्वामी इन्द्रले बताउनु भयो । गत बर्षहरुमा तिर्थालुहरुको चापले गर्दा होटल एव धर्मशालाहरु समेत नपाएर बाहिरै बस्न अवश्था यो बर्ष जिल्ला प्रशासन कायालयमा भएका महत्वपुर्ण निणयले समाधान गर्नेमा आफु आसाबादी भएको स्वामीको भनाइ रहेको छ ।

कार्यक्रममा राजनितिक दलका जिल्लानेता, स्थानिय बिकास अधिकारी, सचारकर्मी, ब्यबसायी, स्थानिय युवा एव महिला समुह सुरक्षा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

Read More......

चिट चोराउँदै गर्दा बाँकेमा एक जना पक्राउ

0 comments

चैत १७ कोहलपुर।एसएलसीको आजको परीक्षामा चिट चोराउँदै गरेको अवस्थामा बाँकेमा एक जना पक्राउ परेका छन् । कोहलपुरको त्रिभुवन उच्च माविमा चिट चोराउँदै गर्दा परीक्षा केन्द्रका परिचर राम दयाल चौधरीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

आजको ऐच्छिक विषयको परीक्षामा फोटोकपी सहितको चिट चोराईरहेको अवस्थामा अनुगमनमा गएको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । यता बाँकेको शिवशक्ति उच्च मावि परिक्षा केन्द्रमा रिर्पोटिङमा गएका पत्रकारहरुलाई केन्द्राध्यक्षले रोकेका छन् । केन्द्राध्यक्ष महेश शर्माले फोटो खिच्न समेत अबरोध गरेको बताइएको छ ।

भोलिसम्म सञ्चालन हुने परीक्षामा यस वर्ष बाँकेमा ७ हजार भन्दा बढी परीक्षार्थी सहभागी भएका छन् । 

Read More......

संवैधानिक समितिको बैठक स्थगित

0 comments

चैत १७ काठमाडौं ।अल्पसंख्यक मुस्लिम दलित र मधेशी समुदायको अधिकार सुनिश्चित गर्न कञ्जुस्याइँ गरेको दावी सहित दुइजना सभासदले विरोध जनाएपछि संविधानसभा संवैधानिक समितिको बैठक  प्रभावित भएको छ । राज्यपुनर्संरचना समितिको मस्यौदामाथिको छलफलका क्रममा विबाद सृजना भएपछि दलित जनजाति पार्टीका सभासद विश्वेन्द्र पासवान र स्वतन्त्र सभासद सदरुल मियाँले चर्को स्वरमा कुरा राखेपछि बैठक प्रभावित गरेको थियो ।

संविधानसभाका ठूला दल र नक्कली मधेशवादी दल पिछडिएको समुदायलाई ठग्ने किसिमको संविधान बनाउन चाहेका कारण भण्डाफोर गर्न बैठक बहिस्कार गरेको सभासद मियाँले बताउनुभयो । सभासदद्वयले ठूला दलको संविधान नबनाउने नियत देखिएको दावी गर्दै जनतामा जाने भन्दै राज्यपुनर्संरचना समितिको मस्यौदा च्यातेका थिए ।

समिति सभापति निलाम्वर आचार्यले असहज स्थिति बनेका बैठक भोलि सम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो । उहाँले बैठकमा सामान्य विवाद हुनु स्वाभाविक भन्दै आगामी वैठकमा राज्य पुनर्संरचना वारेमा छलफल गरिने वताउनुभयो । बैठक स्थगित भएको वारे सभापति आचार्यले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाइ जानकारी गराउनु भएको छ ।

बैठक सञ्चालन भई रहेको अवस्थामा राज्यको पुर्नसंरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा मुस्लिमलगायतका अल्पसंख्यक तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित नभएको भनी केही चर्काचर्की भई होहल्लाको अवस्था सृजना भयो संवैधानिक समितिद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

 बैठकमा चर्काचर्की र होहल्लाको कारण निरन्तर अवरोधको स्थिति रहेपछि माननीय सभापतिले समितिको बैठक भोली सम्मका लागि स्थगित गर्नु भयो ।



Read More......

टयाक्सी दुर्घटनामा ३ जनाको मृत्यु , १२ जनाभन्दा बढी घाइते

0 comments

चैत १७ इलाम । इलामको वरवोटे १ तोरिवारीमा ट्याक्सी पल्टँदा ३ जनाको मृत्यु भएको छ, भने १२ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा इलाम शान्तिडाँडा २ का मानवहादुर सूव्वा, शान्तिडाँडा ३ का रोसन राई, तिलक र्सिह राइ रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । इलामको शान्तिडाँडावाट इलाम वजारतर्फ आउँदै गरेको मे १ ज ३५४ नम्बरको टयाक्सीको व्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

 घाइते मध्ये ३ जनालाई थप उपचारको लागि घोपा लगिएको छ भने अन्यको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ । ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More......

अर्थमन्त्री नआएपछि लेखा समितिको बैठक स्थगित

0 comments

चैत १७ काठमाडौं ।अर्थमन्त्री भारतमोहन अधिकारी उपस्थित नभएपछि बिहान बस्ने तय गरिएको संसदको सार्वजनिक लेखा समितिको बैठक स्थगित गरिएको छ । अर्थसचिव रामेश्वर खनाललाई विदामा बस्न वा राजीनामा गर्न बाध्य पारिएको खबर सार्वजनिक भएपछि स्पष्टीकरणका लागि संसदीय समितिले उपप्रधान एवं अर्थमन्त्री अधिकारीलाई आज बिहान बोलाएको थियो ।

 तर अधिकारी आफ्नो विशेष काम परेको भन्दै समितिमा आउन नसक्ने बताएपछि बैठक स्थगित गरिएको हो । बिहान अर्थमन्त्री अधिकारीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ । छलफलमा सरकारले ल्याउने पुरक बजेट र अर्थसचिव खनालसँगको मुनमुटावका विषयमा छलफल भएको थियो । लेखा समितिको बैठक फेरि आईतबार बिहान वोलाइएको छ ।

हिजो बुधवार अर्थसचिवको राजीनामाको कारण सहितको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्दै कांग्रेसले संसद स्थगन गराएको थियो । अर्थमन्त्री अधिकारीले भने आफुले कुनै दवाव नदिएको दावी गर्नु भएको छ । अर्थसचिवलाई राजीनामाका लागि दवाव दिएको भन्दै अर्थमन्त्रालय अन्र्तगतका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

Read More......

Wednesday, March 30, 2011

भारत विश्वकप क्रिकेटको फाइनलमा

0 comments


चैत १७ मोहाली (एजेन्सी)।  सचिन तेन्दुलकरको महत्त्वपूर्ण ८५ रनको योगदानसँगै भारतले दिएको २६१ रनको चुनौति पछ्याउने क्रममा २३१ रन मै पाकिस्तानका खेलाडी अलआउट भएपछि भारत विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। 


टस जीतेर पहिला व्याटिगं गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर २६० रन बनाएको थियो। भारतको तर्फबाट तेन्दुलकरले ८५ रन, सहवागले ३८ रन, रैनाले नट आउट रहदै ३६ रन, गम्भिरले २७ तथा धोनीले २५ रन बनाएका थिए। पाकिस्तानको तर्फबाट वाहव रियाजले ५, अजमलले २ तथा हफिजले १ विकेट लिएका थिए। 




२६१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले उक्त लक्ष्य ४४.५ ओभरमा पार गरेको थियो। पाकिस्तानको तर्फबाट मिसाबुल हकले ५६ रन, हफिजले ४३ रन, शफिकले ३० रन तथा उमर अकमलले २९ रन बनाएका थिए। भारतको तर्फबाट जहिर, मुनाफ, हरभजन, नेहरा तथा युवराजले २,२ विकेट लिएका थिए। यस खेलमा पाँच जीवनदान पार्इ ८५ रन बनाउने सचिन म्यान अफ द म्याच भएका थिए।


फाइनल खेल दक्षिण एसियाको अर्को राष्ट्र श्रीलंका र भारत बीच मुम्बईमा शनिबार हुनेछ। विश्वकप क्रिकेट एसियाली दुई राष्ट्रबीच हुन लागेको यो पहिलो अवसर हो। 

Read More......

विस्फोटका घटनामा आफूहरुप्रति आशंका गरिएको भन्दै मधेशवादी दलहरुको आपत्ति

0 comments


चैत १६ काठमाडौँ। तराइका जिल्लमा पछिल्ला समय भएका विस्फोटका घटनामा आफूहरुप्रति आशंका गरिएको भन्दै मधेशवादी दलले आपत्ति जनाएका छन । उनिहरुले सरकार र सत्तारुढ दलले आफ्नो दलको अक्षमता लुकाउन मधेशवादी दलप्रति आशंका गरेको आरोप लगाएका हुन । व्यबस्थापिका संसदको आज बसेको बैठकमा सभामुखसंग समय लिएर नेपाल सदभावना पार्टीका तराइका जिल्लामा भएका विस्फोटका घटनालाइ लिएर तीन मधेशवादी दलका नेताको भारत भ्रमणसंग जोडेर आशंका गर्नु आपत्तिपूर्ण भएको बताउनुभयो ।

तीन नेताले भारतमा कुनैपनि सशस्त्र समूहसंग वार्ता नगरेको पटक÷पटक स्पष्टिकरण दिदा समेत मधेशवादी दलको संलग्नता रहेको भन्नु गैर जिम्मेवार अभिव्यक्ती भएको कर्णले दावीगर्नुभयो ।तराइमा आन्दोलनरत सशस्त्र संघर्षसंग राजनीतिक तवरबाट वार्ता गर्नु सुझाव दिर्दै बन्दुकवाट समाधान नहुने उल्लेख गर्नुभयो ।

 मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका रामजनम चौधरीले तराइका जिल्लामा भएका विस्फोटका घटनामा मधेशवादी दलहरुलाइ आशंकागर्नु आपत्ति पूर्ण भएको बताउनुभयो । शान्ति सुरक्षा कायमगर्न नसक्ने सरकारले आफ्नो असक्षमता ढाक्न मधेशवादी दलहरुलाइ आरोप लगाएको चौधरीले दावी गर्नुभयो । ‘के मधेशवादी दलले मन्त्रीमण्डल विस्तार गर्न दिएका छैनन्, उनले प्रश्न गरे–आफ्नो असक्षमताको दोष माओवादीलाइ लगाउन मिल्छ ?’

एमालेका रवीन्द्र अधिकारीले तराइमा सर्बसाधारण जनताप्रति लक्षित गरेर गराइएका सृङ्खलाबद्ध विस्फोटका घटना शान्ति र संविधान निर्माण प्रक्रिर्यालाइ खल्बलाउने षडयन्त्र भएको आरोप लगाउनुभयो । राष्ट्रिय जनमोर्चाका सन्तबहादुर नेपालीले दलहरु सत्ताको भागबण्डामा लागेका कारण तराइका जिल्लामा आपराधिक समुहले सर्बसाधारण जनताको ज्यानै जानेगरी विस्फोटका घटना गराइएको आरोप लगाउनुभयो । माओवादीका लेखराज भट्टले तराइका जिल्लामा भएका सृङ्खलाबद्ध सिव्फोटका घटना राष्ट्रियतामाथीको आक्रमण भएको दावी गर्नुभयो ।

 संसद बैठकमा नेकपा एकीकृतका परि थापा र सदभावना आनन्दीदेवीकी सभासद सरिता गिरिले तराइका जिल्लामा भएका सार्वजानिक विस्फोटका घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

Read More......

आन्तरिक विचारको बहसका कारण पार्टी नफुट्ने: डा. बाबुराम भट्टराई

0 comments

चैत १६ दोलखा। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी भित्रको आन्तरिक विचारको बहसका कारण पार्टी नफुट्ने बताउनु भएको छ । डा. भट्टराईले पार्टी फुट्दै छ भन्ने हल्ला फिँजाएर आतंकित पार्ने काम भईरहेकाले त्यसबाट सतर्क हुन पनि आग्रह गर्नु भयो । हाम्रो रेडियो १०३.४ मेगाहर्जको चौथो वार्षिकोत्सव समारोहमा सहभागी हुन सदरमुकाम चरिकोट आउनु भएका डा. भट्टराईले पार्टी भित्र सही विचारको चलखेल गर्न दिएको खण्डमा मात्र पार्टीको जीवन फस्टाउने र त्यसले पार्टीलाई झन् बलियो बनाउने बताउनु भयो ।

वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै डा. भट्टराईले देशलाई लोकतन्त्रको सही मोडल दिनका लागि राजनीतिक दलहरुको आन्तरिक लोकतन्त्र पनि मजुबद हुनुपर्नेमा जोड दिनु भएको छ । जनताबाट चुनिएर गएका ठुला दलका नेताहरुले अहिले राजा महाराजा ठान्ने प्रवृत्तिका कारण देशमा संकट निम्तिएको डा. भट्टराईको टिप्पणी थियो  । त्यस अवसरमा डा. भट्टराईले  संविधान निर्माणका लागि २ महिनाको समय बाँकी रहेकाले संविधान निर्माणका लागि सबै नेपालीले खबरदारी गर्न बेला भएको बताउँदै कुर्सीको झगडाका कारण देशमा खतरा निम्तने र जसबाट अहिलेको राजनीतिक उपलब्धि गुम्न सक्ने प्रति सजक रहन आग्रह गर्दै संविधान निर्माण गर्ने अवसर गुम्न गएमा देश प्रतिगमन तिर फर्कने बताउनु भयो ।

तीन वर्ष अघि स्थापना भएको हाम्रो रेडियोले वार्षिक उत्सवको अवसर पारेर आजदेखि आफ्नैे नवनिर्मित भवनबाट प्रसारण सुरु गरेको छ । रेडियोको नवनिर्मित भवनको पनि डा. भट्टराईले  उद्घाटन गर्नुृ भएको थियो । वार्षिक उत्सवको अवसरमा रेडियो क्रियाशिल पत्रकारिता पुरस्कारबाट रेडियोकै समाचार प्रमुख लक्ष्मण खड्कालाई सम्मान गरेको छ । साथै विभिन्न क्षेत्रलाई रेडियोलाई सहयोग गर्नेलाई पनि सम्मान गरिएको छ ।

त्यसअघि डा. भट्टराईले दोलखाको लाँकुरीडाँडा गाविसको हलहलेमा रहेको गौरीशंकर रेन्बो ट्राउट माछा एग्रो फार्मको पनि उद्घाटन गर्नुभएको थियो । 

Read More......

संविधानसभाका अध्यक्ष र जर्मनी तथा डेनमार्कका राजदूतहरु बिच भेट बार्ता

0 comments

चैत १६ काठमाडौं। संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग अनमिनका उच्च अधिकृत स्यामुअल टाम्राट र युरोपेली सङ्घ, जर्मनी तथा डेनमार्कका राजदूतहरुले आज शिष्टाचार भेटघाट गर्नुभयो ।

भेटका अवसरमा उहाँहरूबीच संविधान निर्माण, शान्तिप्रक्रिया, सङ्घीयता, निर्वाचनप्रक्रिया, नेपाललाई गरिने सहयोगलगायत अन्य समसामययिक विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा व्यवस्थापिका–संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको पनि उपस्थिति थियो ।

Read More......

जुवातास र जांडरक्सि नियन्त्रण गर्न स्थानीय वासिन्दा सक्रिय

0 comments


चैत १६ धादिङ । धादिङ जिल्लाको खाल्टे गाविस वडा नंं ९ का  स्थानीय वासिन्दा आफ्नो वडामा जुवातास र जांडरक्सि नियन्त्रण गर्न सक्रिय भएर लागि परेका छन ।

जांडरक्सि र जुवातासका कारण समुदायको विकासमा वाधा पुग्नुका साथै समाजमा झैझगडा र घर परिवारमा समेत समस्याहरु देखिन थालेपछि गाउंवासीले वडा स्तरमा समितिको गठन गरी गाउंलाई जांडरक्सि र जुवातास निषेधित क्षेत्र वनाउन लागि परेका हुन ।

गरिवी निवारण कोषको सहयोगमा गैर सरकारी  संस्था चन्द्रज्योति एकिकृत ग्रामीण विकास समाजले खाल्टे गाविसमा संचालन गरेको गरिबी निवारण कार्यक्रमबाट प्रेरित भई यहांका वासिन्दाले नमुनादेवी सामुदायिक संस्थाको गठन गरि समाजिक विकासका कार्यहरु गर्दै आएका छन् ।

संस्थाका अध्यक्ष टेकबहादुर विकका अनुसार संस्थामा आवद्ध स्थानीय वासिले गाउंमा वसेर जांडरक्सि बेच विखन तथा सेवन गर्ने जुवातास खेल्ने खेलाउनेलाई शुरुमा सचेत गराउने र सचेत गराउंदा पनि नभएमा दण्ड जरिवाना गराएर छाड्ने गरिएको छ । संस्थाको निर्णयपछि यहांका वासिन्दामा परिवर्तन देखिएका हो  ।

सदरमुकाम धादिङबेसीबाट नजिकै रहेर पनि विकासका अवसरहरुवाट बञ्चित रहेको खाल्टे गाविसको वडा नम्बर ९ लाई नमुना गाउं वनाउन समेत  गाउंवासी लागि परेका छन । विपन्न दलित समुदायको मात्र सहभागितामा गठन भएको देउराली सामुदायिक संस्थाले शुरु गरेको जांड रक्सि तथा जुवातास नियन्त्रण अभियानलाई समाजका सवै वर्ग र समुदायले सहयोग गरेका छन् । 

Read More......

किशोरी शिक्षा तथा सशक्तिकरण तालिम सम्पन्न

0 comments

कूल तामाङ्
 चैत १६  नुवाकोट।  किशोरी शिक्षा तथा सशक्तिकरण तालिम बट्टारको भिमसेन माविमा सम्पन्न भएको छ । शिविन नेपालको सहयोगमा नारी चेतना समाज विदुरले सञ्चालन गरेको पाँच दिने तालिममा तीस जना किशोरीहरुको सहभागीता रहेको थियो ।

सहभागीहरुलाई एचआइभि एड्स, गर्भपतन, किशारावस्थाका परिवर्तन, प्रजनन् स्वास्थ्यलगायतका विषयमा प्रशिक्षण दिइएको थियो । सहभागीहरुलाई चमेली गुरुङ, सर्मिला उप्रेती, रिभा बज्राचार्य र प्रशंसा पन्तले प्रशिक्षण दिनुभएको थियो ।

आज सम्पन्न भएको तालिमका सहभागीहरुलाई भिमसेन माविका प्रधानाध्यापक बासु बानियाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
नारी चेतना समाजले सोही विद्यालयका विद्यार्थीहरुलाई विभिन्न खेलकुद सामग्रीहरु पनि प्रदान गरेको छ ।

Read More......

आमाछोरा सँगै एसएलसी दिदै

0 comments

कूल तामाङ्
 चैत १६   नुवाकोट। यस वर्षको एसएलसी परीक्षामा नुवाकोटको हात्तिगौंडास्थित परीक्षा केन्द्रबाट आमाछोराले सँगै एसएलसी दिइरहेका छन् ।

विदुर नगरपालिका वडा नं ९ हात्तिगौंडास्थित भैरुम उच्च मावि परीक्षा केन्द्रबाट खुला विद्यालयतर्फकी संकेत नम्बर ०२५१३४८ ‘इ’ भएकी रिता केसी भुजेल र सोही केन्द्रबाट छोरा जालपादेवी बोर्डिङ स्कूलका नियमित विद्यार्थी संकेत नं. ०२५११२९ ‘यु’ का सुशन भुजेलले एसएलसी दिइरहेका हुन् । जिल्लामा खुला विद्यालयबाट गृहीणी महिलाहरु २० जनाको संख्यामा परिक्षामा सामेल भएका छन् ।

उता, रातमाटे गाविसको महादेवफाँटस्थित महादेव उच्च मावि परीक्षा केन्द्रबाट महादेव मावि दुईपीपलका नियमित परीक्षार्थी संकेत नं. ०२५२२७७ ‘जि’ का किरियापुत्री निर्मल तामाङलाई केन्द्रले छुट्टै बसेर परीक्षा दिने व्यवस्था मिलाएको छ । चैत ८ गते बाबुको निधन भएपनि उनी परिक्षामा सहभागी छन् ।

Read More......

विश्वमै दुर्लभ रेडपण्ढा प्रचार प्रसार हुन नसकेमा स्थानीयबासीको गुनासो

0 comments

कूल तामाङ्  
 नुवाकोट। विश्वमै दुर्लभ रेडपण्ढा नुवाकोटको दुर्गम पुर्वी गाविस घ्याङफेदीको जंगलमा पाइने भए पनि प्रचार प्रसार हुन नसकेको स्थानीयबासीले गुनासो गरेका छन् ।

लाङटाङ राष्ट्रिय निकुञ्ज अन्र्तगत घ्याङफेदी पनि रेडपण्डाको मुख्य बासस्थान रहेको स्थानीय सामाजिक कार्यकर्ता कर्मजीत तामाङले बताउनुभयो । गोसाईकुण्ड जाने मार्गको चन्दनबारी लगायतको क्षेत्रमा रेडपाण्डा भेटिए पछि हालसम्म पनि निकुञ्जे माथिल्लो क्षेत्रमा मात्र रेडपण्डा पाइने भन्दै प्रचार प्रसार गरेको तर घ्याङफेदी क्षेत्रको वेवास्ता गरेको तामाङले बताउनुभयो ।

जिल्लाको शिखरबेशी, घ्याङफेदी गाविसका जंगलमा पनि रेडपाण्डाको बासस्थान रहेकोले रेडपाण्डा अध्ययनको लागी यो क्षेत्र पनि उपयुक्त भएको स्थानीयबासीको भनाई छ । जिल्लाको पुर्वी क्षेत्रका शिखर बेशी र घ्याङफेदीलाई गोसाईकुण्ड जाने मार्ग र रेडपाण्डा अध्ययनको क्षेत्र बनाई प्रचार प्रसार गर्न सकेका बाह्य तथा आन्तरिक पर्यटकहरुका लागी उत्कृष्ट गन्तव्य बन्ने नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष शरणउत्सुक सापकोटाले बताउनुभयो ।

जिल्लाको पुर्वी क्षेत्र भ्रमण गरी फर्किएका प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेलले पनि गोसाईकुण्ड र लाङटाङ निकुञ्ज अध्ययन तथा पदयात्राको लागी यस क्षेत्रलाई बैकल्पिक पदमार्गको रुपमा विकास गर्नु पर्ने बताउनुभयो ।

Read More......

अर्थसचिब प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गर्दै कांग्रेसद्वारा संसद अबरुद्ध

0 comments


चैत १६ काठमाडौं।  मन्त्रीको दवाबमा अर्थसचिव रामेश्वर खनाललाइ राजीनामा गर्न बाध्य पारिएको दावीसहित प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गर्दै कांग्रेस ले सदनको बैठक चल्न नदिने बताए पछि संसदको आजको बैठक स्थगित भएको छ ।

व्यबस्थापिका संसदको बुधवार बसेको बैठकको सुरुमै सभामुखसंग समय लिएर कागे्रस मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले एउटा निष्ठावान कर्मचारीलाइ राजीनामा गर्न बाध्य तुल्लाइएको घटनाले अर्थमन्त्री भरतमोहन अधिकारी शंकाको घेरामा परेको आरोप लगाउनु भएको हो । सभामुखले नियमित कार्यसूचीमा प्रवेशगर्ने समयमा कागे्रस सचेतक घिमिरेले बैठकको कार्वाही अघि बढ्न नसक्ने दोहो¥याउनु भएको थियो । संसदको आर्को बैठक आगामी १८ गते शुक्रवार दिउसो ३ बजे सम्मकालागि स्थगित भएको छ । 

सचिव खनालको सक्रियतामा नक्कली भ्याट विलको छानविन रोक्नकालागि निर्देशन दिएको तथा व्यापक सरुवा गर्ने अर्थमन्त्रीको दवाब थेग्न नसकेर सचिवले राजीनामा गर्ने परिस्थिति सृजना भएको उहाँले आरोप लगाउनुभयो । घिमिरेले अर्थतन्त्रलाइ बचाउन लागेको निष्ठावान कर्मचारीलाइ राजीनामा गर्न बाध्य बनाएर अर्वौ घोटाला गर्न खोजीएको जीकिर गर्नुभयो । ‘एक लाख, वा करोडको कुरा होइन, चाँर पाँच अर्ब घोटालाको शंका छ, घिमिरेले भन्नुभयो– स्वय अर्थमन्त्री शंकाको घेरामा पनुभएको छ ।’ मुलुकमा सुशासन दिलाउने, भष्ट्राचार अन्त्यगर्ने प्रधानमन्त्रीको आश्वासन विपरित एकजना दक्ष र निष्ठावान कर्मचारीलाइ राजीनामा गर्न वाध्य पारिएको बिषयमा प्रधानमन्त्रीले सदनलाइ चित्तबुझ्दै जवाफ नदिएसम्म सदनको काम अघि बढ्न नसक्ने बताउनु भयो । 

नेकपा एमालेका रवीन्द्र अधिकारीले अर्थसचिव खनाल राजीनामा प्रकरणवारे बास्तविकता नबुझिकन हल्लाका भरमा अघि बढ्दा राज्यसंयन्त्र अस्थिर हुने खतरा हुने बताउनुभयो । बैठकमा प्रधानमन्त्री झलनाथ खनालले लगानि वोर्ड विधेयक पारितगर्न प्रस्ताव गर्ने कार्यसूची थियो । यसैवीच संसदको लेखा समितिले अर्थसचिव रामेश्वर खनालको राजीनामा समबन्धमा अर्थमन्त्री एवं उपप्रधानमन्त्री भरतमोहन अधिकारीसंग भोली विहान छलफल गर्ने भएको छ । अर्थमन्त्रीको दबावका कारण अर्थसचिवले राजीनामा दिएको भन्ने समाचारका सम्बन्धमा मन्त्री अधिकारीलाइ बोलाउने निर्णय गरिएको समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । 

Read More......

स्वच्छ सगरमाथको लागि रोयाल्टी फिर्ता

0 comments


रविन राचलिका
 चैत १६ भक्तपुर।सगरमाथा चढ्ने रहर बोकी बर्सेनि तेतिस हजार बिदेसी पर्यटक नेपाल आउछन् । तर उनीहरुले गरेको आर्थिक योगदानको दश गुणा बढी खर्च हुने गरी प्रदुशण फैलाएर जाने गरेको पाइन्छ । 

सगरमाथा क्षेत्रमा फालिएका अक्सिजन सिलिण्डर, थोत्रा पाल, ग्याँसका डिब्बाहरुको कारण सगरमाथको स्वच्छतामा प्रतिकुल असर पर्दै आएको छ । सगरमाथा चढ्नेहरुले आफुले लगेका सामानहरु फिर्ता ल्याउनुलाई आफ्नो दायित्व ठान्ने गरेका छैनन् । फिर्ता ल्याएर उनीहरुलाई कुनै लाभ हुने गरेको छैन ।
 अब सगरमाथाको स्वच्छता कायम राख्न भने हरेक आरोहीले आफुले लगेको सम्पुर्ण सामान फिर्ता ल्याउनु पर्ने प्राबधान राखिनु पर्दछ । यस किसिमको कार्यको प्रोत्साहनको लागि भन्ने फिर्ता ल्याइएका बस्तुको मात्रा हेरी उनीहरुले सगरमाथा चढ्न बुझाएको रोयाल्टीको केही अंश रकम फिर्ता गर्ने ब्यबस्था गरिनु पर्दछ ।
चालु आर्थिक बर्षमा नेपाल सरकारले सगरमाथा सफाइ अभियानको लागि भनी तीन अर्ब रुपैया छुटाएको छ । यदि सरकारले रोयाल्टी फिर्ता गर्ने ब्यबस्था गरेमा भबिष्यमा सगरमाथा फोहर थुप्रिदैन । त्यसैले सगरमाथाको स्वच्छताको लागि रोयाल्टी फिर्ता गर्नुको बिकल्प छैन । 

Read More......

चैतमा मिडिया मेला

0 comments

रविन राचलिका हरीत समूह 
चैत १६ भक्तपुर  पछिल्लो समय नेपालमा मिडियाको बिकासले तिब्रता लिएको छ । मिडिया अहिले ब्यबसायिक हुन थालेको छ । मिडियालाई आफ्नो पेशा बनाउन चाहने युवायुवतीहरु लक्षित गरी काठमाण्डौंमा मेला हुने भएको छ । 


चैतको २५, २६ र २७ गते हुने मेलामा मिडियासंग संम्बन्धित प्रेस, पत्रकार, रेडियो, टिभी, पत्रिका बितरक, अनलाइन सेवा क्षेत्रमा कार्यरत पेशाकर्मीहरुले राख्दैछन् । तीन दिने सो मेलामा मिडियाको लागि आबश्यक पर्ने दक्ष जनशक्तिको समेत खोजी गरिने आयोजक नेपाल बिज्ञापन संघले जनाएको छ । 

मेलामा करीब पचास वटा स्टल राख्न तयारी भएको छ । 

Read More......

जापानमा फेरी भुकम्प

0 comments


चैत १६ । जापानको होङ्सुको पूर्वी किनारनजिकको समुद्रमा बुधबार बेइजिङ समयानुसार १ः२९ मा ६.४ रेक्टर स्केलको भूकम्प गएको चीनको भूकम्प सन्जाल केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु ३० किमि गहिराईमा ३६.२ डिग्री उत्तर अक्षांस तथा १४२.४ डिग्री पूर्वी देशान्तरमा रहेको केन्द्रको वक्तव्यमा जनाइएकोछ ।

Read More......

भारत र पाकिस्तानको खेल लडाईं

0 comments

चैत १६ आर्इसीसी बिश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमीफार्इनलमा पाकिस्तानले भारतसंग मोहालीमा भिड्दैछन्। भारतको शसक्त व्याटिगंलार्य ध्यानमा राखेर मोहालीको पीचलार्इ व्याट्सम्यानहरूलार्इ मध्दत पुग्ने खालको बनाएको छ। तर पाकिस्तानी टोलीले कुनै पनि समय तथा अवस्थामा खेललार्इ पल्टाउन सक्षम रहेकोले यस भिडन्तमा को अगाडी भनेर कसैले ठोकुवा गर्ने स्थिती छैन। 

यस खेलमा भारतको टोलीमा कुनै परिवर्तन हुने सम्भावना नरहेको देखिन्छ। पाकिस्तानले भने सर्इद अजमलको स्थानमा अव्दुर रहमानलार्इ तथा वाहृव रियाजको स्थानमा शोहेव अख्तरलार्इ खेलाउने सम्भावना रहेको छ।

हाल सम्म यी दुर्इ राष्ट्र बीच एक दिवसिय खेलहरूमा ११९ पटक भिडिसकेको मा पाकिस्तानले ६९ पटक तथा भारतले ४६ पटक जितेको छ भने ४ खेलहरू बिना निस्कर्ष टुंगिएको थियो। बिश्व कपमा भने यी दुर्इ राष्ट्रहरू ४ पटक भिडिसकेको मा चारै पटक भारतले बिजय हासिल गरेको थियो।

Read More......

बिरामीलाई फलफुल वितरण

0 comments

चन्द्रश्वर बस्ताकोटी
 चैत  १६म्याग्दी ।नेपाल पत्रकार महासंघको ५६ औ स्थापना दिवसको अवसरमा म्याग्दी जिल्ला शाखाले बुधबार जिल्ला अस्पताल म्याग्दीका बिरामीलाई फलफुल वितरण गरेको छ ।

अस्पतालमा रहेका १५ विरामीलाई दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, नागरिक समाजका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठ, महासंघ म्याग्दीका अध्यक्ष सुरज केसी, अस्पतालका विमल श्रेष्ठ लगाएतका सहभागि सञ्चार कर्मीले विरामीलाई फलफुल वितरण गरेका थिए ।

सोही अवसरमा महासंघ म्याग्दीका सचिव हरिकृष्ण गौतमले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । यसबर्ष महासंघ स्थापनाका दिवसको नारा शान्ति,सहमति र संविधान नेपाल पत्रकार महासंघको अभियान भन्ने नारा तय गरेको छ ।

Read More......

चौरीको रगत पिउने मेला सुरु हुदै, किसानहरु तयारीमा ब्यस्त

0 comments

चन्द्रश्वर बस्ताकोटी
 चैत १६ मुस्ताङ। चौरीको आलो रगत पिउने मेलाका लागि हिमाली जिल्ला मुस्ताङको नाउरीकोट र नाकुमका किसान मेलाको तयारीमा ब्यस्त हुन थालेका छन । धौलागिरी चौरीपालन समुह कोवाङको आयोजनामा आगामी बैसाख ५ गते देखि आलो रगत पिउने मेलाका लागि तयारी शुरु गरिएको धौलागिरी चौरी पालन समुहका सचिब सकेन्द्र गौचनले बताउनु भयो । 

कोवाङ गाबिस नाउरीकोट गाउ तल रहेको बोक्सीखोला समेत भनिने घटट्ेखोला किनारमा टहरा बनाइ १० दिन सम्म निरन्तर मेला हुने भएकाले किसानहरु टहरा, गोठ बनाउने, मेलाहुने ठाउमा सरसफाईगर्ने लगायतका काममा ब्यस्त भएका छन । मुली, बुकेन लगायतकाचरन खर्कमा चदै आएका चौरीहरुका बर्षेनि आलो रगत पिउने मेला लाग्दैआएको छ  । बिकट चरनहरुमा चर्ने चौरीहरुले बहुमुल्य जडिबुटी खाने भएकाले पिएको चौरीको आलो रगतले स्वास्थ्यमा समेत सकारात्मक प्रभाब पार्ने भनाई रहदै आएको छ ।

चौरीको आलो रगत पिएपछि ग्याष्टीक रोगनिकोहुने, लो ब्लड भएकालाई सन्तुलनमा ल्याउने, बिचलित बिरामीलाई निकोपार्ने, शारीरिक स्फुर्ति बढाउने लगायतका कार्यहुने भएकाले बिदेश बाट समेत बिरामीहरु आउने गरेको सचिब गौचनले बताउनु भयो । ब्लड प्रसर हाई हुनेहरुलाई भने रगत पिउन नहुने गौचनले जानकारी दिनु भयो । १३ गोठ चौरीमा करिब ६ सय ५० चौरी रहेको भएतापनि करिब ४ सय चौरीको आलो रगत निकाल्ने सचिब गौचनको भनाइ छ । 

मेलामा करिब ४० बटा टहरा निमार्ण गरिने धौलागिरी चौरी पालन समुहले जानकारी दिएको छ । पाउनाहरुलाई १० दिन नै खाने बस्ने र सुत्नेको ब्यबस्था समेत मेलामै हुने बताइएको छ । चौरीको आलो रगत पिउन प्रति १ गिलास १ सय रुपैपा लाग्ने र रगत राख्ने गिलास समेत समुहले ब्यबस्था गरिसकेको बताइन्छ ।  

Read More......

सिन्धुलीमा परिक्षा केन्द्रका दुई निरिक्षक निष्कासीत

0 comments

यम चौलागाई
 चैत १६ सिन्धुली। एस.एल.सी परिक्षाको आज छैठौ. दिन सिन्धुलीको जनज्योती उच्च माध्यमिक विद्यालय परिक्षा केन्द्रका दुई निरिक्षक निष्कासीत भएका छन् । परिक्षालाई अमर्यादित बनाउन संलग्न रहेको भन्दै कमला उच्च मावी ढुंग्रेवासका शिक्षक अंकित थापा र शुभकामना प्रावी थाक्लेका शिक्षक दिपेन्द्र भुजेललाई परिक्षा अनुगमन समितीले परिक्षा केन्द्रबाट निष्काशन गरेको हो ।

 निज शिक्षकहरुलाई विभागिय कारवाही गरिने जिल्ला शिक्षा कार्यलय सिन्धुलीले जनाएको छ ।

Read More......

Tuesday, March 29, 2011

शुभकामना महिला विकास केन्द्रको रक्तदान सम्पन्न

0 comments

वीरेन्द्र सापकोटा
 चैत १५ पोखरा। शुभकामना महिला विकास केन्द्रको सातौँ वार्षिकोत्सवको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमको डा. यज्ञमान शाक्यले रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक एवं केन्द्रका सल्लाहकार कृष्ण थापालाई ब्लड व्याग हस्ताण्तरण गरेर उद्घाटन गर्नुभयो । सो अवसरमा डा. शाक्यले स्वास्थ्य रहन रगत दिुनपर्ने बताउनुभयो ।

२३ जनाले रत्तदान गरेको कार्यक्रममा सिद्धार्थक्लबका प्रथम उपाध्यक्ष राजु श्रेष्ठ, केन्द्रका सल्लाहकार निर्मला कोईराला, गणेश छवि, पदम माकाजु, खेमराज लामिछाने, सँस्थापक अध्यक्ष तिर्थ श्रेष्ठ, रक्तसञ्चार केन्द्रका प्राविधिक महेन्द्र केसि लगायतले आ–आफनो धारणा राख्नुभएको थियो ।

केन्द्रले मङ्गलबारै सातौँ वार्षिकोत्सवकै अवसरमा सदस्यहरुबिच अन्तरक्रिया कार्यक्रम ग¥यो । केन्द्रका अध्यक्ष मिथिला मल्लको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका सल्लाहकार कष्ण थापा, सचिव राधिका थापाले सँस्थाको गतिविधिमाथि प्रकाश पार्नुभयो भने कार्यक्रम संयोजक पार्वती रेग्मी, प्रथा उपाध्यक्ष कुश्मा राणा लगायतले सँस्थाको विकासमा सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

Read More......

मानब बेचविखन विरुद्धको अभियानमा सक्रिय शक्ति समुहद्वरा सचेतनामुलक सञ्चालन

0 comments

कूल तामाङ्
 चैत १५  नुवाकोट। मानब बेचविखन विरुद्धको अभियानमा सक्रिय शक्ति समुहले नुवाकोटको तीन वटा गाविसमा विभिन्न सचेतनामुलक सञ्चालन गरेको छ । मानव बेचविखन प्रभावित नुवाकोटका पुर्वी गाविसहरु उर्लेनी, समुन्द्रटार र शिखरबेशी गाविसमा मानव बेचविखन विरुद्ध तथा सुरक्षित बैदेशिक रोजगारको विषयमा अभिमुखी करण कार्यक्रम सम्पन्न गरेको छ ।

उर्लेनी गाविस भवन, समुन्द्रटारको रुक्मिणी मावि र शिखरबेशीको बच्छला माविमा भएको कार्यक्रममा राजनितिक दलका प्रतिनिधी, विभिन्न संघ सस्ंथाको प्रतिनिधी, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सहभागिहरुलाई मानव बेचविखन र सुरक्षित बैदेशिक रोजगारीको विषयमा कानुन तथा तालिम संयोजक दिलिप कोइराला, बेचविखनबाट प्रभावितहरुको अबस्थाको बारेमा मिना पाण्डे र इश्वरी तामाङले प्रशिक्षण दिनुभएको थियो । सहभागिहरुले स्थानीय स्तरमा दलालहरुले बेच विखन विरुद्ध बोलेमा, उजुरी दिएमा धंकी दिने, चेली बेटी हराएमा अभिभावकहरुले चासो नदिने जस्ता गुनासो पोखेका थिए ।

पिडीत परिवारको अभिभावकले चासो नदिदा गैरसरकारी सस्ंथाहरुलाई पनि काम गर्न कठिनाई भएको शक्ति समुह नुवाकोटकी अस्मिता थापाले बताउनुभयो । कार्यक्रममा बाल संरक्षण समिति र किशोर किशोरी समुह पनि गठन भएको छ ।

Read More......

जिल्ला सहकारी संघ नुवाकोटले ५४ औं राष्ट्रिय सहकारी दिवस मनाउने

0 comments

कूल तामाङ्
 चैत १५   नुवाकोट। जिल्ला सहकारी संघ नुवाकोटले ५४ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । मंगलवार विदुरमा भएको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार हाजिरी जवाफ प्रतियोगिता, सहकारीकर्मी, उद्यमी, व्यवसायी, कर्मचारी र पत्रकार विच मैत्रीपूर्ण खेलकुद प्रतियोगिता, मोटरसाइकल ¥याली लगायतका कार्यक्रमहरु आयोजना गरिने छ ।

चैत २० गते हुने ५४ औं राष्ट्रिय सहकारी दिवसको दिन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाण पत्र उत्कृष्ट सहकारी र उत्कृष्ट सहकारी कर्मीहरुलाई पुरस्कृत समेत गरिने संघका अध्यक्ष बैकुण्ठ मिश्रले जानकारी दिनुभयो ।

नुवाकोटमा २०१० सालमा नर्जामण्डप र २०१७ सालमा तुप्चेमा सहकारी स्थापना भएको हो । जिल्लामा सहकारी आन्दोलनले आधा शताब्दी पुरा गरिसकेको छ । यस अबधिमा २ सय ८० वटा सहकारी संस्थाहरु संचालनमा रहेको अध्यक्ष मिश्रले बताउनुभयो ।

जिल्लामा एउटा जिल्ला सहकारी संघ, २ वटा विषयगत संघ, ५८ वटा बहुउद्देश्यीय सहकारी, ६३ वटा बचत तथा ऋण सहकारी, ७६ वटा कृषि सहकारी, ९ जटा दुग्ध सहकारी, ५१ वटा महिला सहकारी, ५ वटा उपभोक्ता सहकारी र १५ वटा अन्य सहकारी सञ्चालनमा रहेका छन् ।

सहकारीमा ४६ हजार शेयर सदस्य, १४ करोड ५० लाख रुपैया शेयर पुजी, १ अर्ब २५ करोड निक्षेप संकलन र १ अर्ब १० करोड रुपैया कर्जा लगानी रहेको अध्यक्ष बैकुण्ठ मिश्रले बताउनुभयो ।

सहकारीको माध्यमबाट दैनिक ६ हजार किलो तरकारी, ३ हजार ५ सय लिटर दुध उत्पादन तथा बजार व्यवस्थापन भईरहेको छ । जिल्लामा सहकारीको माध्यमबाट मात्र ७० लाख रुपैया रेमिट्यान्स भित्रिने गरेको संघले जनाएको छ । जिल्ला सहकारी संघका १ सय ३ वटा सहकारी आबद्ध भएका छन् ।

Read More......

सूदलाई कालोझण्डा

0 comments

चैत १५ कैलाली। एकिकृत नेकपा माओवादीका कार्यकर्ताले कैलालीको टिकापुरमा भारतीय राजदूत राकेश सूदलाई कालोझण्डा देखाएका छन् । थारु उत्थान मञ्चले टिकापुरमा आयोजना गरेको अन्तराष्ट्रिय थारु साँस्कृतिक कार्यक्रम उद्घाटनका क्रममा राजदूत सूदलाई माओवादी कार्यकर्ताले कालोझण्डा देखाएका हुन् ।

प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । झडपमा परी १५ जना माओवादी कार्यकर्ता घाइते भएका छन् भने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

Read More......

३ हजार १ जनालाई साक्षर बनाउन सके मुस्ताङमा निरक्षरता उन्मुलन हुने दावी

0 comments

चन्द्रश्वर बस्ताकोटी
 चैत १५ मुस्ताङ।हिमाली जिल्ला मुस्ताङमा रहेका ३ हजार १ जनालाई साक्षर बनाउन सके मुस्ताङबाटै निरक्षरताउन्मुलन हुने दावी जिल्ला शिक्षाकार्यालय मुस्ताङले गरेको छ । जिल्ला शिक्षा कार्यालय मुस्ताङमा प्राप्त तथ्याकलाई आधारमानी निरक्षरता उन्मुलन गर्ने अभियान सम्वन्धि एक जिल्ला साक्षरता अभियान सम्वन्धि कार्यक्रममा मगंलबार जिल्ला शिक्षा अधिकारी देवेन्द्र राज खनालले सो दावी गर्नु भएको हो ।

तत्काल निरक्षरता पुरै उन्मुलन गर्न नसकीए पनि निरन्तर प्रयास गरे केहि बर्ष भित्रैमा सबै जिल्लाबासीलाई साक्षर बनाउन सकिने खनालले बताउनु भयो । २०५८ सालको राष्टिय जनगणना अनुसार जिल्लाको कुल जनसख्या १४ हजार ९ सय ८१ मध्ये ७४.०९ प्रतिसत जनसख्या साक्षर रहेका छन । जसमा ६९. ०५ प्रतिसत महिला साक्षर थिए ।

राष्टिय साक्षरता अभियान अन्र्तगत अनौपचारीक शिक्षा केन्द्रबाट प्राप्त ६६ बटा साक्षरता कोटा सो अबसरमा मुस्ताङका सबै गाबिसका बितरण गरिएको छ । जिल्ला साक्षरता अभियान समन्वय समितिले उक्तकोटाहरु छोण्हुपमा ६, छोसेरमा ३, लोमन्थाङमा २, चराङमा ३, सुर्खाङमा ६, घमिमा ३, छुसाङमा ६, झोङमा ३, मुक्तिनाथमा ४, कागबेनीमा ६, जोमसोममा ४, मार्फामा ४ टुकुचेमा ३, कोवाङमा ३, लेतेमा ४ र कुन्जो गाबिसमा ६ बटा गरि ६६ साक्षरता कोटा बितरण गरेको हो ।

 जिल्ला साक्षरता अभियान समन्वय समितिका अध्यक्ष स्थानीय बिकास अधिकारी श्यामराज अधिकारी, प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी राजनितिकदलका जिल्ला प्रमुख, शिक्षक सगठनहरुका प्रतिनिधि, सचारकर्मी लगायतको उपस्थितिमा अधिकतम निरक्षरलाई साक्षर बनाउन जिल्ला शिक्षा कार्यालयमा कोटा बितरण गरिएको हो ।

बैसाख १ गते देखी असार मुान्त सम्म कक्षा सचालन हुने साक्षरता अभियानका प्रत्येक कोटामा कम्तिमा २० जना निरक्षरलाई साक्षर बनाइने जिल्ला शिक्षा कार्यालय मुस्ताङका बिद्यालय निरिक्षक एव साक्षरता अभियानका फोकल पर्सन बिदुर हरि आचार्यले बताउनु भयो ।

स्थानिय स्तरमा निरक्षरहरुको उपयुक्त समय मिलाई दैनिक २ घण्टा कक्षा सचालन हुने छ । जिल्लाभर सचालन हुने ६६ बटा कक्षामा ६६ जनानै साक्षरता स्वयम सेवक, ७ जना स्थानिय निरिक्षक नियुक्त गरि २२ गते दखि ५ दिन सम्म तालिम उपलब्ध गराइने उक्त अवसरमा जानकारी दिइयो ।

१६ देखि ६० बर्ष सम्मका निरक्षर मुस्ताङबासी उक्त साक्षरता कक्षाका बिद्यार्थी रहेको फोकल पर्सन आचार्यले बताउनु भयो ।

Read More......

छेकम्पारको पहिरोमा ५ जनाको ज्यान गयो १ जना घाईते

0 comments

संगम तिवारी 
 चैत १५ गोरखा। उत्तरी गोरखाको अति दुर्गम गाविस छेकम्पारमा वाटो खन्ने क्रममा माथिवाट आएको पहिरोले पुरीदा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा छेकम्पार गाविस वडा नं ६ का ५० वर्षिय दोर्जे लामा, सोही वडाकै ३९ वर्षिय स्याङ्दे दोर्जे लामा, सोही वडाकै ४० वर्षिय खेवाङ सुन्दुक लामा, सोही वडाकी ३९ वर्षिय नवाङ लम्दुङ लामा र सोही वडाकै २३ वर्षिय डजम लामा रहनुभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

यस्तै पहिरोले किचेर छेकम्पार गाविस वडा नं ६ कै २३वर्षिय सिरिङ दोर्जे लामा घाईते भएको र स्थानीय स्तरमा उपचार भएको र उहाँको स्थिति सामान्य भएको पनि प्रहरीले जनाएको छ । छेकम्पार गाविस वडा नं ७ रहेको लारमा माच्छे हिड्नका लागी वनाईएको सो छोडेटो वाटो खन्ने क्रममा पहिरो आएको हो ।

छेकम्पार गाविसवाट छिमेकी देश चिनको तिव्वत जाने सो वाटज्यादै धराप भएकाले निर्माण गर्न लागेको पहिरोमा किचेर घाईते भएका सिरिङ दोर्जे लामाले जनाउनुभयो । गोरखा सखरमुकाम देखि उक्त घटना भएको ठाउँ पुग्ने हिडेर ७ दिन तथा ५२ कोषमा पुग्न सकिन्छ । यो नै गोरखाको तिव्वत पुग्ने अन्तिम गाविस हो ।

Read More......

रुग्ण उद्योग संचालनका लागि नयाँ नीति जरुरीः सभासद

0 comments

चैत १५ काठमाडौं। सभासदहरुले विभिन्न कारणले रुग्ण बनेका उद्योग संचालनकालागि नयाँ निति बनाउनु पर्ने बताएका छन । साथै उनिहरुले कमजोर अबस्थामा संचालनमा रहेका यद्योगलाइ रुग्ण उद्योग घोषणागर्ने र पुनस्थापना गर्ने कुनै प्रभावकारी निकाय नभएको भन्दै एउटा स्थाइ संयन्त्र बनाउनुपर्नेमा जोड दिए ।

व्यबस्थापिका संसदको अर्थ समिति अन्तरगतको उपसमिति बैठकमा सभासदहरुले रुग्ण उद्योगको बर्गिकरणगरी उनिहरुलाइ पुनस्थापना गर्ने कार्यक्रम बनाउन सरकारसंग काग गरेका हुन । कागे्रस सभासद एवं पूर्व अथएमन्त्री डा रामशरण महतले आन्तरिक नभइ बाह्य कारणले रुग्ण बनेका उद्योगको पुनसंचानलका लागि राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो ।

माओवादी सभासद एवं उपसमिति संयोजक हरि रोकाले रुग्ण उद्योगको पुनरोत्थानकालागि अर्थ मन्त्रालय, राष्ट्र बैक, उद्योग, श्रम, भुमिसुधार मन्त्रालय तथा उद्योग वाणिज्य महासंघ लगायताका प्रतिनिधि रहने स्थाइ समिति गठनगर्नु उचित हुने धारणा राख्नुभयो ।

बैठकमा गर्भनर डा युवराज खतिवडाले मौद्रीक अनुसाशन भीत्र रहेर रुग्ण उद्योग संचालन सम्बन्धी नीति बनाउन तयार रहेको बताउनुभयो । बैठकमा अर्थ र उद्योग मन्त्रालयका अधिकारीले प्रभावकारी संयन्त्र र उचित नीति नहुँदा रुग्ण उद्योग संचालन गर्न समस्या परेको बताएका थिए ।

Read More......

द्वन्दपीडित तथा विस्थापितहरुलाई एकैपटक पुर्नस्थापना गर्ने सरकारी लक्ष्य

0 comments

चैत १५ काठमाडौं। सरकारले विगतको सशस्त्र द्वन्दका क्रममा विस्थापित भइ पुनस्थापना हुन बाकी सबैको एकैपटक पुनस्थापना गर्ने तयारी गरेको बताएको छ । शान्ति तथा पुर्ननिर्माणमन्त्री बर्षमान पुन अनन्तले मंगलवार  मन्त्रालयमा पत्रकार सम्मेलन गरी पुनस्थापना प्याकेज नपाएका बाँकी सबै विस्थापितलाई एकै पटक पुनस्थापना गराउने सरकारी योजना रहेको बताउनु भएको हो ।

द्वन्दका क्रममा विस्थापित ७८ हजार मध्ये शान्ति प्रक्रिया सुरु भएको ४ बर्षमा जम्मा २५ हजारले पुनस्थापना प्याकेज पाएको स्मरणगर्दै उहाँले विद्यमान कार्यक्रमले सबैलाइ पुनस्थापित गर्न ९ बर्ष लाग्ने देखिएकोले एकैपटक पुनस्थापन कार्यक्रम संचालन गर्ने योजना बनाएको जानकारी गराउनु भयो ।

सरकारले शान्ति प्रक्रिर्याको पूर्णता र द्वन्दपीडितको राहत पुनस्थापनाकालागि संविधानसभामा रहेका २८ दलको सर्बदलीय बैठक छिट्टै बोलाउने बताएको छ । द्वन्द व्यबस्थापन सम्बन्धी एकीकृत कार्यक्रम बनाउन सर्बदलीय बैठकको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । मन्त्री अनन्तले माओवादी जनसेनाका अयोग्य लडाकूलाइ दिइने पुनस्थापना प्याकेजमा सहमति जुटन लागेको बताउनुभयो । माओवादी द्वन्दका क्रममा मारिएका १७ हजार २ सय ६५ मध्ये १३ हजार ५ सय ३८ जनाले राहत कार्यक्रम पाइसकेको र झण्डै २ हजार जनाले यसैबर्ष पाउने त्यस अबसरमा जानकारी गराइयो ।

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन सम्बन्धी व्यबस्थापिका संसदमा विचाराधीन विधेयक संसदको चालु सदनवाट पारित गर्ने बताएको छ । त्यसकालागि दलहरुसंग छलफल र परामर्श जारी रहेको मन्त्री अनन्तले बताउनुभयो । उहाँले तराइ र पुर्बी पहाडि जिल्लामा सशस्त्र संघर्ष समूहमध्ये केहिसंग वार्ता भइरहेको र केहिसंग वार्ता प्रयास जारी रहेको जानकारी दिनुभयो ।

Read More......

संवैधानिक उपसमिति पुर्नगठनको प्रस्ताव लगिने

0 comments

सुशील पन्त
 चैत १५ काठमाडौं। संविधानसभा संवैधानिक समिति अन्तरगत गठित विबाद समाधान उपसमितिको म्याद थपसंगै उपसमिति पुनर्गठन हुने भएको छ । शीर्ष नेताहरु उपसमितिका बैठकमा नियमित उपस्थित हुन नसकेका कारण दोस्रो तहका नेतालाइ समावेश गर्नेगरी उपसमिति पुर्नगठनको प्रस्ताव आएको सदभावना सभासद लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । म्याद थपिएको १५ दिनसम्म बैठक बस्न नसकेका कारण उपसमितिको हैसियतमाथी प्रश्न उठेपछि उपसमिति पुर्नगठन गर्ने कुरा उठेको हो ।

उपसमिति संयोजक एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने कार्यदलले गरेको सहमतिवाट संविधान बनाउन नचाहाने तत्व आत्तिएको दावी गर्नुभयो । संवैधानिक समितिको भोली विहान बस्ने बैठकमा उपसमिति पुर्नगठनको प्रस्ताव आउने सदस्य कर्णले बताउनुभयो । शीर्ष नेतालाइ आबस्यकता परेको समयमा बोलाउनेगरी उपसमिति पुर्नगठन गर्न लागिएको हो । यसअघि दोस्रो तहका सभासदले समाधान गर्न नसकेको भन्दै विबाद समाधानको जिम्मा शीर्ष तहलाइ दिइएको थियो । यसअघि विहान बसेको बैठकले न्यायप्रणाली सम्बन्धी समिति अन्तरगत संवैधानिक अदालत सम्बन्धी विबादमा सहमति जुटाएको छ ।

उपसमितिले सर्वोच्च अदालतको क्षेत्राधिकारमा प्रभाव नपर्नेगरी संविधानको अन्तिम व्याख्याकालागि संवैधानिक अदालत गठन गर्नुपर्ने सहमति गरेको छ । गत फागुन १३ गते गठन भइ चैत्र मसान्तमा म्याद थपिएको उपसमितिको म्याद थपवारे निर्णयगर्न संवैधानिक समितिको बैठक भोली विहान बस्ने छ । उपसमितिको म्याद थपगर्ने बिषयमा प्राय सबैदल सहमत देखिएका छन ।

यसैबीच संवैधानिक समितिले राज्यपुर्नसंरचना तथा राज्यशक्तिको बाँडफाड सम्बन्धी समितिको प्रतिवेदनमा रहेका विबादमा आज चौथो दिनपनि छलफल गरेको छ ।

Read More......

Monday, March 28, 2011

महिलाहरुको लागि ३ दिने फ्रेव्रिक पेन्टिङ तालिम

0 comments

चैत १४ नुवाकोट ।जिल्ला विकास समिति स्थानीय विकास कोष अन्र्तगत गठन भएका सामुदायिक संस्थाका महिला सदस्यलाई सीपमुलक तालिम दिइएको छ ।

स्थानीय विकास कोषको आयोजनामा गाउ विकास कार्यक्रम देउरालीमा गठित विभिन्न सामुदायिक संस्थाका २७ जना महिला सदस्यहरुका लागि ३ दिने फ्रेव्रिक पेन्टिङ तालिम दिइएको हो ।

सहभागीहरुलाई कोषका नानीमैया नेपाल र तारादेवी रिमालले प्रशिक्षण दिनुभएको थियो ।

Read More......

रसुवाको गतलाङ गाउँमा पर्यटकका लागि ‘होम स्टे’सञ्चालन

0 comments

कूल तामाङ्
 चैत १४ रसुवा।पर्यटन वर्ष २०११ लाई लक्ष्य गर्दै तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ गाउँमा पर्यटकका लागि ‘होम स्टे’सञ्चालन गरिएको छ । उत्तरी रसुवाको गतलाङ गाउँमा आगन्तुक पर्यटकलाई गुणस्तरीय खानपिन र बसोबासको व्यवस्था मिलाई प्राप्त आयले जीवनस्तरमा सुधार ल्याउन गत हप्तादेखि आफूले आठवटा शैया क्षमताको होम स्टे सञ्चालनमा ल्याइसकेको र पर्यटकहरू नयाँ होमस्टेमा बस्न सुरु गरिसकेको राजेश लामाले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा उत्पादन भएको मकै, कोदो र जौको पिठोबाट तयार भएको ढिँडो र सिस्नु, सिमी, मुला र आलु एवम् सागबाट बनेका तरकारी खुवाउने गरेको छु,लामाले भन्नुभयो–मैले सञ्चालनमा ल्याएको होम स्टेमा बस्न आएका पर्यटक स्थानीय खानाबाट नै प्रफुल्ल भई फर्कनथालेका छन् ।

तामाङ संस्कृतिमा वैभवशाली गतलाङ क्षेत्रको प्रचारप्रसारबाट पर्यटक भित्र्याई स्थानीय रसास्वादन दिलाउन होम स्टे व्यवस्थापन समिति गठन गरिसकेको र अन्य सातवटा होम स्टे सञ्चालनमा ल्याउने अन्तिम तयारी भइसकेको बताइएको छ ।

यस्तै,पर्यटन कार्यक्रमअन्तर्गत पाँच वर्षअगाडि देखि सञ्चालनमा आएको सामुदायिक पर्यटकीय लजले पाहुनाहरू माझ सेवा पु¥याउन धौधौ बनिरहेका बेला नयाँ होम स्टेले पर्यटकलाई आकर्षण गरेको पर्यटन व्यवसायीहरूले बताउनुभयो ।

Read More......

व्यवसायि समितिवीच विवाद हुदा यात्रुहरु विच बाटोमै अलपत्र

0 comments

कूल तामाङ्
 चैत १४ नुवाकोट।नुवाकोटमा सञ्चालित वस व्यवसायी समिति र माइक्रोवस व्यवसायि समितिवीच विवाद हुदा यात्रुहरु विच बाटोमै अलपत्र परेका छन् ।

पासाङल्हामु  मार्ग यातायात सेवा समितिको नाममा दुई दिनदेखि माइक्रोसेवा सञ्चालनमा आएपछि नेपाल माइक्रोवस सेवा समितिले विरोध जनाएको हो ।

पासाङल्हामु यातायात सेवा समितिले  विना अनुमति माइक्रोसेवा सञ्चालन गरेको भन्दै माइक्रो वस व्यवसायी समितिले विवाद निकालेको हो ।

दुइ व्यवसायीवीच विवाद हुदा त्रिशूली हुदै काठमाडौं र काठमाडौंबाट त्रिशूली आउन लागेका पासाङल्हामु यातायातको माइक्रोवसमा यात्रारत यात्रुहरु तादीपुलमा विचल्ली परेका थिए ।

काठमाडौं त्रिशूली वस सेवा समितिले रोड परमिट लिने प्रक्रियामा रहेकाले पटके कर तिरेर आफ्ना यात्रु बोकेको दावी गर्दै आएको छ । तर, यात्री बोकेर आएका ६ वटा बढी माइक्रोवस नुवाकोट प्रहरीले तादी पुलमा रोकेपछि यात्रुहरु विचल्लीमा परेका हुन् ।

नुवाकोट प्रहरीले यात्रु बोकेर आएका चार वटा माइक्रोवस विवाद नमिलेसम्म नचाउन निर्देशन दिदै तादी पुलमै रोकेर राखेको छ ।

Read More......

शिलिचुङ चुचुरोको फेदमा रहेको साल्पापोखरी !

0 comments

भोजपुरको दोभाने गाबिस स्थित  शिलिचुङ  चुचुरोको फेदमा रहेको साल्पापोखरी । जहाँ आगामी बैशाख ५, ६ र ७   महोत्सब हुँदैछ।फोटो: रविन राचलिका

Read More......

साल्पापोखरी चिनाउन शिलिचुङमा महोत्सब

0 comments


रविन राचलिका हरीत समूह भक्तपुर
 चैत १४ । जलश्रोतको धनी देश नेपालमा  जलबिद्युतको आबश्यक मात्रा उत्पादन गरेर  केन्दि«य सरकारले जनतालाई आर्थिब उन्नति गर्न दिन सकेको छैन् । तर जलश्रोतलाई पर्यटन उद्योगमा प्रयोग गरी नेपालका गाउँ गाउँका नागरीकहरुले आफ्नो क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा चिनाउन प्रयास गरिरहेका छन् ।
यसै क्रममा पहाडी जिल्ला भोजपुरको दोभाने गाबिसका युवाहरुको संगठन साल्पा युवा संगमले त्यहाँ रहेको साल्पापोखरीलाई नयाँ भ्रमण केन्द«को रुपमा चिनाउने योजना बनाएका छन् । उनीहरुको योजना अनुसार शिलिचुङ चुचुरोको फेदमा रहेको साल्पापोखरीमा क्षेत्रमा महोत्सब हुन लागेको हो । आगामी बैशाक ५, ६ र ७ गते त्यहाँ महोत्सब हुने भएको हो ।
हरियो पानीले  भरिएको साल्पा पोखरीमा, उज्यालो भएको बेलामा शिलिचुङ चुचुरोको छायाँ देखिन्छ । शान्त स्थानको अभाबमा भौतारिने ब्यस्त आधुनिक मानिसहरुलाई लक्षित गरी त्यस क्षेत्रलाई आराम स्थलका रुपमा बिकास गर्ने लक्ष्य राखिएको छ ।
शिलिचुङ चुचुरोबाट सुर्योदय तथ सुर्यास्त र मौसम सफा भएको बेला सगरमाथ समेत देखिन्छ । सो क्षेत्रका अन्य पर्यटीय आकर्शणहरु साल्पाफेदी र मैयुङ डाँडा मुख्य हुन । त्यसैगरी त्यहाँ लालीगुराँस, मृग र भेडाको बथान अबलोकन गर्न सकिन्छ ।

Read More......

नयाँ बर्षको अबसरमा नेपालमा तेश्रो पटक पोकर रन रेस हुने

0 comments

रविन राचलिका
 चैत १४ काठमाण्डौं। नयाँ बर्षको अबसरमा नेपालमा तेश्रो पटक पोकर रन रेस हुने भएको छ । यो रेस काठमाण्डौंदेखि सौराहासम्म आयोजना गरिन लागेको हो । बैशाख ३१ गते बिहान ८ बजे लाजिम्पाटको कफी इस्केपबाट रेस सुरु हुनेछ ।
पोकर नामको तासको खेलको आधारमा रेस गरिन लागिएको हो । जस अनुसार रेसमा सहभागीहरुलाई इन्ट्री प्वाइन्टहरुमा एक एक पट्टी तास दिइने छ । रेस अवधिमा पाँच वटा तास दिइनेछ । अन्तिम गन्तब्यमा जोसंग बढी हातको तास हुन्छ उसैलाई बिजेताको घोषणा गरिनेछ । यो खेलमा हातमा परेको तासको आधारमा बिजेता छनौट गरिने भएकोले प्रतियोगीले धेरै स्पीडमा बाइक गुडाउन आबश्यक छैन ।

पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा भाग लिने प्रतियोगीहरुले इन्ट्री पोइन्ट लगायतका अन्य गन्तब्यमा रमाइलो गर्दै जान सक्नेछन् ।
रेसमा सहभागी हुन ३५ सय रुपियाँ तिर्नु पर्दछ । यस रकममा सम्पुर्ण प्रतियोगीलाई तीन दिनको खाना र बासको सुबिधा उपलब्ध गराइएकोछ । बिजेताले भने बिभिन्न संस्थाहरुबाट प्राप्त हजारौं रुपियाँ बराबरको उपाहार प्राप्त गर्नेछ ।

द्धारिका होटेल, यती एयर लाइन्स आदिले गिफ्ट प्रायोजन गर्ने आयोजक साक्रेड समिटले जनाएको छ।

Read More......

नगरकोटमा ग्रह हेर्न मेला

0 comments

रविन राचलिका 
 चैत १४ भक्तपुर। हरेक बर्ष बिज्ञान मन्त्रालयले नगरकोटमा ग्रह हेर्ने मेला गर्दै आएको छ । यस बर्ष पनि शुक्रबार चैत १८ गते राति नगरकोटमा रहेको  टेलिस्कोपबाट अन्तरीक्षमा रहेको मंगल, बुध, शनि, यम आदि ग्रह अबलोकन गराउने उदेश्यले मेला गरिन लागिएको हो ।
नेपालका २७ वटा कलेजहरुमा पढ्ने एक सय बिद्यार्थीहरुले मध्यरातको आकाशमा ग्रह हेर्ने भएका हुन । उक्त मेलाको आयोजना बिज्ञान मन्त्रालय अन्तर्गतको नगरकोट अन्तरीक्ष  अबलोकन केन्द्रले गरेको हो ।

Read More......

यात्रु बाहक बसमा बम विष्फोट

0 comments

दीपक धिताल
 चैत १४ काभ्रे।  काभ्रेको कोशीपारी ठूलो बान्थली २ स्थित देउराली भन्ने स्थानमा आज एक यात्रु बाहक बस भित्र बम बिष्फोट भएको छ । सोमबार बिहान साढे २ बजे बा २ ख ५७७१ नंवरको अरनिको यातायात सेवा समितीको बसमा विष्फोट भएको हो ।

बिष्फोटबाट बसको अघिल्लो भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने बसका सिसाहरु फुटेका छन् । बसको पछिल्लो भागमा सुतिरहेको एक मानिस भने सकुशल रहेका छन् । घटनास्थलमा राष्ट्रिय संयुक्त जातिय मुक्ति जनविद«ोह अभियान – २०६६ नामक एक जातिय मुक्ति मोर्चाको पर्चा भेटिएको छ ।

घटनाबारे विस्तृत विवरण लिनको लागि कात्तिके देउराली प्रहरि चौकीबाट प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान जारी राखेको छ ।

Read More......

लिवियामाथीको कारबाहीको सम्पूर्ण जिम्मेवारी नेटोलाई

0 comments

 एजेन्सी। उत्तर एटलान्टिक सन्धी संगठन नेटोले लिवियामाथीको जारी कारबाहीको सम्पूर्ण जिम्मेवारी सम्हालेको छ । नेटो सम्बद्ध राष्ट्रहरुको हालै बसेको बैठकले लिवियामाथी थालिएको सैनिक अप्रेशनको सम्पूर्ण जिम्मेवारी लिने र तत्काल प्रभाव पार्ने खालको कारबाहि थाल्ने निर्णय गरेको छ । साथै लिवियालाईनो फ्लाई जोन घोषणा गरेको राष्ट्रसंघको म्यान्डेज भित्र रहेर कारबाहिका कुनै कसर बाँकी नराख्ने निर्णय पनि भएको छ ।

लिवियन जनताको रक्षाको लागि भन्दै थालिएको आक्रमणयता लिवियन नेता मुआमर गद्धाफी समर्थित सेना अहिले पछि हट्दै गएको बताइएको छ । गएराति पनि राजधानी त्रिपोली र सिर्टे शहरमा विष्फोटका आवाजहरु सुनिएका छन् ।

अमेरिका, वेलायत र फ्रान्सले संयुक्त रुपमा थालेको कारबाहिका क्रममा भएको क्षति र हताहतीबारे केहि बताइएको छैन ।

Read More......

भारत र पाकिस्तानबीचको गृह सचिबस्तरीय बार्ता आजदेखि सुरु हुंदै

0 comments

 चैत १४ काठमाडौं। भारत र पाकिस्तानबीचको गृह सचिबस्तरीय बार्ता आजदेखि सुरु हुंदै छ । दुई दिन सम्म चल्ने बार्ताका लागि पाकिस्तानका गृह सचिब चौधरी क्वामाज जमान नयांदिल्ली पुग्नु भएको छ । बार्तामा जमानका भारतीय समकक्षी जीके पिल्लाई सहभागी हुने भारतीय संचारमाध्यमले जनाएका छन् ।

बार्ताले दुई देश बीचको सम्बन्धलाई शान्तिपूर्ण बनाउने बिश्वास गरिएको छ । साथै यस बैठकलाई पाकिस्तानी प्रधानमन्त्री युसुफ रजा गिलानीले बुधबारदेखि गने र्  भारत भ्रमणको पुर्व तयारीका रुपमा हेरिएको छ ।

विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीच बुधबार हुने सेमि फाइनल खेल हेर्न गिलानी आउँदो बुधवार भारत जाँदै हुनुहुन्छ।

Read More......

एसएलसी परीक्षाको समाचार संकलन गर्न अप्ठ्यारो

0 comments

  चैत १४  नवलपरासी। प्रकृया एसएलसी परीक्षाको समाचार संकलन गर्न नवलपरासी लगायतका जिल्लाका पत्रकारहरुलाई सिण्डिकेट प्रणाली लागु गरिएको छ । एस एल परिक्षाको समाचार संकलन गर्न पत्रकारहरु जान पाउनु पर्ने माग राखेपछि जिल्ला शिक्षा कार्यालय नवलपरासीले जिल्ला भरिका संचारकर्मीहरुका लागि पाँच वटा मात्रै पास उपलव्ध गराएको छ । शिक्षा कार्यालयले एक पटकमा पाँच जना मात्रै समाचार संकलन गर्नजान सक्ने गरी पत्रकार महासंघलाई ५ वटा पास उपलब्ध गराएको छ । तर पत्रकार महासंघ नवलपरासीले ति मध्ये २ वटा आफैसँग राखेर प्रेस युनियन, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघलाई एकएक वटा पास दिएको छ ।

जिल्लामा रहेका ३ वटा रेडियोका कुनै पनि पत्रकारले पास नपाउँदा समाचार संकलनमा जान सकेका छैनन् । रेडियोका प्रतिनिधिहरु समाचार सकलनमा जान नसक्दा परिक्षा कोठामा हुने गरेको अनियमितता र वास्तविक तत्य पनि संचार माध्यममा आउन सकेको छैन ।

जिल्लामा रहेका ५० भन्दा बढी पत्रकारहरुको लागि ५ वटा पास मात्र उपलव्ध गराउदा नवलपरासीका अधिकांश पत्रकारहरु समाचार संकलन गर्न जानबाट बन्चित भएका छन् । सूचना संकलन गर्न पाउने पत्रकारहरुको सूचनाको हक भएपनि नेपाल सरकार सूचना विभागको पास लिएका पत्रकारहरुलाई समेत प्रवेशिका परीक्षाको समाचार संकलनको लागि प्रवेश पास दिईएको छैन ।


Read More......

जनजाति महासंघद्वारा राज्यपुर्नसंरचना आयोगको विरोध

0 comments

  चैत १४ काठमाडौं । आदिबासी जनजाति महासंघले राज्यपुर्नसंरचना आयोग वा संघीयतावारे जनमत संग्रहगर्ने निर्णय भए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । तोकिएको समयमै संविधान जारी गर्न माग गर्दै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गलाइ सोमबार ज्ञापनपत्र बुझाउदै महासंघले राज्यपुर्नसंरचना आयोग गठनको औचित्य सकिएको बताएको हो ।

संविधानसभाको समितिको बहुमतवाट पारित १४ प्रदेशको प्रस्तावलाइ आधार मानेर संघीयतामा जाने निर्णय गर्न महासंघले सुझाव दिएको छ । संविधान जारीगर्ने समय जेठ १४ गते आउन दुइ महिना मात्र रहेको अबसरमा आयोग गठनको कुरा संघीयतामा नजाने षडयन्त्र भएकोले संविधानसभाको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको महासंघका अध्यक्ष राजकुमार लेखीले जानकारी दिनुभयो । महासंघले संविधानजारीगर्ने दिन नजिकिएकोले संविधान लेखनको कार्यशीली परिवर्तन गरि दिनभरी संविधान निर्माणको छलफलमा जुटन माग गरेको छ ।

तोकिएको समयमा आदिवासी जनजातिका अधिकार सुनिश्चित भएको संविधान नबने अनिश्चित कालिन हड्तालमा उत्रिने महासंघले चेतावनी दिएको छ ।

Read More......

प्रकृया छोट्याएर भएपनि आगामी जेठ १४ मै संविधान: डा भट्टराई

0 comments

 चैत १४ काठमाडौं। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले प्रकृया छोट्याएर भएपनि आगामी जेठ १४ मै संविधान जारीगर्न सकिने बताउनु भएको छ । संवैधानिक समितिको बैठकपछि सोमबार सिंहदरवारमा पत्रकारहरुसंग कुरागदै र्उपाध्यक्ष भट्टराइले संविधानका अन्तरबस्तुमा देखिएका मतभेद सुल्झाउने विषयमा संवैधानिक समितिमा भएको छलफल सकारात्मक रहेकोले प्रक्रिया छोट्टयाएर भए पनि तोकिएको समयमै संविधान जारीगर्न सकिने बताउनु भएको हो। संविधानसभा आफैले तय गरेको कार्यतालिका संशोधनगर्न सकिने उहाँको भनाइ थियो ।

यसैबीच संवैधानिक समितिले राज्यपुर्नसंरचना समितिको मस्यौदामाथि लगातार तीन दिनदेखी छलफल गरेपनि कुनैपनि बिषयमा सहमति जुटाउन सकेको छैन । संविधानसभा सचिवालय सिंहदरवारमासोमबार विहान बसेको बैठकमा आजपनि सदस्यहरुले प्रतिवेदन परिमार्जनमा जोड दिएका छन । समिति सभापति निलाम्बर आचार्यले संवैधानिक समितिको मस्यौदामाथी एकचरणको छलफल दुइ–तीन दिनमा सकिने जानकारी दिनुभयो । एक चरणको छलफलपछि विबादित विषयलाई समाधानको प्रयास गरिने जानकारी दिनुभयो ।

संविधानसभा अन्तरगत गठित विबाद उपसमितिको म्याद पुनः थप गरिने भएको छ । पहिलोपटक थप गरिएको म्याद भोली सकिने भएपछि म्याद थपको तयारी भएको समितिका एक सदस्यले बताए ।

Read More......

दलहरुको विवादबारे राष्ट्रपतिको चिन्ता

0 comments

 चैत १४ काठमाडौं। राष्ट्रपति डा.रामवरण यादवले समयमै नयाँ संविधान जारी गर्न दलहरुबीचको विवाद नयाँ संविधानमा देखिने चिन्ता बढेको बताउनु भएको छ । उहाँले संविधान बन्नका लागि सकारात्मक भूमिका निर्बाहको लागि सञ्चार माध्यमहरु लाई आग्रह गर्नभएको छ ।

फ्रिडम फोरम नेपालको राष्ट्रिय सम्मेलनलाई सोमबार काठमाडौंमा उदघाटन गर्दै राष्ट्रपति यादवले जेठ १४ भित्रै शान्ति प्रत्रिया र नयाँ संविधान जारी गर्न वातावरणका लागि राजनीतिक दलहरुलाई दवाव दिन सबै पक्षलाई आग्रह गर्नभयो । नागरिकको सूचना पाउने हकलाई सहज बनाउन उहाँले सबै सञ्चारकर्मीलाई आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा उपप्रधान तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले अन्तरिम संविधानमा उल्लेख भएको सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन गर्न प्रतिबद्धता जनाउनुभयो। सम्मेलनमा दक्षिण एसियाका विभिन्न आठ मुलुकका प्रतिनिधि सहभागी छन् । सम्मेलनका सहभागिहरुले सूचनाको हकमा नागरिकको सहज पहुँच सम्बन्धि कार्यपत्र प्रस्तुत गर्ने छन् ।

यसैबीच राष्ट्रपति डाक्टर रामबरण यादवले राजनीतिक भेटवार्ता जारी राख्नु भएको छ ।

Read More......

संविधान निर्माण र शान्ति स्थापना गर्नु सरकारको मुख्य दायित्व भएको मन्त्रि रायमाझीको भनाइ

0 comments

एस् बि गौतम 
 चैत १४ सिन्धुली। भौतिक तथा योजना मन्त्रि टोप बहादुर रायमाझीले संविधान निर्माण र शान्ति स्थापना गर्नु सरकारको मुख्य दायित्व भएको बताउनुभएको छ ।

विभिन्न भौतिक निर्माण तथा योजनाहरुको निरिक्षणका क्रममा सोमबार सिन्धुली आइपुग्नुभएका मन्त्रि रायमाझीले सिन्धुलीका पत्रकारहरु राजनितिक दल र कार्यालय प्रमुखहरुसंग कुराकानी गर्दै यस्तो बताउनुभएको हो । मन्त्रि भएपछि पहिलो पटक देशव्यापी अनुगमनमा निक्लनुभएका मन्त्रि रायमाझीले अनुगमनका क्रममा राष्ट्रिय स्तरका ठुला ठुला योजनाको पनि अवलोकन गर्ने बताउनुभयो । योजनाहरुको सिद्धान्त र व्यवहारले मेल नखानु र तिनिहरुविचको अन्तरविरोधको कारणको पनि समाधान खोज्नुपर्ने उहाको भनाइ थियॊ ।

देश सक्रमणकालीन परिस्थितिमा चलिरहेका वेला धमिलो पानीमा माछा मार्ने प्रवृति र चिन्तन भएका हरुको विरुद्धमा लड्नुपर्ने आवाश्यकतालाइ औल्याउदै उहाले त्यसलाइ सफल हुन नदिने बताउनुभएको छ । योजनालाइ गुणस्तरयुक्त वनाइ समय सिमाभित्र काम गरियो भने नतिजा राम्रो निस्कने र त्यो नै राष्ट्रका लागी उपयोगी हुने उहाको ठहर छ ।

बर्दिवास सिन्धुली सडकखण्ड छोटो समयमा निर्माण भए पनि सन्तोष जनक देखिएको भन्दै उहाले सन्तुष्ठी व्यक्त गर्नुभयो ।

Read More......

मरेको भन्दै जिउदै मान्छेको नाम हटाइयो

0 comments

एसवी गौतम
 सिन्धुली जिल्लाको टाँडी गाँउ विकास समितीका सचिव केशव प्रसाद काफ्लेले जिउदै भएका एक त्रियासी वर्षिया वूद्धालाई मरेको भन्दै वूद्ध भत्ता पाउनेको सुचिवाट हटाएको भन्दै उनी जिल्ला विकास समिती सिन्धुली आएर वूद्ध भत्ता दिलाइ दिन आग्रह गरेका छन् ।

टाँडी गाँउ विकास समिती–९ मंगलपुरका मानवहादुर मगरको नाम जिउदोको सुचिवाट सचिवले हटाए पछि उनले साउन महिना देखी भत्ता पाउन सकेका छैनन् । छिमेकीले दुइ पटक वूद्ध भत्ता खाइसके मैले किन पाइन भनेर वुझ्न लौरो टेकेर जिल्ला विकास समिती आउदा आफु काजगमा मरिसकेको कारणले वूद्ध भत्ता पाउन नसकेको रहे छु मगरले वताउनुभयो ।
टाँडी गाँउ विकास समितीका सचिव काफ्लेले गत आर्थिक वर्षमानै उनी मरेको भन्दै उनको नाम वूद्ध भत्ता पाउनेको सुचिवाट हटाइ सकेका रहेछन् । जिल्ला जिल्ला विकास समितीको पन्जीकाधिकारसँग गएर वुझ्दा पत्ता लागेको मगरले जानकारी गराउनुभयो । मगरको जन्म १९८४ टाँडी गाँउ विकास समितीको मंगलपुरमा भएको उनको नागरिक्तामा देखीन्छ ।

जिउँदो मान्छेलाई मरेको भन्दै वूद्ध भत्ता लिनवाट वन्चीत गर्ने सचिव अहिले अन्यत्रै गाँउ विकास समितीमा सरुवा भएर गएका छन् । अहिले आएका सचिवले मलाइ कुनै जानकारी नभएको भन्छन् वूद्ध मगरले भन्नुभयो । जिल्ला विकास समितीको लेखा शाखाले भने पुन उनलाइ वूद्ध भत्ता दिन आर्थिक वर्ष परिर्वत भए पछि मात्र दिन मिल्ने जानकारी गराएको छ । यो वर्ष उनले वूद्ध भत्ता पाउन सक्दैनन् । गाँउ विकास समितीको सचिवको सिफारिसको आधारमा स्थानिय विकास मन्त्रालयले सामाजिक सुरक्षा अन्र्तगतको रकम निकासा गरि दिएको हुन्छ ।

स्थानिय विकास अधिकारी गणेशे ज्ञावाली जिउदो मान्छेलाई मरेको भन्दै वृद्धले पाउने सुविधा कटौती गर्ने सचिवले जगन्य अपराध गरेको भन्दै त्रियासी वर्षिया वूद्धाले पाउने वूद्ध भत्ता सोही सचिवले आफुले पाउने तलववाट दिनु पर्ने वताउनुहुन्छ ।

Read More......

म्याग्दीमा बार, बेञ्च र पत्रकारबीच अन्तरक्रिया

0 comments

चन्द्रश्वर बस्ताकोटी
 चैत १४ मुस्ताङ।  जिल्ला अदालत म्याग्दीमा बार, बेञ्च र पत्रकारहरूबीच सञ्चार माध्यममा प्रयोग हुने कानुनी शब्दको विषयमा आईतबार अन्तरक्रिया भएको छ ।  सञ्चार माध्यमबाट कानुनी विषयमा गलत सूचना प्रवाह हुन नदिने उद्देश्यले आयोजित कार्यक्रममा जिल्ला न्यायधिश काशीनाथ पोखरेल, कानुन व्यवसायी, अदालतका कर्मचारी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । 

सो कार्यक्रममा सञ्चार माध्यममा प्रयोग गरिने कानुनी शब्दका विषयमा न्यायधिश पोखरेल, नेपाल बार एशोसियसन म्याग्दीका अध्यक्ष ध्रुबराज शर्मा, ठहरबहादुर भण्डारी, सागरजीवी उपाध्याय, चिरञ्जिवी शर्मा लगायतले जानकारी गराउनुभएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला न्ययाधिश पोखरेलले सर्वसाधारणलाई कानुनी विषयमा जानकारी गराई न्यायप्रती सचेत बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भुमिका रहने भएकाले त्यसका लागि न्यायालय र सञ्चारकर्मीबीच सहकार्य हुन आवश्यक रहेको बताउनुभयो । 

नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरज केसीले न्यायलयबाट प्रवाह हुने सेवाका विषयमा जनतालाई सहि सूचना दिन न्यायलय र सञ्चार माध्यम बीच सूचना आदानप्रदान हुनुपर्ने बताउनुभयो
सो कार्यक्रममा जिल्ला अदालत म्याग्दीका श्रेष्तेदार मोहनप्रसाद बाँस्तोलाले अदालतको गतिबीधिका बारेमा जानकारी गराउनुभएको थियो ।

चालु आर्थिक वर्ष २०६७÷६८ मा १ सय ६६ मुद्धाको फैसला गर्ने लक्ष्य राखेकोमा ८ महिनामा नै १ सय ६४ मुद्धा परेका र १ सय ४ मुद्धा फस्यौट गरिएको बाँस्तोलाले जानकारी दिनुभयो । एक वर्षमा १ सय १६ मुद्धा फस्यौट गर्ने लक्ष्य भएपनि लक्ष्य भन्दा बढी मुद्धा परेको अदालतले जनाएको छ ।

सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्धा पर्ने गरेको बास्तोलाले बताउनुभयो । यसैगरी २०६१ सालदेखि हालसम्म कैद ठहर मुद्धामा पाँच सय ८४ वर्ष १ महिना २२ दीन कैदी सजाय असुल उपर गर्न बाँकी रहेको कार्यक्रममा जानकारी गराईएको थियो । फैसला भएका मुद्धाबाट ७ वर्षको अवधिमा १२ लाख ५३ हजार ४ सय ६ रुपैया जरीवाना पनि असुल गर्न बाँकी रहेको अदालतले जनाएको छ । च्भउथि च्भउथि तय बिि ँयचधबचम क्ष्लखष्तभ ऋजबलमचब द्यबकतबपयतष् तय अजबत

Read More......

Sunday, March 27, 2011

सहायक केन्द्राध्यक्ष, निरीक्षक र कर्मचारी गरी पाच जना निष्कासित

0 comments

चैत १३ बिराटनगर। एसएलसी परिक्षा अन्तर्गत आज भएको गणित विषयको परिक्षामा मोरङमा चिट चोराएको र प्रश्नपत्र आउट गरेको आरोपमा सहायक केन्द्राध्यक्ष, निरीक्षक र कर्मचारी गरी पाँच जनालाई निष्कासन गरिएको छ । जिल्ला शिक्षा कार्यालयका अधिकृतको अगुवाईमा गएको टोलिले आदर्श उच्च मावि डाइनीया केन्द्रबाट प्रश्नपत्र आउट गरेको आरोपमा सहायक केन्द्राध्यक्ष मोहमद रफि र निरीक्षक रामवति राजवंशीलाई निष्कासन गरेको छ । त्यही टोलीले बुद्ध उच्च मावि शनिश्चरे परिक्षा केन्द्रमा उत्तर पुस्तिका साटेर लेख्ने परिक्षार्थीहरु चन्द्र कार्की र रेनिका राईलाई परिक्षाबाट निश्कासन गरेको छ ।

यस्तै जिल्ला शिक्षा अधिकारीको नेतृत्वमा मोरङ केराबारी स्थित मच्छिन्द्र उच्च माबि परिक्षा केन्द्रमा चिट चोराएको आरोपमा परिक्षाका गार्ड उलास राई र सीता बास्तोला तथा विद्यालयका पिएन गोबिन्द बुढाथोकीलाई निष्कासन गरेको छ ।

यसैगरी एसएलसी परीक्षाको तेस्रो दिन आज नवलपरासीको अरुणखोला स्थित अरुणखोला वोर्डिङ स्कुलमा परीक्षा नियम विपरितका काम गरेको भन्दै परीक्षा निरीक्षक धुव्र पाठक र भुपराज पाण्डेलाई शिक्षा कार्यलयले निष्कासन गरेको छ । खुल्ला विद्यालय अन्तर्गतका विधार्थीहरुको परीक्षा केन्द्र रहेको सो विधालयमा नियम विपरीतका कार्य गराएको पाइए पछि निरीक्षकवाट निष्कासन गरिएको जिल्ला शिक्षा कार्यलयका विद्यालय निरीक्षक एवं परिक्षाफाँट प्रमुख पशुपति भट्टराईले जानकारी दिनु भएको छ ।

Read More......

माओवादी अध्यक्ष प्रचण्ड र भारतीय सभासद्बीच भेटघाट जारी

0 comments

चैत १३ काठमाडौँ ।  एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदुत राकेश सुद लगायत भारतका सभासद्हरुबीच भेटवार्ता भइरहेको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा जारी भेटमा नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको बारेमा छलफल भइरहेको माओवादीले जनाएको छ ।

भारतका सभासद्हरुले यसअघि राष्ट्रपति डाक्टर रामबरण यादव, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ् लगायतसँग पनि छलफल गरेको थियो । छलफलका क्रममा सभासद्हरुले नेपाल र भारतबीचको सम्बन्धका बारेमा समेत छलफल गरे।

Read More......

आरुघाटमा सवा करोडको लगानिमा व्याम्वो कटेज

0 comments

संगम तिवारी
 चैत १३  गोरखा (आरुघाट)। पर्यटन वर्ष २०११ लाई लक्षित गरेर उत्तरी गोरखाको आरुघाटमा एउटा विशेष किसिमको व्याम्वो कटेज निर्माण भएको छ । करिव सवा करोडको लगानिमा करिव २ रोपनी जग्गामा पैmलिएको कटेजको नयाँ वर्ष २०६८ को बैशाखवाट सुरुहुने भएको छ।

१० वटा कजेट रुम, ४ वटा रुमको व्यवस्था भएको सो कटेजमा, चाइनीज, इन्डीयन, नेपाली र कन्टीनेन्टल खानाको व्यवस्था छ । २४ सै घण्टा तातो चिसो पानीको व्यवस्था भएको, गाडी, खच्चर साथै हेलिप्याड को समेत व्यवस्था भएको कटेजमा सुन्दर फुल, पानीको फोहोरा जस्ता आकर्षक सजावट रहेको छ । 

सस्तो सुलभ र छरितो सेवा प्रदान गर्ने, आन्तरिक तथा वाह्य पर्यटकका लागि सुहाउँदो रहेको कटेजका प्रवन्ध निर्देशक उदय श्रेष्ठले बताउनुभयो ।

Read More......

तलब नपाएकोमा खेलाडीको आपत्ति

0 comments

चैत  १३ काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदमा करार पदमा कार्यरत पदक विजेता खेलाडीहरुले आफनो तलब रोकिएकोमा आपत्ति जनाउदै युवा तथा खेलकुद मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् । परिषदले पछिल्लो साता तीन महिना देखिएको रोकिएको तलब परिषदमा कार्यरत स्थाथी कर्मचारीलाईमात्र खुवाएपछि करारमा कार्यरत नौ पदक विजेता खेलाडीले आपत्ति जनाएका हुन् ।

उनीहरुले आइतबार खेलकुद मन्त्रालयको समेत जिम्मेबारी सम्हाल्नुभएका शान्ति तथा पूर्ननिर्माण मन्त्री वर्षमान पुन अनन्तलाई भेट गर्दै ज्ञापनपत्र बुझाएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको नेतृत्वमा गएको टोलीले पदक विजेता खेलाडीलाई स्थायी गर्न समेत माग गरेको थियो ।

 परिषदभित्रको आन्तरिक विवादका कारण करारमा कार्यरत कर्मचारीलाई भने तलब खुवाएको छैन् ।

Read More......

चितवनमा पत्रकारहरुका लागि पर्यटन सम्बन्धी तालिम शुरु

0 comments

चैत  १३ चितवन। चितवनमा कार्यरत पत्रकारहरुका लागि पर्यटन प्रवद्र्धनका क्षेत्रमा कलम चलाउन सहज गराउने उद्धेश्यले आजदेखि २ दिने पत्रकारिता तालिम चितवनमा शुरु भएको छ । उक्त तालिमको आज एक कार्यक्रमका वीच प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले उद्घाटन गर्नुभएको छ ।

तालिम अवधिभर पर्यटन प्रवद्र्धनका लागि पत्रकारिताको भूमिकाका बारेमा छलफल गरिने आयोजक चितवन पर्यटन विकास समितीका अध्यक्ष दिलिप मैनालिले जानकारी दिनुभयो । तालिमको उद्घाटनका क्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गौतमले दियालो बँगला जस्ता पर्यटकिय स्थलहरुको व्यापक जानकारी गराउनुपर्ने बताउनुभयो । 

उहाँले पत्रकारिताको माध्यमबाट पर्यटकिय स्थलको जानकारीका साथै त्यस क्षेत्रको अन्य आधारभुत जानकारी पनि दिनुपर्ने बताउनुभएको छ ।

Read More......

जिल्ला अस्पताल बैतडीमा अल्ट्रासाउण्ड सेवा शुरु हुने

0 comments

भगीरथ अवस्थी
 चैत १३ बैतडी। जिल्ला अस्पताल बैतडीमा निकट भविष्यमै अल्ट्रासाउण्ड सेवा शुरु हुने भएको छ । अल्ट्रासाउण्ड सेवा शुरु भएपछि गर्भवती जाँच, बच्चाको अवस्था, पत्थरी लगायत अल्ट्रासाउण्डबाट जाँच गरिने सबै रोगहरुको निदान बैतडीमै हुने बताइएको छ । अल्ट्रासाउण्ड सेवा शुरु गर्नका लागि मेसिन आइपुगेको र भौतिक निर्माण तथा आवश्यक जनशक्तिका लागि माग भइरहेको जिल्ला अस्पताल बैतडीका स्टाफ नर्स गीता तामाङले जानकारी दिनु भएको छ ।

 अल्ट्रासाउण्ड सेवा शुरु भएपछि महिलाहरुको पाठेघर सम्बन्धि समस्या जाँच गर्न समेत सजिलो हुने स्टाफ नर्स तामाङको भनाइ छ । अल्ट्रासाउण्डका लागि भारत जानुपर्ने नेपालीहरुको बाध्यता टर्ने र सेवाग्राहीलाई पनि सजिलो हुने स्वास्थ्यकर्मीहरुलेबताएका छन । अहिले बैतडी लगायत दार्चुलाका विभिन्न क्षेत्रहरुबाट उपचारका लागि भारतका निजी अस्पतालमा धाउनु पर्ने बाध्यता रहेको छ । 

अल्ट्रासाउण्ड गर्नुपन र बिरामीहरुलाई भारत तथा अन्य ठाउँमा रिफर गर्नुपर्ने जिल्ला अस्पतालको पनि बाध्यता रहेको छ । अल्ट्रासाउण्ड सेवा शुरु हुने भएपछि अल्ट्रासाउण्डको अभावमा रिफर गर्नुपर्ने बिरामीहरुलाई जिल्लामै सेवा दिन सकिने जनाइएको छ।

Read More......

निमावि वनाउन लगाईएको सप्ताहवाट १४ लाख भन्दा वढी सकंलन

0 comments

एसवी गौतम
 चैत १३ सिन्धुली । सिन्धुलीको लाम्पान्टार ८ मा रहेको राज्यलक्ष्मी प्राथमिक विद्यालयलाई निम्न माध्यामिक विद्यालय बनाउनका लागि लगाएको श्रीमद्भागवत सप्ताह पुराणमा १४ लाख ४४ हजार २ सय ३४ रुपैयाँ संकलन भएको छ। 

यही चैत ५ गते सिन्धुली अदालतका न्यायधिश हरिश्चन्द्र ढुंगानाले उद्घाटन गर्नु भएको सप्ताहमा स्थानीयबासीहरुले जग्गा र नगद गरि यति रकम संकलन भएको पुराण आयोजक समितिले जनाएको छ । 

विद्यालयलाई निम्न माध्यामिक विद्यालय संचालनका लागि आवश्यक सहयोगका लागि आइतबार  सप्ताह टोलीले प्रमुख जिल्ला अधिकारी जिल्ला शिक्षा अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

Read More......

प्रधानमन्त्रीद्धारा सात बुँदे सहमतिलाई वाम ध्रुविकरणका रुपमा नलिन आग्रह

0 comments

सोम सुनुवार
 चैत १३ इलाम। प्रधानमन्त्री झलनाथ खनालले सात बुंदे सहमतिपछि संविधान निर्माणको बाटो खुलेको बताउनुभएको छ । प्रधानमन्त्री खनालले सात बुँदे सहमतिलाई वाम धु्रविकरणका रुपमा नलिन नेपाली गागे्रस लगायतका राजनीतिक दललाई आग्रह गर्नुभयो । 

इलामको चोकबजारमा नेकपा एमाले जिल्ला कमिटी इलामले आइतबार गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री खनालले संविधानका लागि गरिएको सहमतिप्रति आशंका गरिनु नहुने बताउनुभयो । सहमति कसैका लागि  नराम्रो हुन सक्छ भन्दै उहाँँलेसात बुंदे सहमतिपछि संविधान बन्ने पक्का भएको बताउनुभयो। 

प्रधानमन्त्री खनालले एमालेको नेतृत्वमा मात्रै शान्ति र संविधानले पूर्णता पाउने ठोकुवा समेत गर्नुभयो । काँग्रेसलाई समेत सरकारमा सहभागी गराएर संविधान निर्माण प्रक्रियालाई पूर्णता दिनका लागि गृहकार्य भइरहेको भन्दै प्रधानमन्त्री खनालले संविधान निर्माण र शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन दलहरु बिचमा सहमतिको विकल्प नभएको बताउनुभयो ।

प्रधानमन्त्री पदमा निर्वाचन भएपछि पहिलो पटक गृहजिल्ला इलाम आउनुभएका प्रधानमन्त्री खनालले सहिद रत्न कुमार वान्तवाको शालिकमा श्रद्धाञ्जिली अर्पण गर्नुभएको थियो ।

Read More......

माओवादी र एमाले शान्ति प्रक्रियाका लागि बाधक भएको प्रकाशमान सिंहको आरोप

0 comments

चैत १३ पोखरा।  नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले सत्ताधारी एकीकृत माओवादी र एमाले शान्ति प्रक्रियाका लागि बाधक भएको आरोप लगाउनु भएको छ ।

लामो समयसम्म एकीकृत नेकपा माओवादी र एमाले शान्ति प्रक्रियाप्रति उदासिन रहँदै आएको भन्दै उहाँले शान्ति प्रक्रिया टुंगोमा नपुगे त्यसको जिम्मेवारी माओवादी र एमालेले लिनुपर्ने जिकिर गर्नुभयो । नेपाल प्रेस युनियन कास्कीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले भन्नुभयो "काँग्रेसले शान्ति प्रक्रियालाई कहिल्यै अवरोध नगरेकाले बाँकी समयमा शान्ति प्रक्रियाई टुग्याउने वा अलपत्र पार्ने त्यो माओवादी र एमालेमा निर्भर  पर्छ  ।"

 विगतका सहमति र सम्झौताको कार्यन्वयन नगरेको माओवादीले आफ्ना लडाकुलाई विशेष समिति मातहात ल्यायौ भनेर प्रचारवाजी गरि अन्तर्राष्ट्रिय समुदायको आखाको छारो हालेको भन्दै उहाले माओवादीको आलोचना गर्नुभयो ।

Read More......

Saturday, March 26, 2011

ओखलढुङ्गाको नलिडाँडा सामुदायिक वनमा चार दिनदेखि आगो फैलिँदै

0 comments

यम चौलागाई
 चैत १२ ओखलढुंगा।   जिल्लाको जन्तरखानी स्थित नलिडाडा सामुदायिक वन क्षेत्रमा चार दिनअघिदेखि लागेको आगो झन् झन् फैलिदै गएको छ । आगलागी भएको क्षेत्र भिरालो जग्गा रहेको र एकदमै हावाहुरी चलिरहेकाले आगो झन् झन् फैलिदै गएको हो । आगो घना जङ्ंगल भएको क्षेत्रतिर बढेकाले वडा नम्बर ९ का एक दर्जन मगर समुदायका घरहरु जोखिममा परेका छन । अहिले पनि स्थानियहरु हात हातमा पानी बोकेर आगोबाट घरहरु जोगाउन घरको छानामा बसिरहेको बताइएको छ । तत्काल आगो नियन्त्रणमा लिन नसके जनधनको ठूलो क्षति हुन सक्ने त्यहाँबाट मैदाने सेवा समितिका सदस्य केदारनाथ खतिवडाले जानकारी दिनुभयो । 

आगलागीबाट आजसम्म ११ सय ६९ हेक्टर रहेको बनको धेरैजसो क्षेत्र सखाप भइसकेको छ । आगलागीका कारण लोक्ता, अर्गेली, लोठसल्ला, रक्तचन्दन, लालीगुरास, चिराइतो, सतुवा, सल्ला लगाएतका करोडौका बहुमूल्य जडिबुटी जलेर सखाप भएका छन । जिल्लाकै सबैभन्दा ठुलो सो सामुदायिक वनमा लागेको आगो नियन्त्रणको लागी अहिलेसम्म पनि सरकारी तबरबाट केहि सहयोग नभएको भन्दै स्थानियले आक्रोस पोखेका छन् । 

आगलागी भएको स्थानमा प्रहरी जाने भौगेलिक अवस्थाका कारण सम्भाबना नरहेको प्रहरी निरीक्षक अच्युत चापागाइले बताउनुभयो । तक्काल आगो नियन्त्रण नभए सोलुखुम्बु र रामेछाप जिल्लातिर आगो बढ्न सक्ने खतरा रहेको छ ।

Read More......

सुनखानी होइन नुनखानी !

0 comments

मुस्ताङ जिल्लाको छुसाङ गाविसमा पर्ने नर्साङ खोलाको किनारमा अलपत्र अबस्थामा रहेको नुनखानी फोटो: चन्द्रश्वर बस्ताकोटी 

Read More......

गाउ गाउमा अभियान गदै माओबादी

0 comments

चैत १२  मुस्ताङ। सबिधान सभाको अन्तिम मिति नजिकिदै गर्दा एकिकृत नेपाल कम्युष्टि पार्टी माओवादीले मुस्ताङका गाउगाउमा अभियान थालेको छ ।  आउदो सम्विधान जनताको पक्षमा बन्नु पर्ने बताउदै सडक, सदन र सरकारबाट  जनसबिधानको पक्षमा अभिमत बनाउन अभियान थालेको हो । स्थानिय जनतासामु आगामी सबिधान जनताको पक्षमा बने सहयोग गर्न र नबने बिरोध गर्न राष्टिय जनजागरण अभियान जिल्ला भरि थालेको मुस्ताङ जिल्ला इन्चार्ज परिबर्तनले बताए ।

बैसाखको तेस्रो हप्ता सम्म बिकट बस्तिहरुमा समेत पुगेर अभियान सचालन गरिने बताइएको छ । चैत्र मसान्त सम्म तल्लो मुस्ताङ र बैसाख देखि उपल्लो मुस्ताङमा जिल्ला स्तरका नेताहरु पुगेर कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको जिल्ला सेक्रेटरी  कुसुमले बताइन।

सनिबार एमाओबादी मुस्ताङ क्षेत्र नं ३ ले आफ्ना कार्यकर्ताहरुलाई माफाको पुथाङमा प्रशिक्षण दिएको छ । कार्यक्रमका प्रमुख अतिथी जिल्ला इन्चार्ज परिर्वतनले लक्ष्य प्राप्तिकाल ागि ३ महिने राष्टिय जनजागरण अभियानमा ४ आधार  र ३सको सधर्षको बारेमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको बताइन्छ । करिब ३५ जना कार्यकताको सहभागिता रहेको कार्यक्रममा जिल्ला सेक्रेटरी गायत्री दुरा कुसुमले योजनाका बारेमा जानकारी गराउएको क्षेत्र न ३ का इन्चार्ज सत्यनारायण गौचनले बताए ।

Read More......

मार्यो नि मायाले मार्योको बिशेष प्रदर्शनी

0 comments


चैत १२ नुवाकोट। स्वछन्द फिल्मस्को व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र मार्यो नी मायाले मार्योको शनिबार नुवाकोटमा पहिलो विशेष प्रदर्शनी गरिएको छ ।

एमएस अग्रजको निर्देशनमा तयार पारिएको चलचित्रमा राजेश हमाल, शोभिात शिंखडा, प्रमोद, हिमाल शागर, शिवानी बलामीलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

जगदम्वा चलचित्र मन्दिरमा गरिएको विशेष प्रदर्शनीमा चलचित्रका कलाकारहरुको उपस्थिति रहेको थियो । नुवाकोटको ओखरपौवाको कागती गाउँको बालबविवाहको कथामा आधारित रहेर निर्माण गरिन लागेको बलामी वृत्तचित्रको सहयोगार्थ प्रदर्शनी गरएको चलचित्र हेर्न आज दर्शकहरुको भीड लागेको थियो ।

चलचित्रमा वर्तमान राजनीति, सामाजिक संरचना, एवं मायाप्रेममा आधारित कथालाई समेटिएको चलचित्रका निर्माता शमीर बलामीले बताउनुभयो ।

Read More......

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae