Sahara Sansar

Friday, June 17, 2011

प्राचिन मानिसहरुको बस्ती – मानव निर्मित भनिने बिशाल झोङ गुफा प्रचारप्रसारको पर्खाइमा

चन्द्रश्वर बस्ताकोटी असार ३ मुस्ताङ ।
प्राचिन मानिसहरुको बस्ती– मानव निर्मित भनिने बिशाल झोङ गुफा प्रचार प्रसारको पर्खाइमा रहेको छ । हिमाली जिल्ला मुस्ताङको उत्तरी गाबिस तिब्बतको सिमा सग जोडिएको छोसेर गाबिसमा रहेको झोङ गुफा रहेको छ ।
झोङ गुफा समुन्द्री सतहबाट करिव २९.२३५८३० उत्तरी अक्षांश, ०३८.९८२७८० पूर्वी देशान्तर र करिब ४ हजार मिटरको उचाइमा रहेको छ । प्राचिन मानिसहरुको घर मानिने यस गुफामा ५ वटा तला र १ सय ८ वटा कोठाहरु छन् । यस गुफामा धेरै समय पहिले करीव ५०० जना मानिहरुको वसोवास थियो भन्ने भनाई रहेको स्थानिय बासिन्दा बताउदछन ।
छोसेरका गाबिस सचिब ठाकुर प्रसाद अधिकारी यसलाई प्रचीन गाउँको सज्ञा दिइने बताउनु हुन्छ । गुफामा प्रवेश गर्न प्वाल सहितको गेट रहेको र  भित्र माथी तलामा जाने प्वालका ढोका रहेकाछन । यस गुफाभित्र प्राचिन मानिसहरुले प्रयोग गर्ने भाडाकुँडा, लगाउने कपडा, जुत्ता, चप्पल र उनीहरुले प्रयोगमा ल्याएने समानहरु देख्न सकिन्छ । यो गुफा एउटा ठुलो पहाडमा निर्मित घर जस्तै छ । गुफा बाहिरबाट हेर्दा पहाडजस्तो देखिएपनी यस भित्र खाना पकाउने कोठा, सुत्नेकोठा र ट्वाइलेट अझै पनि छन् । गुफाको पाँचौ तलामा पुगी प्वाल पारी बनाइएको झ्यालबाट बाहिर हेर्दा सबै छोसेरका सबै गाउ देख्दा जोकसैलाई पनि छुटै आनन्दको अनुभुति हुन्छ । गुफामा मानिसको बस्ती नभएपनि आसपासमा रहेका अन्यससाना गुफामा अझैपनी मानीसहरु बाहिर घरको आवरण बनाएर बस्दै आएका छन् । छोसेरका निवर्तमान गाबिस सचिब शंखलाल गुरुङको पुरानो घर समेत यस्तै अर्को गुफा सग जोडिएको अहिले पनि देख्न सकिन्छ ।

गुफा सम्बन्धि २५०० वर्ष अगाडीको एउटा महत्वपूर्ण ऐतिहासिक कथन छ । यस गुफामा एउटा भित्रजाने गेट छ, जसमा ५ तलाहरु र प्रत्येक तलामा धेरै कोठाहरु छन् । एकदिन हजगाभा भन्ने तिब्बतियन समूहले यस गाउँलाई आक्रमण गर्न खोजेछन् र त्यस गुफाभित्र जाने प्रयास गरेछन तर सकेनछन् । त्यहाँ जान नसकेपछि त्यस गाउँमा आउने पानिको मुहान नै बन्द गरीदिएछन् । त्यसपछि गाउँलेहरुले निकालेको जुक्ति अनुसार एकजना महिलाले आफ्नो टाउको तोरीको तेलले नुहाइन् । उक्त कुरा देखेपछि त्यस समुहले यहाँ त नुहाउने पानी पनि त रहेछ, खाने पानी त किन नहोला र भन्ने ठानी आफुहरु हार मानेर त्यहाँबाट भागेछन् । यसरी यस गुफालाई गाउँलेहरुले बासस्थान मानेका छन् । हिमालपारीको जिल्ला मानिने मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोमबाट यस गुफामा पुग्न करिव ३ दिनको पैदल यात्रा गर्नुपर्दछ । जोमसोमबाट यस ठाउमा आइपुग्न कागवेनी, छुसाङ, घमि, चराङ, लोमान्थाङ हुदै छोसेरसम्मको यात्रापछि यस गुफामा पुगिन्छ । हिमालयन छोसेर युवा क्लवले यस गुफाको संरक्षण गर्दै आइरहेको क्लबका अध्यक्ष टासी गुरुङले बताउनु भयो । यस गुफाको अगाडी एउटा ठूलो फुटवल ग्राउण्ड निमार्णाधीन अवस्थामा रहेको छ । आगामि श्रावणको अन्तिम हप्ता यसै ग्राउण्डमा उपल्लो मुस्ताङका युवाहरुको क्लब स्तरिय फुटबल प्रतियोगिता हुने अध्यक्ष गुरुङले जानकारी दिनु भयो ।

यस गुफाको ब्यापक प्रचार–प्रसार भएमा नेपालकै पर्यटन प्रवद्र्धन गर्न कोसेठुङा साबित हनेमा दुइमत छैन । पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपुर्ण सम्भावना वोकेको गुफाको प्रचार प्रसार गर्न  स्थानिय स्तर देखि राष्ट्रियबाट लाग्नु पर्ने देखिन्छ । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमन्थाङले गुफा संरक्षण सम्वर्धनका साथै भित्र जाने भ¥याङ, बाटो बनाएको छ । सबैले गुफाको प्रचार प्रसारमा बिषेश ध्यान दिनु पर्ने अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमन्थाङका कार्यालय प्रमुख निरञ्जन ठुङाना बताउनु हुन्छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae