Sahara Sansar

Monday, June 20, 2011

सरकारको निर्देशन नमान्ने सबै राजदूत फिर्ता बोलाइने परराष्ट्रमन्त्रीको भनाइ

 असार ६ काठमाडौं।उपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले सरकारको निर्देशन अवज्ञा गरेर पार्टीको आदेशमा चल्ने सबै राजदुतलाई फिर्ता बोलाउने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले राजधानीमा गरेको कार्यक्रममा मन्त्री यादवले सरकारको निर्देशन बेवास्ता गरेकाले भारतका लागि नेपाली राजदुत रुक्मशमसेर राणालाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिनुभयो । 

राजदूत राणा काङ्ग्रेसको निर्देशनमा चलेको आरोप लगाउँदै भारतीय विदेशमन्त्री एसएम कृष्णाको नेपाल भ्रमणको क्रममासमेत नेपाल नआएर नेपाल र भारतको सम्बन्ध बिगार्न खोजेकोले उहाँलाई फिर्ता बोलाउने निर्णय गर्नु परेको परराष्ट्रमन्त्री यादवले बताउनुभयो । यसैगरी राजदूत राणाले भारतमा बसेर सरकार विरोधी गतिविधि गरेको, प्रधानमन्त्री झलनाथ खनालको भारत भ्रमणको चाँजोपाँजो नमिलाएको, अहिलेको गठबन्धन सरकारको विरुद्धमा लविङ गरेको आरोप पनि मन्त्री यादवले लगाउनुभएको छ ।

 सरकारको निर्देशनको पालना गर्ने राजदूतहरूलाई भने फिर्ता बोलाउने कुनै योजना नरहेको उहाँले जानकारी दिनुभयो । तर समयावधी पुगेका राजदुत भने नियमित प्रक्रिया अन्तर्गत नै फिर्ता हुने मन्त्री यादवको भनाइ छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae