Sahara Sansar

Thursday, March 24, 2011

प्रवेशिका एस.एल.सी. परिक्षाको पहिलो दिन शान्ती पुर्ण तरिकाले सम्पन्न

यम चौलागाईं
 चैत १० सिन्धुली ।माध्यमिक तहका विद्यार्थीहरुको लागि फलामे ढोकाको रुपमा लिईने प्रवेशिका एस.एल.सी. परिक्षाको अनिवार्य अंग्रेजी विषयको परिक्षा आज सिन्धुलीमा समग्रमा शान्ती पुर्ण तरिकाले सम्पन्न भएको छ । आजबाट शुरु भएको परिक्षामा सिन्धुलीको २१ परिक्षा केन्द्र मध्ये उच्च माध्यमिक विद्यालय शंखटाटार परिक्षा केन्द्रमा र मावि कोक्ती दुधौली परिक्षा केन्द्रमा नक्कली परिक्षार्थी राखी परिक्षा दिन लगाउने क्रमश  क्रमांक ०१९२३४५ डब्लु भएका रुचाल सिंहको र ०१ ९२७६६ बी भएका ललिता महतोको परिक्षा रद्ध गरिएको छ ।

यसैगरी नमुना परिक्षा केन्द्र बनाउन केन्द्राध्यक्ष देखि सुरक्षाकर्मी समेत महिला राखिएको परिक्षा केन्द्रमा निरिक्षक नियुक्ती नै नगरिएका यशोदा कोइराला प्रवेश गरेको पाइएकोले उहालाई प्रहरीले नियन्त्रणमा लिई अव परिक्षा हलमा प्रवेश नगर्ने शर्तमा छाडिएको जिल्ला शिक्षा कार्यलयले एक विज्ञप्ती जारी गरी जनाएको छ । सिन्धुलीको छिमेकी जिल्लाहरु रामेछाप ,काभे्र ,महोत्तरी लगायतका जिल्लामा शान्ती पुणै वातावरणमा भएपनि सर्लाहीमा झण्डै दुई दर्जन पक्राउ परेका छन् ।सर्लाहीको मलगंवा हरिपुर गम्वरिया रकल्पवृक्ष परिक्षा केन्द्रबाट ८ नक्कली परिक्षार्थी, ३ निरिक्षक ११ परिक्षार्थी पक्राउ परेका छन् । सिरहाको लाहान स्थित दुई परि क्षा केन्द्रबाट अरुको परिक्षा दिदै गरेका अजय यादव र रमेश ठाकुर सिरहा कै विष्णुपुराबाट कान्छाकुमार महतो प्रमोद महतो, र अधिकलाल यादव गरी पाँच नक्कली परिक्षार्थी पक्राउ परेका छन् ।

रौतहटमा पनि चिट चोराउन संलग्न सखुवा माविका प्र द्यनाध्यापक द्धारिका राउत सहित १८ जना पक्राउ परेका छन् । यता विराटनगरमा परिक्षा शुरु हुनु भन्दा पहिले प्रश्नपत्र सार्वजनिक गर्ने स्टार बोर्डिङ स्कुलका केन्द्राध्यक्ष डा.उद्धव पोखरेल सहित १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहान आठ बजे परिक्षा शुरुहुनु अगावै साढे सातमा नै एक्सल एकेडेमीमा प्रश्नपत्र फोटोकपी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गर्नुका साथै शौचालयमा राखिएको उत्तरपुस्तीका समेत प्रहरीले वरामद गरेको छ ।

यसैबीच पर्साको विजयवस्ती ठोरीमा रहेको सरस्वी उच्च माध्यमिक विद्यालयबाट टेष्ट परिक्षा पास गरेका ६६ वर्षिय वृद्ध आशबहादुर गुरुङले पनि यस वर्षको एस.एल.सी परिक्षा दिनु भएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae