Sahara Sansar

Wednesday, June 1, 2011

दरबार हत्याकाण्डको १० वर्ष



जेठ १९ काठमाडौं । दरबार हत्याकाण्डको १० वर्ष पूरा भएको छ । जेठ १९ गते आजकै दिन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी हत्या गरिएको थियो । २०५८ साल जेठ १९ गते शुक्रबार राति भारदारी भोजमा युवराज दिपेन्द्रले नशा सेवन गरेर परिवारका सबै सदस्यलाई गोली हानी हत्या गरेको दाबी गरिँदै आएपनि हत्याका सम्वन्धमा सत्यतथ्य अझै पत्ता लाग्न सकेको छैन । 

राजपरिवारको हत्या भएको वीरेन्द्रको वंश नै नाश हुने गरी भएको दरबार हत्याकाण्डका सम्बन्धमा उच्चस्तरीय छानविन समिति गठन गरेर प्रतिवेदन सार्वजनिक गरेपनि विश्वसनीय आधार नभएको नागरिकहरुको गुनासो छ । दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र रानी ऐश्वर्या युवराज दिपेन्द्र निराजन श्रुतिलगायतको हत्या भएको थियो । तर पूर्वराजा ज्ञानेन्द्र शाहका परिवारलाई भने कुनै पनि क्षति पुगेको थिएन ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae