Sahara Sansar

Thursday, June 16, 2011

विराटनगरमा तनाव, सुरक्षा व्यवस्था कडा



प्रतिक्षा वान्तावा,असार २,धरान ।

सम्भावित झडपको खतरालाई नियन्त्रण गर्न विराटनगरमा आज सुरक्षाव्यवस्था कडा पारिएको छ । पत्रकार महासंघको जारी आन्दोलनलाई लक्षित गरी युवासंघले विराटनगरमा तय गरेको प्रतिकार सभाको क्रममा झडप हुन नदिन भन्दै  आज सुरक्षा व्यावस्था कडा पारिएको हो । विराटनगरको काचनबारीदेखि दक्षिण रोडशेष चोक र सिङ्गिया खोलादेखि पश्चिम नहरसम्मको क्षेत्रमा १० घण्टे आदेश जारी गरेको छ भने विभिन्न स्थानमा बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ अनुसार विहान ८ वजेदेखि जारी गरिएको निषेधाज्ञा  ६ बजेसम्म कायम हुने प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले जनाउनु भएको छ । यस अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति हिडडुल गर्न सभा जुलुस र धर्ना गर्न नपाइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । केही दिन अघिदेखि नै संघले नगरमा पर्चा छयाप्छयाप्ती पारेर सभाको प्रचार गरे पनि सभास्थल तोकिएको थिएन ।  
जेठ २२ गते विराटनगरका पत्रकार खिनानाथ ढकालमाथि युवासंघका विराटनगर उपाध्यक्ष परशुराम वस्नेतको निर्देशनमा सांघातिक आक्रमण भएको भन्दै युवासंघ मोरङ संयोजक पर्शुराम बस्नेत युवा संघ नगर संयोजक रोहित कोइराला र मनोज राईविरुद्ध पत्रकार महासंघ मोरङ शाखाले ज्यान मार्ने उद्योगमा कारवाहीका लागि उजुरी दर्ता गराएको थियो । प्रहरीले कोइराला र राईलाई पक्राउ गरिसकेको छ । बस्नेत  पक्राउ परेका छैनन् । पत्रकार महासंघले सबैलाई पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै दबाबमूलक आन्दोलन गर्दैआएको छ । महासंघ केन्द्रिय समितिको आह्वानमा केही दिनयता देशभर विरोध प्रदर्शन भइरहेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae